हनन्याहको झूटो भविष्यवाणी र त्यसको प्रतिफल
28
अनि त्यही वर्ष यस्तो भयो: यहूदाका राजा सिद्कियाहको राज्यकालको शुरुमा, चौथो वर्षको पाँचौं महिनामा, गिबोनको भविष्यवक्ता, अज्जूरको छोरा हनन्याहले मलाई परमप्रभुको भवनमा पूजाहारीहरू र सबै मानिसहरूको सामुक यसो भने: 2 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले यसो भन्नुहुन्छ: मैले बाबेलका राजाको जुवा भाँचिदिएको छु। 3 परमप्रभुको भवनका जुन भाँड़ाकुँड़ाहरू बाबेलका राजा नबूकद्नेस्सरले यस ठाउँबाट लगेको र जसलाई बाबेलमा पुर्याएको छ, ती सबै भाँड़ाकुँड़ाहरू म पूरा दुई वर्षभित्र यही ठाउँमा फर्काएर ल्याउनेछु। 4 अनि म यहूदाको राजा यहोयाकिमका छोरा यकोन्याहलाई, साथै यहूदाका ती सबै कैदीहरूलाई, जो बाबेल गएका छन्, यही ठाउँमा फर्काएर ल्याउनेछु, परमप्रभु भन्नुहुन्छ; किनकि म बाबेलका राजाको जुवा भाँचिदिनेछु।”5 तब भविष्यवक्ता यर्मियाले भविष्यवक्ता हनन्याहलाई पूजाहारीहरूको सामुक र परमप्रभुको भवनमा खड़ा भएका सबै मानिसहरूको सामुक भने; 6 अँ, भविष्यवक्ता यर्मियाले भने: “आमेन! परमप्रभुले त्यसै गरून्!! परमप्रभुको भवनका भाँड़ाकुँड़ाहरू र कैदी भएर गएकाहरूलाई सबैलाई बाबेलबाट यही ठाउँमा फर्काएर ल्याउने सम्बन्धमा जुन वचनहरू तिमीले भविष्यवाणी गरेका छौ, ती तिम्रा वचनहरू परमप्रभुले पूरा गरून्! 7 तरै पनि अब तिमीले यो वचन सुन, जुन वचन म तिम्रा कानहरूमा र ती सबै मानिसहरूका कानहरूमा बोल्छु: 8 उहिलेदेखि नै म र तिमीभन्दा पहिलेका भविष्यवक्ताहरूले धेरै देशहरूको विरोधमा र ठूला राज्यहरूको विरोधमा लड़ाइँ, विपत्ति र महामारीको विषयमा भविष्यवाणी गर्थे। 9 जुन भविष्यवक्ताले शान्तिको विषयमा भविष्यवाणी गर्छ, जब त्यस भविष्यवक्ताको वचन पूरा हुन्छ, तब परमप्रभुले साँच्ची नै यस भविष्यवक्तालाई पठाउनुभएको हो रहेछ भनी यो चिनिनेछ।”
10 तब भविष्यवक्ता हनन्याहले भविष्यवक्ता यर्मियाको गर्दनबाट जुवा निकालेर त्यसलाई भाँचिदिए। 11 अनि हनन्याहले ती सबै मानिसहरूको सामुक यसो भने: “परमप्रभु यसो भन्नुहुन्छ, यसरी नै म पूरा दुई वर्षभित्र बाबेलका राजा नबूकद्नेस्सरको जुवा सबै जातिहरूको गर्दनबाट भाँचिदिनेछु।” अनि भविष्यवक्ता यर्मिया आफ्नो बाटो लागे।
12 तब भविष्यवक्ता हनन्याहले भविष्यवक्ता यर्मियाको गर्दनबाट जुवा निकालेर भाँचिदिएपछि यर्मियाकहाँ परमप्रभुको यसो भन्ने वचन आयो: 13 “जाऊ, र हनन्याहलाई यसो भन: परमप्रभु यसो भन्नुहुन्छ, तैंले काठका जुवाहरू त भाँचेको छस्, तर तैंले तिनको सट्टामा फलामका जुवाहरू बनाउनेछस्; 14 किनकि सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: मैले यी सबै जातिहरूको गर्दनमाथि, तिनीहरूले बाबेलका राजा नबूकद्नेस्सरको सेवा गरून् भनेर एउटा फलामको जुवा राखिदिएको छु; अनि तिनीहरूले उसको सेवा गर्नेछन्; अनि मैदानका पशुहरू पनि मैले उसलाई दिएको छु।”
15 तब भविष्यवक्ता यर्मियाले भविष्यवक्ता हनन्याहलाई भने: “हे हनन्याह, अब सुन; परमप्रभुले तिमीलाई पठाउनुभएको होइन, तर तिमीले त यी मानिसहरूलाई झूटमाथि भरोसा गर्न लगाउँछौ। 16 यसैकारण परमप्रभु यसो भन्नुहुन्छ: ‘हेर्, म तँलाई पृथ्वीको सतहबाट फालिदिनेछु; यही वर्ष तँ मर्नेछस्; किनभने तैंले परमप्रभुको विरोधमा विद्रोह गर्न सिकाएको छस्ख।’ ” 17 तब भविष्यवक्ता हनन्याह त्यही वर्षको सातौं महिनामा मरे।