सत्तरी वर्षसम्म यहूदाका मानिसहरू बाबेलका राजाको बन्धनमा पर्ने भविष्यवाणी
25
यो त्यो वचन हो, जुन वचन यहूदाका राजा योशियाहका छोरा यहोयाकिमको चौथो वर्षमा यहूदाका सबै मानिसहरूको विषयमा यर्मियाकहाँ आयो; योचाहिँ बाबेलका राजा नबूकद्नेस्सरको पहिलो वर्ष थियो; 2 जुन वचन भविष्यवक्ता यर्मियाले यहूदाका सबै मानिसहरू र यरूशलेमका सबै बासिन्दाहरूलाई यसो भन्दै बताए:3 “यहूदाका राजा आमोनका छोरा योशियाहको तेह्रौं वर्षदेखि आजको दिनसम्म, अर्थात् यी तेइस वर्षसम्म परमप्रभुको वचन मकहाँ आइरहेको छ, अनि म सबेरै उठ्दै र भन्दै तिमीहरूसित बोलिरहेको छु; तर तिमीहरूले ध्यानसित सुनेका छैनौ। 4 अनि सबेरै उठ्दै र पठाउँदै परमप्रभुले आफ्ना सबै दासहरू अर्थात् भविष्यवक्ताहरूलाई तिमीहरूकहाँ पठाउनुभएको छ; तर तिमीहरूले न ता ध्यानसित सुनेका छौ, न सुन्नलाई कान लगाएका छौ। 5 यिनीहरूले भन्ने गर्थे: ‘अब तिमीहरू हरेक आ-आफ्नो दुष्ट चालबाट र तिमीहरूका कामहरूको दुष्टताबाट फर्क, अनि परमप्रभुले तिमीहरूलाई र तिमीहरूका पितापुर्खाहरूलाई सदा-सर्वदाका निम्ति दिनुभएको यस देशमा बस! 6 अनि अन्य देवताहरूको पूजा गर्न र तिनीहरूलाई दण्डवत् गर्नलाई तिनीहरूको पछि नलाग, र आफ्ना हातका कामहरूद्वारा मलाई रिस नउठाओ; तब म तिमीहरूलाई कुनै हानिक गर्नेछैनँ।’ 7 तरै पनि आफ्नै हानिका निम्ति, आफ्ना हातका कामहरूद्वारा मेरो रिस उठाउनलाई तिमीहरूले मेरो कुरा ध्यानसित सुनेका छैनौ, परमप्रभु भन्नुहुन्छ। 8 यसकारण सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूले मेरा वचनहरू ध्यानसित नसुनेका हुनाले 9 हेर, म बोलाइपठाउनेछु र उत्तरका सबै परिवारहरूलाई ल्याउनेछुख, परमप्रभु भन्नुहुन्छ, अनि म मेरो दास, बाबेलका राजा नबूकद्नेस्सरकहाँ पठाउनेछु, अनि तिनीहरूलाई यस देशको विरोधमा र यसका बासिन्दाहरूको विरोधमा, साथै वरिपरिका यी सबै जातिहरूको विरोधमा ल्याउनेछु र तिनीहरूलाई पूरै नाश गर्नेछु; अनि म तिनीहरूलाई अत्यास, खिसी र सदा रहिरहने उजाड़हरू तुल्याइदिनेछु। 10 अनि म तिनीहरूको बीचबाट हर्षको सोर, आनन्दको सोर, दुलहाको सोर, दुलहीको सोर, जाँतोहरूको आवाज र बत्तीको उज्यालो हटाइदिनेछु। 11 अनि यो सारा देश उजाड़ र अत्यासको कारण हुनेछ; अनि सत्तरी वर्षसम्म यी जातिहरूले बाबेलका राजाको सेवा गर्नेछन्।
12 अनि यस्तो हुनेछ: जब सत्तरी वर्ष पूरा हुन्छन्, तब म बाबेलका राजालाई र त्यस जातिलाई, साथै कल्दीहरूको देशलाई तिनीहरूको अधर्मका निम्ति दण्ड दिनेछु र त्यसलाई सदा रहिरहने उजाड़हरू तुल्याइदिनेछु। 13 अनि म त्यस देशमाथि मैले त्यसको विरोधमा भनेका मेरा सबै वचनहरू, अर्थात् यस पुस्तकमा लेखिएका सबै कुराहरू पूरा गर्नेछुग, जुन कुराहरू यर्मियाले यी सबै जातिहरूको विरोधमा भविष्यवाणी गरेका छन्। 14 किनकि धेरै जातिहरू र ठूला राजाहरूले उनीहरूलाई पनि आफ्नो सेवामा जोत्नेछन्; अनि म उनीहरूलाई उनीहरूका कामहरूअनुसार र उनीहरूका हातका कामहरूअनुसार बदला दिनेछु।
15 किनकि परमप्रभु इस्राएलका परमेश्वरले मलाई यसो भन्नुहुन्छ: मेरो हातबाट यस क्रोधको दाखमद्यको कचौरा लेऊ, र ती सबै जातिहरूलाई त्यो पिउन लगाऊ, जसकहाँ म तिमीलाई पठाउँछु। 16 अनि तिनीहरूले पिउनेछन्; अनि जुन तरवार म तिनीहरूको बीचमा पठाउनेछु, त्यस तरवारको कारणले तिनीहरू धरमराउनेछन् र पागल हुनेछन्।”
17 तब मैले परमप्रभुको हातबाट त्यो कचौरा लिएँ, र ती सबै जातिहरूलाई पिउन लगाएँ, जसकहाँ परमप्रभुले मलाई पठाउनुभएको थियो; 18 अर्थात् यरूशलेम र यहूदाका शहरहरूलाई, अनि त्यसका राजाहरू र त्यसका शासकहरूलाई मैले पिउन लगाएँ – तिनीहरूलाई उजाड़, अत्यास, खिसी र श्राप तुल्याउनलाई, जस्तो आजको दिनमा छ; 19 मिस्रको राजा फाराओ, त्यसका कर्मचारीहरूघ, त्यसका शासकहरू र त्यसको सारा प्रजालाई पनि; 20 अनि सबै मिसिएका जातिहरूलाई, ऊज देशका सबै राजाहरूलाई, पलिस्तीहरूको देशका सबै राजाहरूलाई, अनि अश्कलोन, गाजा, एक्रोन र अश्दोदका बाँकी रहेकाहरूलाई पनि; 21 एदोम, मोआब र अम्मोनीहरूलाई; 22 अनि टायरका सबै राजाहरूलाई, सिडोनका सबै राजाहरू र समुद्रपारिका टापुहरूका राजाहरूलाई; 23 ददान, तेमा, बूज र पल्ला कुनाहरूमा बस्ने सबैलाईङ; 24 अनि अरबका सबै राजाहरू र मिसिएका जातिहरूका सबै राजाहरूलाई, जो मरुभूमिमा बस्छन्, 25 जिम्रीका सबै राजाहरू, एलामका सबै राजाहरू र मादीका सबै राजाहरूलाई, 26 अनि सबै उत्तरका राजाहरूलाई, टाढ़ा र नजिककाहरूलाई, एकपछि अर्कोलाई, अनि पृथ्वीको सतहमाथिका संसारका सबै राज्यहरूलाई मैले पिउन लगाएँ; अनि तिनीहरू सबैको पछि शेशककाच राजाले पिउनेछन्।
27 “यसकारण तिमीले तिनीहरूलाई भन्नू: सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले यसो भन्नुहुन्छ, जुन तरवार म तिमीहरूको बीचमा पठाउनेछु, त्यस तरवारको कारणले पिओ, मात र बान्ता गर! लोट र फेरि कहिल्यै नउठ! 28 अनि यस्तो हुनेछ: यदि पिउनलाई तिनीहरूले तिम्रो हातबाट त्यो कचौरा लिन इन्कार गरे भने तिमीले तिनीहरूलाई भन्नू: सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ, निश्चय तिमीहरूले पिउनेछौ। 29 किनकि हेर, मेरो नामले कहलाइएको यस शहरमाथि त म विपत्ति ल्याउन शुरु गर्छु भने, के तिमीहरू बिलकुलै दण्ड नपाई छोड़िनेछौ त? तिमीहरू दण्ड नपाई छोड़िनेछैनौ; किनकि पृथ्वीका सबै बासिन्दाहरूमाथिछ म एउटा तरवार बोलाउनेछु, सेनाहरूका परमप्रभु भन्नुहुन्छ।
30 यसकारण तिनीहरूको विरोधमा यी सबै वचनहरू भविष्यवाणी गर, र तिनीहरूलाई भन: परमप्रभु माथिबाट गर्जनुहुनेछ र आफ्नो पवित्र निवासस्थानबाट आफ्नो आवाज निकाल्नुहुनेछ; उहाँ आफ्नो वासस्थानमाथिछ बड़ो जोड़सित गर्जनुहुनेछ; अङ्गुर कुल्चनेहरूले झैं उहाँले पृथ्वीका सबै बासिन्दाहरूको विरोधमा ललकार गर्नुहुनेछ। 31 पृथ्वीका छेउ-छेउसम्म त्यो कोलाहल पुग्नेछ; किनकि जाति-जातिहरूसँग परमप्रभुको मामला छ; उहाँले सबै प्राणीसँग मुद्दा लड़्नुहुनेछ; उहाँले दुष्टहरूलाई तरवारको वशमा सुम्पिदिनुहुनेछ, परमप्रभु भन्नुहुन्छ।
32 सेनाहरूका परमप्रभुले यसो भन्नुहुन्छ: हेर, विपत्ति एउटा जातिबाट अर्को जातिकहाँ निस्केर जानेछ; अनि पृथ्वीका छेउ-छेउहरूबाट एउटा ठूलो भुमरी उठाइनेछ। 33 अनि त्यस दिन परमप्रभुका मारिएकाहरू पृथ्वीको एक छेउबाट पृथ्वीको अर्को छेउसम्म हुनेछन्; तिनीहरूका निम्ति विलाप गरिनेछैन; तिनीहरू न बटुलिनेछन् न गाड़िनेछन्; तिनीहरू पृथ्वीको सतहमाथि मल हुनेछन्। 34 हे गोठालाहरूहो, रोइकराइ गर, र चिच्च्याओ! हे बगालका अगुवाहरूहो, लड़ीबुड़ी गर; किनकि तिमीहरूका काटमार हुने र तिमीहरूका तितरबितर हुने दिनहरू पूरा भएका छन्; अनि तिमीहरू मनोहर भाँड़ाझैं खस्नेछौ। 35 अनि गोठालाहरूका निम्ति भाग्ने बाटो हुनेछैन, न बगालका अगुवाहरूका निम्ति उम्किने बाटो हुनेछ। 36 गोठालाहरूको चिच्च्याहटको आवाज, र बगालका अगुवाहरूको रोइकराइको आवाज सुनिनेछ; किनकि परमप्रभुले तिनीहरूको खर्क नष्ट पार्नुभएको छ। 37 अनि परमप्रभुको बल्दो रिसको कारणले शान्तिदायक वासस्थानहरू नाश भएका छन्। 38 सिंहले झैं उहाँले आफ्नो ओड़ार छोड़्नुभएको छ; किनकि अत्याचारीको क्रूरता र उहाँकोज बल्दो रिसको कारणले गर्दा तिनीहरूको देश उजाड़ भएको छ।”