पश्हूरका निम्ति परमप्रभुको वचन
20
अनि पूजाहारी इम्मेरका छोरा पश्हूरले, जो परमप्रभुको भवनका मुख्य अधिकारी थिए, यर्मियाले यी कुराहरू भविष्यवाणी गरिरहेका सुने; 2 तब पश्हूरले यर्मियालाई हिर्काए र तिनलाई ती ठिँगुराहरूमा हालिदिए, जुन ठिँगुराहरू परमप्रभुको भवनको छेउमा भएको बिन्यामीनको माथिल्लो मूलढोकामा थिए। 3 अनि भोलिपल्ट यस्तो भयो: पश्हूरले भविष्यवक्ता यर्मियालाई ती ठिँगुराहरूबाट निकाले; तब यर्मियाले उनलाई भने: “परमप्रभुले तिम्रो नाम पश्हूर होइन, तर ‘मागोर-मिस्साबिब’क राख्नुभएको छ। 4 किनकि परमप्रभु यसो भन्नुहुन्छ: हेर्, म तँलाई तेरै निम्ति र तेरा सबै साथीहरूका निम्ति डरको कारण तुल्याउनेछु; अनि तिनीहरू तिनीहरूका शत्रुहरूको तरवारले ढालिनेछन्, र तेरा आँखाहरूले त्यो देख्नेछन्; अनि म सम्पूर्ण यहूदा बाबेलका राजाको हातमा सुम्पिदिनेछु, र उसले तिनीहरूलाई कैदी बनाएर बाबेलमा लैजानेछ र तिनीहरूलाई तरवारले मार्नेछ। 5 अनि म यस शहरको सारा धनसम्पत्ति, यसको सारा परिश्रम र यसका सबै बहुमूल्य थोकहरू सुम्पिदिनेछु, अँ, यहूदाका राजाहरूका सबै भण्डारहरू म तिनीहरूका शत्रुहरूको हातमा सुम्पिदिनेछु, जसले तिनीहरूलाई लुट्नेछन्, तिनीहरूलाई कब्जा गर्नेछन् र तिनीहरूलाई बाबेलमा लैजानेछन्। 6 अनि हे पश्हूर, तँ र तेरो घरमा बस्ने सबैजना – तिमीहरू कैदमा जानेछौ; अनि तँ बाबेलमा आउनेछस्, र त्यहाँ मर्नेछस्, अनि त्यहीं गाड़िनेछस् – तँ र तेरा सबै साथीहरू, जसलाई तैंले झूटा भविष्यवाणी गरेको छस्।”यर्मियाको प्रार्थना
7 “हे परमप्रभु, तपाईंले मलाई धोका दिनुभयो, र म धोकामा परें; तपाईं मभन्दा बलियो हुनुहुन्छ, र जित्नुभएको छ; दिनहुँख म हाँसोको पात्र बनेको छु; हरेकले मलाई खिसी गरेर हाँस्छ। 8 किनकि जब-जब म बोलें, तब-तब म चिच्च्याएँ; ‘अत्याचार, र लुटपिट!’ भन्दै म कराएँग; किनकि दिनभरि नै परमप्रभुको वचन मेरा निम्ति निन्दा र खिसीको कारण बनेको छ। 9 तब मैले भनें: ‘म उहाँको नाम लिनेछैनँ; अनि उहाँको नाममा म फेरि बोल्नेछैनँ।’ तर उहाँको वचन मेरो हृदयमा मेरा हड्डीहरूभित्र थुनेर राखिएको बल्दै गरेको आगोजस्तो हुन्थ्यो; अनि रोक्दा-रोक्दा म थकित भएँ; अनि मैले थाम्न सकिनँ। 10 किनकि धेरैजनाले निन्दा गरेको मैले सुनेको छु; चारैतिरबाट डरैडर! तिनीहरू भन्छन्: ‘बताइदेओ, र हामी त्यसको बारेमा बताइदिनेछौं!’ मेरा सबै चिनारुहरूघ यसो भन्दै मेरो पतनको बाटो हेरिरहेका छन्: ‘सायद त्यसलाई फुस्ल्याउन सकिएला, र हामी त्यसमाथि विजयी हुनेछौं, र त्यससँग आफ्नो बदला लिनेछौं।’ 11 तर भयङ्कर शूरवीर मानिससमान परमप्रभु मेरो साथमा हुनुहुन्छ; यसकारण मेरा सताउनेहरूले ठेस खानेछन्, र विजयी हुनेछैनन्; तिनीहरू साह्रै लाजमा पर्नेछन्, किनकि तिनीहरू सफल हुनेछैनन्; तिनीहरूको सदा रहिरहने शर्म कहिल्यै बिर्सिइनेछैन। 12 तर हे सेनाहरूका परमप्रभु, तपाईं धर्मी जनलाई जाँच्नुहुन्छ, अनि अन्तस्करणङ र हृदयलाई देख्नुहुन्छ; तिनीहरूमाथि तपाईंको बदला मैले देख्न पाऊँ; किनकि तपाईंकहाँ मैले आफ्नो मामला प्रकट गरेको छु। 13 परमप्रभुका निम्ति गाओ! परमप्रभुको प्रशंसा गर; किनकि उहाँले गरिबको प्राणलाई कुकर्मीहरूको हातबाट बचाउनुभएको छ।”
यर्मियाले आफ्नो जन्म-दिन धिकारे
14 “म जन्मेको दिन श्रापित होस्; मेरी आमाले मलाई जन्माउनुभएको दिन धन्यकोच नहोस्! 15 त्यो मानिस श्रापित होस्, जसले ‘तपाईंको एउटा छोरा जन्म्यो’ भन्दै मेरा पिताकहाँ खबर ल्याएर उहाँलाई साह्रै खुशी तुल्यायो। 16 अनि त्यो मानिस ती शहरहरूजस्तो होस्, जसलाई परमप्रभुले पल्टाउनुभयो, र पछुताउनुभएन; अनि बिहान त्यसले चिच्च्याहट र मध्यदिनको समयमा लड़ाइँको ललकार सुनोस्! 17 किनकि त्यसले मलाई गर्भमाछ मारेन, नत्र मेरी आमा मेरो चिहान बन्नुहुनेथियो, र उहाँको गर्भ म भएकोले सधैं गर्भवती रहिरहनेथियो। 18 मेरा दिनहरू शर्ममा नष्टज होऊन् भनेर परिश्रम र शोक देख्न म किन गर्भबाट निस्कें?”