कुमाले र चिम्टे माटोबाट पाठ सिक!
18
परमप्रभुबाट यर्मियाकहाँ आएको यसो भन्ने वचन: 2 “उठ, र तल कुमालेको घरमा जाऊ, अनि त्यहाँ म तिमीलाई मेरा वचनहरू सुनाउनेछु।” 3 तब म तल कुमालेको घरमा गएँ; अनि हेर, उसले चक्काहरूमाथि कुनै काम गरिरहेको थियो। 4 अनि जुन भाँड़ा उसले चिम्टे माटोबाट बनाएको थियो, त्यो भाँड़ा कुमालेको हातमा बिग्रियो; तब कुमालेले त्यसबाट, उसलाई जस्तो बनाउनु असल लाग्यो, त्यस्तै फेरि अर्को भाँड़ा बनायो।5 तब परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 6 “हे इस्राएलको घराना, के म तिमीहरूसित यस कुमालेले जस्तै गर्न सक्दिनँ र?, परमप्रभु भन्नुहुन्छ। हेर, जसरी चिम्टे माटो कुमालेको हातमा छ, त्यसरी नै तिमीहरू मेरो हातमा छौ, हे इस्राएलको घराना! 7 जुन घड़ी म कुनै जातिको विषयमा र कुनै राज्यको विषयमा ‘म उखालिदिन्छु, भत्काइदिन्छु र नाश गरिदिन्छु’ भनुँला; 8 अनि त्यो जाति, जसको विरोधमा मैले यसो भनें, आफ्नो दुष्टताबाट फर्क्यो भने, जुन विपत्ति मैले तिनीहरूमाथि ल्याउनेक विचार गरेको थिएँ, त्यस विपत्तिबाट म मन फर्काउनेछुख। 9 तर जुन घड़ी म कुनै जातिको विषयमा र कुनै राज्यको विषयमा ‘म बनाउँछु र रोप्छु’ भनुँला, 10 अनि त्यसले मेरो वाणी नमानेर मेरो दृष्टिमा दुष्टता गर्छ भने, जुन भलाइद्वारा मैले त्यसको भलाइ गरुँला भनी भनेको थिएँ, त्यस भलाइबाट म मन फर्काउनेछुख।
11 यसकारण अब जाऊ, यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई यसो भन: परमप्रभु यसो भन्नुहुन्छ, हेर, म तिमीहरूको विरोधमा विपत्ति रच्दैछु र तिमीहरूको विरोधमा एउटा युक्ति रच्दैछु; अब तिमीहरू हरेक आ-आफ्नो दुष्टताबाट फर्क, अनि आफ्ना चालहरू र आफ्ना कामहरू सुधार! 12 तर तिनीहरूले भने: ‘कुनै आशा छैन! किनकि हामी आफ्नै युक्तिहरूअनुसार हिँड़्नेछौं, र हामीहरू हरेक आफ्नै दुष्ट हृदयको कल्पनाअनुसारग गर्ने नै छौं।’
13 यसकारण परमप्रभु यसो भन्नुहुन्छ: अब तिमीहरूले अन्यजातिहरूको बीचमा सोध! कसले यस्ता कुराहरू सुनेको छ? इस्राएलकी कन्याले अत्यन्त भयानक काम गरेकी छे। 14 के लेबानोनको हिउँले मैदानबाट उठेको चट्टानलाई त्याग्ला र? अथवा के त्यो बगिरहने चिसो पानी त्यागिएला र, जुन पानी बिरानो ठाउँबाट आउँछ? 15 किनकि मेरा जनहरूले मलाई बिर्सेका छन्, उनीहरूले व्यर्थको वस्तुलाई धूप बालेका छन्; अनि तिनीहरूले उनीहरू राजमार्गमा होइन, तर गोरेटाहरूमा हिँडून् भनेर उहिलेका बाटाहरूबाट हटाउनलाई उनीहरूलाई उनीहरूका मार्गहरूमा ठेस खुवाएका छन्; 16 उनीहरूको देश उजाड़ पार्न र लगातारघ खिसीको पात्र तुल्याउनलाई; त्यहाँबाट भएर आउने-जाने हरेक अवाक् हुनेछ, र आफ्नो टाउको हल्लाउनेछ। 17 पूर्वी हावाले झैं म उनीहरूलाई शत्रुको सामु तितरबितर पारिदिनेछु; उनीहरूको विपत्तिको दिनमा म उनीहरूलाई चेहरा होइन, तर पिठ्यूँ देखाउनेछु।”
यर्मियालाई सतावट भएको
18 तब तिनीहरूले भने: “आओ, हामी यर्मियाको विरोधमा युक्तिहरू रचौं; किनकि पूजाहारीबाट व्यवस्था नष्ट हुनेछैन, न ता बुद्धिमान् बाट सल्लाह, न भविष्यवक्ताबाट वचन नै नष्ट हुनेछ। आओ, हामी त्यसलाई जिब्रोले हिर्काऔं, र त्यसका वचनहरूमध्ये कुनैलाई पनि ध्यान नदिऔं!”
19 “हे परमप्रभु, मतिर ध्यान दिनुहोस्!, र मसँग लड़ाइँ गर्नेहरूको कुरा ध्यानसित सुन्नुहोस्! 20 के भलाइको सट्टामा खराबी दिइनेछ र? किनकि तिनीहरूले मेरो प्राणका निम्ति एउटा खाड़ल खनेका छन्। सम्झना गर्नुहोस्! तिनीहरूका निम्ति भलाइको कुरा गर्न र तिनीहरूबाट तपाईंको क्रोध हटाउनलाई म तपाईंको सामु खड़ा भएँ। 21 यसकारण तिनीहरूका छोराछोरीहरूलाई अनिकालमा सुम्पिदिनुहोस् र तरवारको शक्तिले तिनीहरूको रगत बगाइदिनुहोस्, र तिनीहरूका पत्नीहरू निस्सन्तान होऊन् र विधवाहरू होऊन्; अनि तिनीहरूका पुरुषहरू घात गरिऊन्; तिनीहरूका जवान मानिसहरू लड़ाइँमा तरवारले मारिऊन्! 22 जब तपाईंले एक्कासि तिनीहरूमाथि फौज ल्याउनुहुनेछ, तब तिनीहरूका घरहरूबाट चिच्च्याहट सुनियोस्; किनकि मलाई पक्रन तिनीहरूले एउटा खाड़ल खनेका छन् र मेरा पाउहरूका निम्ति पासाहरू लुकाएर राखेका छन्। 23 तरै पनि हे परमप्रभु, मलाई मार्न भनी मेरो विरोधमा रचिएको तिनीहरूको सारा युक्ति तपाईं जान्नुहुन्छ; तिनीहरूको अधर्म क्षमा नगर्नुहोस्, न ता तिनीहरूको पाप तपाईंको दृष्टिबाट मेटाइदिनुहोस्! तिनीहरू तपाईंकै सामु ठेस खाएर लडून्; तपाईंको रिसको समयमा तिनीहरूसित यसरी व्यवहार गर्नुहोस्!”