मानिसहरूमाथि दण्ड निश्चय आउनेछ
15
तब परमप्रभुले मलाई भन्नुभयो: “मोशा र शमूएल मेरो सामु खड़ा भए तापनि मेरो मन यी मानिसहरूकहाँ फर्किंदैन; मेरो सामुबाट यिनीहरूलाई फालिदेऊ, र यिनीहरू निस्किजाऊन्! 2 अनि यस्तो हुनेछ: यिनीहरूले तिमीलाई ‘हामी कहाँ निस्केर जाऔं?’ भनी सोधेक भने तिमीले तिनीहरूलाई भन्नू: परमप्रभु यसो भन्नुहुन्छ, मृत्युका निम्ति ठहराइएकाहरू मृत्युकहाँ जाऊन्, तरवारका निम्ति ठहराइएकाहरू तरवारकहाँ जाऊन्, अनिकालका निम्ति ठहराइएकाहरू अनिकालकहाँ जाऊन्, कैदका निम्ति ठहराइएकाहरू कैदमा जाऊन्! 3 अनि म यिनीहरूको विरोधमा चार किसिमका कुराहरू ठहऱ्याउनेछु, परमप्रभु भन्नुहुन्छ; मार्नलाई तरवार, चिथोर्नलाई कुकुरहरू, अनि खाइदिन र नाश गर्नलाई आकाशका चराहरू र पृथ्वीका पशुहरू खटाउनेछु। 4 अनि यहूदाको राजा हिजकियाहको छोरा मनस्सेको कारणले, त्यसले यरूशलेममा जे गर्यो, यसको कारणले म यिनीहरूलाई पृथ्वीका सबै राज्यहरूमा धपाइदिनेछुख।5 किनकि हे यरूशलेम, कसले तँलाई टिठाउला? वा कसले तेरा निम्ति बिलौना गर्ला? अथवा को तेरो कुशलक्षेम सोध्न तँकहाँ आउला? 6 परमप्रभु भन्नुहुन्छ, तैंले मलाई त्यागेकी छस्, तँ पछि हटेकी छस्; यसकारण म तेरो विरोधमा आफ्नो हात बढ़ाउनेछु र तँलाई नाश गर्नेछु; म त मन फर्काउँदै-फर्काउँदैग थकित भइसकेको छु। 7 अनि यस देशका मूलढोकाहरूमा म तिनीहरूलाई नाङलोले निफन्नेछु; म तिनीहरूका छोराछोरीहरूलाई खोस्नेछु; मेरा जनहरू आफ्ना चालहरूबाट नफर्केका हुनाले म तिनीहरूलाई नाश गर्नेछु। 8 मेरा निम्ति तिनीहरूका विधवाहरू बढ़ेर समुद्रहरूको बालुवाभन्दा बढ़ी भएका छन्; मैले तिनीहरूमाथि, जवानहरूकी आमाको विरोधमा मध्यदिनमा नाशकर्तालाई ल्याएको छु; मैले त्यसमाथि अचानक व्याकुलता र डरत्रासहरू खसालेकोघ छु। 9 सातजनालाई जन्माउने ओइलिन्छे; त्यसले आफ्नो प्राण त्यागेकी छे; दिन हुँदै त्यसको सूर्य अस्ताउँछ; त्यो लज्जित भएकी र शर्ममा परेकी छे; अनि तिनीहरूको बाँकी रहेको भाग म तिनीहरूका शत्रुको सामु तरवारका निम्ति सुम्पिदिनेछु, परमप्रभु भन्नुहुन्छ।”
10 “हे मेरी आमा, मलाई हाय; किनकि तपाईंले मलाई, सारा पृथ्वीकाङ निम्ति एउटा झगड़ा गर्ने मानिस र विवाद गर्ने मानिसलाई जन्माउनुभएको छ! न मैले ब्याजमा ऋण दिएको छु, न अरूले मलाई ब्याजमा ऋण दिएका छन्, तरै पनि तिनीहरू हरेकले मलाई सराप्छन्।”
11 “परमप्रभुले भन्नुभयो: साँच्ची नै तेरो बाँकी रहेको भागको भलो हुनेछ; साँच्ची नै, विपत्तिको समयमा र सङ्कष्टको समयमा म तेरो शत्रुलाई तँसित विन्ती गर्ने तुल्याउनेछु। 12 के फलामले उत्तरीय फलाम र पित्तललाई तोड़्न सक्छ? 13 तेरा सबै पापहरूको कारणले नै, अँ, तेरा सबै सिमानाहरूमा गरिएका पापहरूको कारणले म तेरो धनसम्पत्ति र तेरा भण्डारहरू विनादाम लुटको माल हुन दिनेछु। 14 अनि म तँलाई तेरा शत्रुहरूको साथमा पार गराएर एउटा यस्तो देशमा लैजानेछु, जुन देश तैंले चिनेको छैनस्; किनकि मेरो रिसमा एउटा आगो सल्केको छ, जो तिमीहरूमाथि जल्नेछ।”
15 “हे परमप्रभु, तपाईंले नै जान्नुहुन्छ; मलाई सम्झना गर्नुहोस् र मलाई भेट्नुहोस्! अनि मलाई सताउनेहरूसित मेरा निम्ति बदला लिनुहोस्; तपाईंको धीरजको कारणलेच मलाई उठाएर नलैजानुहोस्! जान्नुहोस्, तपाईंको खातिर मैले निन्दा सहेको छु! 16 तपाईंका वचनहरू फेला परे, र मैले तिनलाई खाएँ; अनि तपाईंका वचनहरू मेरा निम्ति हर्ष र मेरो हृदयको आनन्द भए; किनकि हे परमप्रभु, सेनाहरूका परमेश्वर, म तपाईंको नामले कहलाइएको छु। 17 म न हँस्सीदिल्लगी गर्नेहरूको जमातमा बसें, न रमाएँ; तपाईंको हातको कारणले म एकलै बसें; किनकि तपाईंले मलाई रिसले भर्नुभएको छ। 18 किन मेरो पीड़ा निरन्तर रहिरहन्छ, र मेरो घाउ निको नहुने किसिमको छ, जसले निको हुन इन्कार गर्छ? के साँच्चै तपाईं मेरा निम्ति धोका दिने खोलाजस्तोछ र भर पर्न नसकिने पानीजस्तो हुनुहुन्छ?”
19 “यसकारण परमप्रभु यसो भन्नुहुन्छ: तिमी फर्क्यौ भने म तिमीलाई फर्काएर ल्याउनेछु, र तिमी मेरो सामु खड़ा हुनेछौ; अनि तिमीले निकम्माबाट बहुमूल्यलाई निकाल्यौ भने तिमी मेरो मुखजस्तो हुनेछौ; तिनीहरू तिमीकहाँ फर्कून्, तर तिमीचाहिँ तिनीहरूकहाँ नफर्कनू! 20 अनि म तिमीलाई यी मानिसहरूका निम्ति एउटा पित्तलको बलियो पर्खाल तुल्याउनेछु; अनि तिनीहरूले तिम्रो विरोधमा लड़ाइँ गर्नेछन्, तर तिनीहरू तिमीमाथि विजयी हुनेछैनन्; किनकि तिमीलाई बचाउन र तिमीलाई छुटाउन म तिम्रो साथमा छु, परमप्रभु भन्नुहुन्छ। 21 अनि म तिमीलाई दुष्टहरूको हातबाट छुटाउनेछु र तिमीलाई अत्याचारीहरूको पन्जाबाट छुटकारा दिनेछु।”