8
“परमप्रभु भन्नुहुन्छ: त्यस बेला उनीहरूले यहूदाका राजाहरूका हड्डीहरू, त्यसका शासकहरूका हड्डीहरू, पूजाहारीहरूका हड्डीहरू, भविष्यवक्ताहरूका हड्डीहरू र यरूशलेमका बासिन्दाहरूका हड्डीहरू तिनीहरूका चिहानहरूबाट निकाल्नेछन्; 2 अनि उनीहरूले तिनलाई घाम, जून र आकाशको सारा गणको सामु फैलाइदिनेछन्, जसलाई तिनीहरूले प्रेम गरेका थिए, जसको पूजाक तिनीहरूले गरेका थिए, जसको पछि-पछि तिनीहरू हिँड़ेका थिए, जसको खोजी तिनीहरूले गरेका थिए, र जसलाई तिनीहरूले दण्डवत् गरेका थिए; ती बटुलिनेछैनन्, न ता गाड़िनेछन्; ती पृथ्वीको सतहमाथि मल हुनेछन्। 3 अनि यस दुष्ट घरानाबाट बाँकी रहेकाहरूको सारा बाँकी भागले, जो-जो ती सबै ठाउँहरूमा बाँकी रहन्छन्, जहाँ मैले तिनीहरूलाई धपाएको छु, जीवनलाई भन्दा मृत्युलाई नै चुन्नेछ, सेनाहरूका परमप्रभु भन्नुहुन्छ।”झूटा शिक्षाको विपत्ति
4 “अनि तिमीले तिनीहरूलाई यो पनि भन्नू: परमप्रभु यसो भन्नुहुन्छ, तिनीहरू लोटे भने के उठ्दैनन् र? अथवा के कोही पछि हट्यो भने के त्यो फर्केर आउँदैन र? 5 त किन यरूशलेमका यी मानिसहरू लगातार पछि हटेका-हटेकै गर्छन्? तिनीहरू छल अँठ्याएर राख्छन्; तिनीहरू फर्कन इन्कार गर्छन्। 6 मैले ध्यानसित सुनें, तर तिनीहरूले ठीक बोलेनन्; कुनै पनि मानिसले ‘मैले के गरें नि!’ भन्दै आफ्नो दुष्टताबाट पश्चात्ताप गरेन; लड़ाइँमा घोड़ा हानिएर गएझैं हरेक आफ्नै दौड़तिर लाग्यो। 7 अँ, आकाशको सारसले आफ्ना तोकिएका ऋतुहरू जान्दछ; अनि ढुकुर, कर्याङकुरुङ र गौंथलीले आफ्नो फर्केर आउने समय कायम राख्छन्; तर मेरो प्रजाले परमप्रभुको नियम जान्दैन।
8 ‘हामी बुद्धिमान् छौं, र परमप्रभुको व्यवस्था हामीसित छ’ भनी तिमीहरू कसरी भन्छौ? हेर, साँच्चै शास्त्रीहरूको झूटो कलमले त्यसलाई छलपूर्वक चलाएकोख छ। 9 बुद्धिमान् मानिसहरू लज्जित छन्; तिनीहरू भयभीत भएका छन् र पक्राउ परेका छन्; हेर, तिनीहरूले परमप्रभुको वचन रद्द गरेकाग छन्; तब तिनीहरूमा के बुद्धि छ र? 10 यसकारण म तिनीहरूका स्वास्नीहरू अरूलाई दिनेछु, र तिनीहरूका खेतबारीहरूचाहिँ उनीहरूलाई दिनेछु, जसले ती आफ्नो अधिकारमा लिनेछन्; किनकि सबैभन्दा सानोदेखि लिएर सबैभन्दा ठूलोसम्म हरेक नीच कमाइको लोभी छ; अनि भविष्यवक्तादेखि लिएर पूजाहारीसम्म हरेकले छली व्यवहार गर्छ। 11 किनभने तिनीहरूले ‘शान्ति! शान्ति!’ भन्दै मेरो प्रजाकी छोरीको चोट बाहिर-बाहिरघ निको पारेका छन्, जब कि शान्ति नै छैन। 12 तिनीहरूले घृणित काम गरेपछि के तिनीहरू सर्माए? अहँ, तिनीहरू अलिकति पनि सर्माएनन्; लाजले रातो हुनङ पनि तिनीहरूले जानेनन्; यसकारण लोट्नेहरूको बीचमा तिनीहरू लोट्नेछन्; तिनीहरूको दण्डको समयमा तिनीहरू ठेस खाएर लोट्नेछन्, परमप्रभु भन्नुहुन्छ। 13 निश्चय म तिनीहरूलाई सखाप पार्नेछु, परमप्रभु भन्नुहुन्छ; दाखको बोटमा अङ्गुरहरू रहनेछैनन्, न ता नेभाराको रूखमा नेभाराहरू रहनेछन्, अनि पातधरि ओइलिनेछ; अनि मैले तिनीहरूलाई दिएका कुराहरू तिनीहरूबाट हटेर पर सर्नेछन्।
14 हामी किन चुपचाप बस्छौं? भेला होओ, अनि हामी पर्खालले घेरिएका शहरहरूभित्र पसौं, र त्यहाँ चुप रहौं; किनकि परमप्रभु हाम्रा परमेश्वरले हामीलाई चुप पार्नुभएको छ र पिउनलाई हामीलाई पित्तको पानी दिनुभएको छ; किनभने हामीले परमप्रभुको विरोधमा पाप गरेका छौं। 15 हामीले शान्तिको बाटो हेर्यौं, तर कुनै असल कुरा आएन; चङ्गाइको समयको बाटो हेर्यौं, तर हेर, डरैडर! 16 दानबाट त्यसका घोड़ाहरूले नाक बजाएका सुनियो; त्यसका बलिया-बलिया घोड़ाहरूको हिनहिनाएको आवाजले सारा देश थरथर काम्यो; किनकि तिनीहरू आए, अनि देश र त्यसमा भएका सबै थोकहरू, अँ, शहर र त्यसमा बस्नेहरूलाई निलिदिए। 17 किनकि हेर, तिमीहरूको बीचमा म साँपहरू र साँभेसाँपहरू पठाउनेछु, जसलाई कुनै मोहनी लाग्दैन; अनि तिनीहरूले तिमीहरूलाई डस्नेछन्, परमप्रभु भन्नुहुन्छ।”
आफ्ना जनहरूका निम्ति यर्मियाको मनमा पीड़ा उठेको
18 “शोकमा मैले आफैलाई सान्त्वना दिन खोज्दा मेरो हृदय मभित्र व्याकुल रहन्छ। 19 हेर, टाढ़ो देशमा बस्नेहरूको कारणले मेरो प्रजाकी छोरीको चिच्च्याहटको आवाज! के परमप्रभु सियोनमा हुनुहुन्न? अथवा के त्यसका राजा त्यसभित्र हुनुहुन्न? किन तिनीहरूले आफ्ना खोपेका मूर्तिहरू र बिराना व्यर्थका वस्तुहरूले मलाई रिस उठाए त? 20 कटनीको समय बित्यो, ग्रीष्म ऋतु समाप्त भयो; अनि हाम्रो उद्धार भएकै छैन।