यहूदा व्यभिचारिणी पत्नी हो
3
“तिनीहरूले भन्छन्: ‘यदि कुनै मानिसले आफ्नी पत्नीलाई त्यागिदियो, र ऊ त्यसकहाँबाट गएर अर्को मानिसकी भई भने के त्यो फेरि उसकहाँ फर्केर जान्छ र?’ के त्यो देश बिलकुलै अशुद्ध हुँदैन र? तर तैंले त धेरै प्रेमीहरूसँग वेश्याको काम गरेकी छस्; तरै पनि मकहाँ फर्की, परमप्रभु भन्नुहुन्छ। 2 उच्च स्थानहरूतिरक आफ्ना आँखाहरू उठाएर हेर्! कहाँ तैंले सहवास गरेकी छैनस्? उजाड़स्थानमा बस्ने अरबीहरूझैं तँ तिनीहरूका निम्ति बाटोहरूमा बसिस्; अनि तैंले देशलाई आफ्ना वेश्याकर्महरूद्वारा र आफ्नो दुष्टताद्वारा अशुद्ध पारेकी छस्। 3 यसैकारण झरीहरू रोकेर राखिएका छन्, र पछिल्लो वर्षा पनि भएन; अनि तँसँग वेश्याको निधार थियो; तैंले लजाउन मानिनस्। 4 के यस समयदेखिख तँ ‘हे मेरा पिता, तपाईंचाहिँ मेरो जवानीका साथी हुनुहुन्छ’ भन्दै तँ मलाई पुकार्दैनस्? 5 के उहाँले आफ्नो रिस सधैंभरि राखिरहनुहुनेछ र? अथवा के उहाँले त्यो अन्तसम्म राखिछोड़्नुहुनेछ र? हेर्, तैंले यो भनेकी छस्, तर तैंले सकेजति खराब कुराहरू गरेकी छस्।”6 अनि राजा योशियाहका दिनहरूमा परमप्रभुले मलाई यो पनि भन्नुभयो: “पछि हट्ने इस्राएल देशलेग के गरेकी छे, के तिमीले देखेका छौ? हरेक अग्लो पहाड़माथि र हरेक हरियो रूखमुनि ऊ गएकी छे, र त्यहाँ उसले वेश्याको काम गरेकी छे। 7 उसले यी सबै कुराहरू गरेपछि मैले भनें: ‘ऊ मकहाँ फर्किनेछे’; तर ऊ फर्किन। अनि उसकी विश्वासघाती बहिनी यहूदाले यो देखी। 8 अनि मैले हेरें – पछि हट्ने इस्राएलले व्यभिचार गरेका सबै कारणहरूले गर्दा मैले उसलाई त्यागिदिएँ र उसलाई उसको त्याग-पत्र दिएँ; तरै पनि उसकी विश्वासघाती बहिनी यहूदा डराइन, तर गएर यसले पनि वेश्याको काम गरी। 9 अनि यस्तो भयो: उसको वेश्या-कामको हल्कापनालेघ गर्दा उसले देशलाई अशुद्ध पारेकी छे, अनि ढुङ्गाहरू र ठुटाहरूसँग व्यभिचार गरेकी छे। 10 तर यो सबै भएर पनि उसकी विश्वासघाती बहिनी यहूदा आफ्नो सम्पूर्ण हृदयले होइन, तर झूटो रीतिले मतिर फर्केकी छे, परमप्रभु भन्नुहुन्छ।”
11 अनि परमप्रभुले मलाई भन्नुभयो: “पछि हट्ने इस्राएलले आफूलाई विश्वासघाती यहूदाभन्दा बढ़ी धर्मी ठहराएकी छे। 12 जाऊ, यी वचनहरू उत्तरतिर प्रचार गर, र भन: परमप्रभु भन्नुहुन्छ: हे पछि हट्ने इस्राएल, फर्की! अनि म आफ्नो रिस तिमीहरूमाथि पर्न दिनेछैनँ; किनकि म कृपालु हुँ, परमप्रभु भन्नुहुन्छ, अनि म सधैंभरि आफ्नो रिस राखिरहनेछैनँ। 13 केवल आफ्नो अधर्म स्वीकार गर्ङ; किनकि तैंले परमप्रभु आफ्नो परमेश्वरको विरोधमा अपराध गरेकी छस्, र हरेक हरियो रूखमुनि पराईहरूकहाँ आफ्ना चालहरू फैलाएकी छस्; अनि तिमीहरूले मेरो वाणी मानेका छैनौ, परमप्रभु भन्नुहुन्छ। 14 हे पछि हटेर जाने छोराछोरीहरूहो, फर्क!, परमप्रभु भन्नुहुन्छ; किनकि म तिमीहरूका पति हुँ; अनि म तिमीहरूलाई – एउटा शहरबाट एकजनालाई र एउटा परिवारबाट दुईजनालाई लिनेछु, अनि तिमीहरूलाई सियोनमा ल्याउनेछु; 15 अनि म तिमीहरूलाई मेरो हृदयअनुसारका गोठालाहरू दिनेछु, जसले तिमीहरूलाई ज्ञान र समझसहित चराउनेछन्। 16 अनि यस्तो हुनेछ: जब तिमीहरू देशमा संख्यामा बढ़्छौ र फलवन्त हुन्छौ, परमप्रभु भन्नुहुन्छ, तब ती दिनहरूमा तिनीहरूले फेरि ‘परमप्रभुको वाचाको सन्दुक’ भन्नेछैनन्, न ता यो कुरा मनमा नै आउनेछ; न तिनीहरूले यसको सम्झना गर्नेछन्, न यसको दर्शनच गर्नेछन्, न ता यो फेरि बनाइने नै छ। 17 त्यस बेला उनीहरूले यरूशलेमलाई ‘परमप्रभुको सिंहासन’ भन्नेछन्; अनि सबै जातिहरू यरूशलेममा परमप्रभुको नामकहाँ भेला हुनेछन्; अनि उनीहरू फेरि कहिल्यै आफ्नो दुष्ट हृदयको हठअनुसारछ हिँड़्नेछैनन्। 18 ती दिनहरूमा यहूदाको घराना इस्राएलको घरानासँग हिँड़्नेछ; अनि उत्तरको देशबाट उनीहरू एकसाथ त्यस देशमा आउनेछन्, जुन देश मैले तिमीहरूका पितापुर्खाहरूलाई अधिकारको भागको रूपमा दिएको छु। 19 तर मैले भनें: ‘कसरी म तँलाई छोराहरूको बीचमा राखूँ, र त्यो मनोहर देश, जाति-जातिका सेनाहरूकोज सुन्दर पैतृक सम्पत्ति तँलाई दिऊँ?’ अनि मैले सोचेंझ: ‘तैंले मलाई ‘मेरा पिता’ भन्नेछस्, र मेरो पछि लाग्नदेखि हट्नेछैनस्।’ 20 निश्चय जसरी एउटी पत्नीले आफ्ना पतिलाई विश्वासघात गरेर छोड़्छे, त्यसरी नै हे इस्राएलको घराना, तिमीहरूले मसित विश्वासघात गरेका छौ, परमप्रभु भन्नुहुन्छ।
पश्चात्ताप गर्नका निम्ति परमेश्वरको आह्वान
21 उच्च स्थानहरूबाटञ इस्राएलीहरू रोएको र अन्तर्विन्तीहरू चढ़ाएको आवाज सुनियो; किनकि उनीहरूले आफ्नो चाल टेढ़ा पारेका छन्; उनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेका छन्। 22 हे पछि हटेर जाने छोराछोरीहरूहो, फर्क! म तिमीहरूका पछिहटाइहरू निको पार्नेछु;” “हेर्नुहोस्, हामी तपाईंकहाँ आउँछौं; किनकि तपाईं परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। 23 साँच्चै, डाँड़ाहरूबाट र पहाड़हरूको भीड़बाट व्यर्थमा उद्धारको आशा गरिन्छ; साँच्चै, परमप्रभु हाम्रा परमेश्वरमा इस्राएलको उद्धार छ। 24 किनकि हाम्रो जवानीदेखि नै शर्मलेट हाम्रा पितापुर्खाहरूको परिश्रम, अर्थात् उनीहरूका भेड़ाबाख्रा, उनीहरूका गाईबस्तु, उनीहरूका छोराहरू र उनीहरूका छोरीहरूलाई निलेको छ। 25 हामी हाम्रो शर्ममा सुत्छौं, र हाम्रो निन्दाले हामीलाई ढाक्छ; किनकि हाम्रो जवानीदेखि यस दिनसम्म हामीले – हामीले र हाम्रा पितापुर्खाहरूले – परमप्रभु हाम्रा परमेश्वरको विरोधमा पाप गरेका छौं, र हाम्रा परमेश्वर परमप्रभुको वाणी मानेका छैनौं।”