विरोधीहरूले दण्ड पाउनेछन्
65
“जसले मेरो सोधखोज गर्दैनथिए, तिनीहरूद्वारा म खोजिएको छु; जसले मेरो खोजी गर्दैनथिए, तिनीहरूद्वारा म भेट्टाइएको छु; मेरो नामले नकहलाइएको जातिलाई मैले भनें: ‘मलाई हेरक! मलाई हेरक!’ 2 दिनभरि मैले एउटा विद्रोही जातितिर आफ्ना हातहरू फैलाइराखेको छु, जुन जाति आफ्नै विचारहरूअनु सार त्यस बाटोमा हिँड़्छन्, जो असल छैन; 3 यो एउटा यस्तो जाति हो, जसले मेरै मुखको सामु निरन्तर मलाई रिस उठाउँछ, जसले बगैंचाहरूमा बलि चढ़ाउँछ, र इँटाहरूका वेदीहरूमाथि धूप बाल्छ; 4 तिनीहरू यी हुन्, जो चिहानहरूको बीचमा बस्छन्, र गुप्त स्थानहरूमाख रात बिताउँछन्, जसले सुँगुरको मासु खान्छन्, अनि तिनीहरूका भाँड़ाहरूमा घृणित वस्तुहरूको झोल हुन्छ; 5 जसले भन्छन्: ‘अलग्गै बस्, मेरो नजिक नआइज; किनकि म तँभन्दा पवित्र छु।’ यिनीहरू मेरो नाकमा धूवाँ हुन् – एउटा आगो हुन्, जुन दिनभरि बलिरहन्छ। 6 हेर, मेरो सामु यो लेखिएको छ; म चुप लाग्नेछैनँ, तर म बदला दिनेछु, अँ, तिनीहरूको काखैमाग बदला दिनेछु – 7 तिमीहरूका अधर्महरू र तिमीहरूका पितापुर्खाहरूका अधर्महरूको बदला म एकसाथ दिनेछु, परमप्रभु भन्नुहुन्छ; तिनीहरूले पहाड़हरूमाथि धूप बालेका थिए, र डाँड़ाहरूमाथि मेरो निन्दा गरेका थिए; यसकारण तिनीहरूको पहिलेको काम तौलेर तिनीहरूको काखैमाग हालिदिनेछु।8 परमप्रभु यसो भन्नुहुन्छ: जसरी अङ्गुरको झुप्पामा दाखरस पाइँदा कसैले भन्छ, ‘यो नष्ट नगर; किनकि यसमा आशिष् छ’, त्यसरी नै म तिनीहरू सबैलाई नष्ट नगरूँ भनेर मेरा दासहरूको खातिर म काम गर्नेछु। 9 अनि म याकूबबाट एउटा वंशलाई, र यहूदाबाट मेरा पहाड़हरूकोघ एउटा हकवालालाई निकालेर ल्याउनेछु; अनि मेरा चुनिएकाहरूले त्यसलाई आफ्नो अधिकारमा ल्याउनेछन्, र मेरा दासहरू त्यहाँ बस्नेछन्। 10 अनि मेरो प्रजाका निम्ति, जसले मेरो खोजी गरेका छन्, शारोनचाहिँ भेड़ाबाख्राहरूको गोठ र आकोरको बेंसीचाहिँ गाईबस्तुहरूको विश्रामस्थल हुनेछन्। 11 तर तिमीहरू परमप्रभुलाई त्याग्नेहरू हौ; तिमीहरू मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, भाग्य-देवताकाङ निम्ति टेबल तयार पार्छौ, र भावी-देवताकाच निम्ति अर्घबलिछ भर्छौ; 12 यसकारण म तिमीहरूलाई तरवारका निम्ति ठहराउनेछुज, र तिमीहरू सबै काटिनका निम्ति झुक्नेछौ; किनकि मैले बोलाउँदा तिमीहरूले जवाफ दिएनौ; म बोल्दा तिमीहरूले सुनेनौ, तर मेरा आँखाकै सामु दुष्ट काम गर्यौ, र त्यो कुरा रोज्यौ, जुन कुरामा म प्रसन्न थिइनँ।
13 यसकारण प्रभु यहोवा यसो भन्नुहुन्छ: हेर, मेरा दासहरूले खानेछन्, तर तिमीहरूचाहिँ भोकै रहनेछौ; हेर, मेरा दासहरूले पिउनेछन्, तर तिमीहरूचाहिँ तिर्खाउँदै रहनेछौ; हेर, मेरा दासहरू रमाउनेछन्, तर तिमीहरूचाहिँ लज्जित हुनेछौ; 14 हेर, मेरा दासहरू हृदयको आनन्दले गीत गाउनेछन्, तर तिमीहरूचाहिँ हृदयको पीड़ालेझ चिच्च्याउनेछौ, र आत्माको टुटाइले रोइकराइ गर्नेछौ। 15 अनि तिमीहरूले आफ्नो नाम मेरा चुनिएकाहरूका निम्ति श्रापको रूपमा छोड़िराख्नेछौ; किनकि प्रभु यहोवाले तँलाई मार्नुहुनेछ, र आफ्ना दासहरूलाई अर्को नामले बोलाउनुहुनेछ; 16 र जसले पृथ्वीमा आफूलाई धन्यको भन्छ, उसले सत्यताको परमेश्वरमा आफूलाई धन्यको भन्नेछ; अनि जसले पृथ्वीमा शपथ खान्छ, उसले सत्यताको परमेश्वरको नाममा शपथ खानेछ; किनभने पहिलेका कष्टहरू बिर्सिएका छन्, र ती कुराहरू मेरा आँखाबाट लुकेका छन्।
नयाँ आकाश र नयाँ पृथ्वी
17 किनकि हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु; अनि पहिलेका कुराहरूको सम्झना गरिनेछैनन्, न ता मनमा नै आउनेछन्। 18 तर जुन कुरा म सृष्टि गर्छु, त्यसमा तिमीहरू सदा-सर्वदा आनन्दित होओ, र रमाओ; किनकि हेर, म यरूशलेमलाई एउटा रमाहट र त्यसका मानिसहरूलाई एउटा हर्षको रूपमा सृष्टि गर्छु। 19 अनि म यरूशलेममा रमाउनेछु, र मेरो प्रजामा आनन्दित हुनेछु; अनि त्यसमा न रोएको सोर, न चिच्च्याएको आवाज फेरि कहिल्यै सुनिनेछ। 20 त्यहाँ थोरै दिन मात्र बाँच्ने दूधेबालक र आफ्नो आयु पूरा नगर्ने वृद्ध मानिस फेरि कहिल्यै हुनेछैनन्; किनकि ठिटाधरि सय वर्षको भई मर्नेछ; तर सय वर्षको भएर पनि पापी मानिस श्रापित हुनेछ। 21 अनि उनीहरूले घरहरू बनाउनेछन्, र तिनमा वास गर्नेछन्; अनि उनीहरूले दाखबारीहरू लगाउनेछन्, र तिनका फल खानेछन्। 22 उनीहरूले बनाउने, तर अर्कोले वास गर्ने, उनीहरूले रोप्ने, तर अर्कोले खाने – त्यस्तो हुनेछैन; किनकि मेरो प्रजाको आयुञ रूखको आयुझैंञ हुनेछ, र मेरा चुनिएकाहरूले आफ्ना हातहरूको काम धेरै समयसम्म उपभोग गर्नेछन्। 23 उनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न ता विपत्तिकाट निम्ति जन्माउनेछन्; किनकि उनीहरू परमप्रभुका धन्य जनहरूको वंश हुन्, उनीहरूको साथमा उनीहरूका सन्तानहरू पनि। 24 अनि यस्तो हुनेछ: उनीहरूले पुकार्नुभन्दा पहिल्यै म जवाफ दिनेछु; अनि उनीहरू बोल्दा-बोल्दै म सुन्नेछु। 25 ब्वाँसो र भेड़ाको पाठो एकसाथ चर्नेछन्, अनि सिंहले गोरुले झैं पराल खानेछ; अनि सर्पको आहारचाहिँ धूलो हुनेछ। मेरो सम्पूर्ण पवित्र पर्वतमा तिनीहरूले न कुनै हानि पुर्याउनेछन्, न नाश नै गर्नेछन्, परमप्रभु भन्नुहुन्छ।”