सियोनका निम्ति शुभ-सन्देश
61
“प्रभु यहोवाको आत्मा ममाथि हुनुहुन्छ; किनकि नम्रहरूलाईक सुसमाचार सुनाउनका निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ; हृदय टुटेकाहरूलाई मलहमपट्टी बाँध्नका निम्ति, कैदीहरूलाई छुटकाराको र बन्दीहरूलाई झ्यालखाना खोलिएको घोषणा गर्नका निम्ति, 2 परमप्रभुको ग्रहणयोग्य वर्षको र हाम्रा परमेश्वरको बदला लिने दिनको घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको छ; विलाप गर्नेहरू सबैलाई सान्त्वना दिनलाई, 3 सियोनका विलाप गर्नेहरूका निम्ति नियुक्त गर्नलाई, अँ, उनीहरूलाई खरानीको सट्टामा सुन्दरताख, विलापको सट्टामा आनन्दको तेल, खिन्नताको आत्माको सट्टामा प्रशंसाको खास्टो दिनलाई, फलस्वरूप उनीहरू ‘धार्मिकताका वृक्षहरू’, ‘परमप्रभुद्वारा रोपिएकाहरू’ग कहलाइऊन्, फलस्वरूप उहाँ महिमित हुनुहुनेछ।4 अनि उनीहरूले पुराना-पुराना भत्केका ठाउँहरू निर्माण गर्नेछन्, पहिलेका उजाड़ भएका ठाउँहरू खड़ा गर्नेछन्, र बरबाद भएका शहरहरू मर्मत गर्नेछन्, जो पुस्तौंपुस्तादेखि उजाड़ थिए। 5 अनि परदेशीहरू खड़ा हुनेछन्, र तिमीहरूका भेड़ाबाख्राहरू चराउनेछन्, अनि विदेशीका छोराहरू तिमीहरूका हली र तिमीहरूका दाखबारीका मालीहरू हुनेछन्। 6 तर तिमीहरूचाहिँ ‘परमप्रभुका पूजाहारीहरू’ कहलाइनेछौ; मानिसहरूलेघ तिमीहरूलाई ‘हाम्रा परमेश्वरका सेवकहरू’ भन्ने नाम राख्नेछन्; तिमीहरूले अन्यजातिहरूको सम्पत्ति खानेछौ; अनि तिनीहरूको विभवमाङ तिमीहरूले गर्व गर्नेछौ। 7 तिमीहरूका शर्मको सट्टामा तिमीहरूले दोबर पाउनेछौ; अनि अपमानको सट्टामा उनीहरू आफ्नो भागमा रमाउनेछन्; यसकारण आफ्नो देशमा उनीहरूले दोबर भागमाथि अधिकार गर्नेछन्, उनीहरूलाई सदा रहिरहनेच आनन्द हुनेछ। 8 किनकि म परमप्रभु न्यायलाई प्रेम गर्छु; म होमबलिका निम्ति गरिने डकैतीलाई घृणा गर्छु; अनि म उनीहरूको काम सत्यतामा डोर्याउनेछु र उनीहरूसित अनन्त वाचा बाँध्नेछु। 9 अनि उनीहरूको वंश अन्यजातिहरूको बीचमा, र उनीहरूका सन्तान जाति-जातिका मानिसहरूको बीचमा चिनिनेछन्; उनीहरूलाई देख्ने सबैले उनीहरूचाहिँ परमप्रभुले आशिष् दिनुभएको वंश हुन् भनी स्वीकार गर्नेछन्।
10 परमप्रभुमा म अत्यन्तै रमाउनेछुछ, मेरो प्राण मेरा परमेश्वरमा आनन्दितज हुनेछ; किनकि जसरी दुलहाले आफूलाई पगरीले सिँगार्छ, र जसरी दुलहीले आफूलाई आफ्ना गरगहनाहरूले सिँगार्छे, त्यसरी नै उहाँले मलाई उद्धारका वस्त्रहरू पहिराइदिनुभएको छ, उहाँले मलाई धार्मिकताको पोशाकले ढाक्नुभएको छ। 11 किनकि जसरी पृथ्वीले आफ्नो टुसा उमार्छ, र जसरी बगैंचाले त्यसमा छरिएका बीउहरू उमार्छ, त्यसरी नै प्रभु यहोवाले सबै जातिहरूको सामु धार्मिकता र प्रशंसा उमार्नुहुनेछ।”