परमेश्वरबाट अलग पार्ने पापहरू
59
“हेर, परमप्रभुको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, न ता उहाँको कान सुन्न नसक्ने गरी बोधो भएको छ; 2 तर तिमीहरूका अधर्महरूले तिमीहरूलाई तिमीहरूका परमेश्वरबाट अलग पारेका छन्, अनि तिमीहरूका पापहरूले उहाँको मुख तिमीहरूदेखि लुकाइदिएका छन्, र उहाँले सुन्नुहुन्न। 3 किनकि तिमीहरूका हातहरू रगतले, र तिमीहरूका औंलाहरू अधर्मले अशुद्ध भएका छन्; तिमीहरूका ओठहरूले झूट बोलेका छन्; तिमीहरूको जिब्रोले टेढ़ा कुराक बकेको छ। 4 कसैले धार्मिकताको साथ उजुरी गर्दैन, न ता कसैले सत्यतापूर्वक वकालत गर्छ; तिनीहरू व्यर्थतामाथि भरोसा राख्छन्, र झूटख बोल्छन्; तिनीहरू उपद्रवलाई गर्भधारण गर्छन् र अधर्म जन्माउँछन्। 5 तिनीहरू साँभे साँपका अन्डाहरू ओथ्राउँछन् र माकुराको जालो बुन्छन्; जसले तिनीहरूका अन्डाहरूबाट खान्छ, त्यो मर्छ, र जे फुटाइन्छ, त्यसबाट विषालु सर्प फुटेर निस्कन्छ। 6 तिनीहरूका जालाहरूबाट लुगा बनिनेछैनन्, न ता तिनीहरूले आफूलाई आफ्ना कामहरूले ढाक्नेछन्; तिनीहरूका कामहरू अधर्मका कामहरू हुन्, र तिनीहरूका हातमा अत्याचारको काम छ। 7 तिनीहरूका पाउहरू खराबीतिर दगुर्छन्, र तिनीहरू निर्दोष रगत बगाउन हतार गर्छन्; तिनीहरूका विचारहरू अधर्मका विचारहरू हुन्; तिनीहरूका बाटाहरूमा बरबादी र विनाश छन्। 8 तिनीहरूले शान्तिको बाटो जान्दैनन्; अनि तिनीहरूका चालहरूमा न्याय छैन; तिनीहरूले तिनलाई आफ्ना निम्ति टेढ़ा बाटाहरू तुल्याएका छन्; हरेक जो यस बाटोमा हिँड़्छ, त्यसले शान्ति के हो, सो जान्नेछैन।9 यसैले न्याय हामीदेखि टाढ़ो छ, न ता धार्मिकताले हामीलाई भेट्छ; हामी ज्योतिको बाटो हेर्छौं, तर हेर, अन्धकार! हामी उज्यालोको बाटो हेर्छौं, तर अन्धकारमा हिँड़्छौं। 10 अन्धाहरूले जस्तो हामी भित्ता छाम्छौं; अनि आँखाहरू नभएझैं हामी छामछाम-छुमछुम गर्छौं; मध्यदिनमा हामी रातमा झैं ठेस खान्छौं; हामी उजाड़ ठाउँहरूमा मरेका मानिसहरूजस्ता छौं। 11 हामी सबै भालुहरूझैं गर्जन्छौं र ढुकुरहरूझैं अलाप-विलाप गर्छौं; हामी न्यायको बाटो हेर्छौं, तर त्यो छँदैछैन; हामी उद्धारको बाटो हेर्छौं, तर त्यो हामीदेखि टाढ़ो छ। 12 किनकि तपाईंको सामु हाम्रा अपराधहरू धेरै भएका छन्, र हाम्रा पापहरूले हाम्रो विरोधमा साक्षी दिन्छन्; किनकि हाम्रा अपराधहरू हामीसित छन्; अनि हाम्रा अधर्महरूचाहिँ हामी जान्दछौं; 13 हामी अधर्म गरिरहेका छौं, परमप्रभुको विरोधमा झूट बोलिरहेकआ छौं र हाम्रा परमेश्वरबाट टाढ़ो गइरहेका छौंग; हामी थिचोमिचो र विद्रोहको कुरा बोलिरहेका छौं; हृदयबाट नै झूटा कुराहरू रचिरहेकाघ र बोलिरहेका छौं। 14 अनि न्याय पछि हटेको छ, र धार्मिकता टाढ़ोमा उभिन्छ; किनकि सत्यता सड़कमा गिरेको छ, र सीधा चालङ भित्र पस्न सक्दैन।”
परमप्रभु आफैले सियोनलाई छुटकारा दिनुहुनेछ
15 अँ, सत्यता हराउँदै जान्छ; अनि जो खराबीबाट हट्छ, उसले आफैलाई शिकार तुल्याउँछ; अनि परमप्रभुले यो देख्नुभयो, र न्याय हुँदै नभएकोले यो उहाँलाई खराब लाग्यो। 16 अनि कोही मानिस छैन रहेछ, उहाँले देख्नुभयो, अनि अन्तर्विन्ती गर्ने कोही छैन रहेछ, उहाँ छक्क पर्नुभयो; यसकारण उहाँको पाखुराले उहाँका निम्ति उद्धार ल्यायो, र उहाँको धार्मिकताले नै उहाँलाई सम्हाल्यो। 17 किनकि उहाँले धार्मिकतालाई कवचझैं पहिरनुभयो, र आफ्नो शिरमा उद्धारको टोप लगाउनुभयो; अनि वस्त्रको रूपमा उहाँले बदलाका वस्त्रहरू पहिरनुभयो, र जोशलाई चाहिँ लबेदाझैं ओढ़्नुभयो। 18 तिनीहरूका कामहरूअनुसार नै उहाँले बदलामा आफ्ना विरोधीहरूलाई क्रोध, आफ्ना शत्रुहरूलाई प्रतिफल दिनुहुनेछ; टापुहरूलाई पनि उहाँले बदला दिनुहुनेछ। 19 यसैले पश्चिमबाट तिनीहरूले परमप्रभुको नामको र पूर्वबाट उहाँको महिमाको डर मान्नेछन्। जब शत्रुच बाढ़झैं भित्र आउनेछ, तब परमप्रभुको आत्माले त्यसलाई भाग्ने तुल्याउनुहुनेछ। 20 सियोनकहाँ, साथै याकूबमा अपराधबाट फर्कनेहरूकहाँ एकजना उद्धारक आउनुहुनेछ, परमप्रभु भन्नुहुन्छ। 21 परमप्रभु भन्नुहुन्छ: अनि मचाहिँ – उनीहरूसित बाँधेको मेरो वाचा यही हो: मेरो आत्मा जो तिमीमाथि छ, र मेरा वचनहरू, जो मैले तिम्रो मुखभित्र हालेको छु, न तिम्रो मुखबाट, न तिम्रो वंशको मुखबाट, न तिम्रो वंशको वंशको मुखबाट हट्नेछन्, अँ, अहिलेदेखि सदा-सर्वदासम्म हट्नेछैनन्, परमप्रभु भन्नुहुन्छ।”