57
“धर्मी जन नाश हुँदैछ, तर कसैले यो कुरा हृदयमा राख्दैनक; अनि करुणामय मानिसहरू लगिँदैछन्; तर धर्मी जन त आउन लागेको विपत्तिको सामुबाट लगिएको हो भनी कसैले विचार गर्दैन। 2 ऊ शान्तिभित्र प्रवेश गर्नेछ; तिनीहरूले आफ्ना ओछ्यानहरूमा विश्राम लिनेछन् – आफ्नो सीधा चालमा हिँड़्ने हरेक जन।इस्राएल मूर्तिपूजा गर्नमा लट्ठ भएको
3 तर हे जोखना हेर्ने स्त्रीका सन्तानहरूहो, हे व्यभिचारी र वेश्याको वंशहो, यहाँ नजिक आओ! 4 तिमीहरू कसको ठट्टा गर्छौ? कसको विरोधमा मुख बाउँछौ र जिब्रो निकाल्छौ? के तिमीहरू अपराधका सन्तान, झूटका वंश होइनौ र, 5 जो हरेक हरियो रूखमुनि आफ्ना मूर्तिहरूसित कामातुर हुन्छौख, र बेंसीहरूमा चट्टानहरूका धाँदाहरूमुनि छोराछोरीहरूलाई मार्छौ? 6 खोलाका चिल्ला ढुङ्गाहरूको बीचमा तेरो भाग छ; ती, अँ, ती नै तेरो भाग हुन्; अँ, तिनलाई नै तैंले अर्घबलि चढ़ाएकोग छस्, तैंले अन्नबलि चढ़ाएको छस्। के यी कुराहरूमा म सान्त्वना पाऊँ? 7 अग्लो र उच्च पहाड़माथि तैंले आफ्नो ओछ्यान बिछ्याएकी छस्; त्यहाँ पनि तँ बलि चढ़ाउन माथि गइस्। 8 अँ, ढोकाहरू र ढोकाका खाँबाहरूको पछिल्तिर पनि तैंले आफ्नो सम्झना-चिन्ह पारेकी छेस्; किनकि तैंले मलाई छोड़ेर अरूलाई आफ्नो तन उघारिस्, र माथि चढ़िस्; आफ्नो ओछ्यान तैंले फराकिलो पारेकी छस्, र तिनीहरूसित वाचा बाँधेकी छेस्; तैंले तिनीहरूको ओछ्यानलाई जहाँतहीं देखिस्, त्यहाँ तैंले त्यसलाई प्रेम गरिस्। 9 अनि तँ राजाकहाँ सुगन्धित तेल लिएर गइस्, आफ्ना सुगन्धित द्रव्यहरू बढ़ाइस्, आफ्ना दूतहरूलाई टाढ़ा-टाढ़ासम्म पठाइस् र आफूलाई अधोलोकसम्म होच्याइस्। 10 आफ्नो बाटोको लम्माइले गर्दा तँ थकित भइस्, तैपनि तैंले ‘आशा छैन’ भनिनस्; तैंले आफ्नो हातमा जीवन पाइस्; यसैकारण तँ दुःखित भइनस्।
11 अनि कससँग भयभीत भएर वा डराएर तैंले झूट बोलिस्, र मलाई चाहिँ सम्झना गरिनस्, न ता आफ्नो हृदयमा राखिस्? के म धेरै समयदेखि चुप बसेको छैनँ, र यसैले तँ मेरो डर मान्दैनस्? 12 म तेरो धार्मिकता र तेरा कामहरूको वर्णन गर्नेछु; किनकि तिनले तँलाई फाइदा दिनेछैनन्। 13 जब तैंले पुकार्छस्, तब तेरा जम्मा पारिएका मूर्तिहरूलेघ नै तँलाई छुटाऊन्; तर हावाले ती सबैलाई उड़ाएर लैजान्छ; व्यर्थताले तिनीहरूलाई पक्रनेछ; तर जसले ममाथि भरोसा राख्छ, उसले देश आफ्नो अधिकारमा लिनेछ र मेरो पवित्र पर्वत अधिकार गर्नेछ;
14 अनि भन्नेछ: ‘राजमार्ग उठाओ! राजमार्ग उठाओ! बाटो तयार गर! मेरा जनहरूको बाटोबाट ठेस लाग्ने कुरा हटाइदेओ!’ 15 किनकि जो उच्च र सर्वश्रेष्ठ हुनुहुन्छ, जसले अनन्तकालमा वास गर्नुहुन्छ, जसको नाम पवित्र छङ, उहाँले यसो भन्नुहुन्छ: म उच्च र पवित्रस्थानमा बस्छु; अँ, म ऊसँग पनि बस्छु, जसको मन टुटेको छ, र जो नम्र आत्माको हुन्छ – नम्रहरूको आत्मा जियाउन र मन टुटेकाहरूको हृदय जियाउनलाई। 16 किनकि म सदा संघर्ष गरिरहनेछैनँच, न ता सधैं क्रोधित हुनेछु; नत्र मेरो सामु आत्मा मूर्छितछ हुनेथियो, अनि ती सास हुनेहरू पनि, जसलाई मैले बनाएँ। 17 किनकि त्यसको लोभको अधर्मले गर्दा म क्रोधित भएँ, अनि मैले त्यसलाई हिर्काएँ; मैले आफूलाई लुकाएँ, र क्रोधित भएँ, अनि त्यो आफ्नो हृदयको चालमा लागेर टेढ़िएरज गयो। 18 मैले त्यसका चालहरू देखेको छु, र त्यसलाई निको पार्नेछु; अँ, म त्यसलाई डोर्याउनेछु, अनि त्यसलाई र त्यसका विलाप गर्नेहरूलाई बदलामा सान्त्वनाहरू दिनेछु। 19 म ओठहरूको फल सृष्टि गर्छु; टाढ़ामा भएको र नजिकमा भएकोलाई शान्ति! शान्ति होस्!, परमप्रभु भन्नुहुन्छ; अनि म त्यसलाई निको पार्नेछु। 20 तर दुष्टहरू छाल उठेको समुद्रजस्ता हुन्छन्, जो शान्त रहन सक्दैन, जसका पानीले हिलो र माटो उर्लाउँछन्। 21 दुष्टहरूलाई शान्ति हुँदैन, मेरा परमेश्वर भन्नुहुन्छ।”