भरपूर जीवनका निम्ति परमप्रभुको निम्तो
55
“हेक सबै तिर्खाएकाहरूहो, पानीनिर आओ! अनि हे पैसा नहुनेहरूहो, आओ, किन, र खाओ; अँ, आओ, विनापैसा, अँ, विनादाम दाखमद्य र दूध किन! 2 जे खानेकुरा होइन, त्यसका निम्ति तिमीहरू किन पैसा खर्च गर्छौ? र जुन कुराले तृप्त पार्दैन, त्यसका निम्ति तिमीहरू किन आफ्नो परिश्रम खर्च गर्छौ? यत्नपूर्वक मेरो कुरा सुन, र जे असल छ, त्यो खाओ, अनि त्यसका चिल्ला थोकमा तिमीहरूको प्राण मग्न होस्! 3 आफ्नो कान लगाओ, र मकहाँ आओ; सुन, र तिमीहरूको प्राण जीवित रहनेछ; अनि म तिमीहरूसित सदा रहिरहने वाचा बाँध्नेछु, अँ, दाऊदका अटल करुणाहरू दिनेछु। 4 हेर, मैले उसलाई जाति-जातिका निम्ति साक्षी, जाति-जातिका निम्ति अगुवाख र आज्ञा दिनेवाला ठहराएको छु। 5 हेर, जुन जातिलाई तिमी चिन्दैनौ, त्यसैलाई तिमीले बोलाउनेछौ, अनि जुन जातिहरूले तिमीलाई चिनेका छैनन्, तिनीहरू परमप्रभु तिम्रा परमेश्वरको कारणले, अँ, इस्राएलका पवित्र जनको कारणले तिमीकहाँ दगुरी आउनेछन्; किनकि उहाँले तिमीलाई महिमित तुल्याउनुभएको छ।6 जबसम्म परमप्रभुलाई भेट्टाउन सकिन्छ, तबसम्म तिमीहरूले उहाँको खोजी गर! उहाँ नजिक हुनुहुँदा नै तिमीहरूले उहाँलाई पुकार! 7 दुष्ट मानिसले आफ्नो चालग, र अधर्मी मानिसले आफ्ना विचारहरू त्यागोस्, अनि परमप्रभुकहाँ फर्कोस्, र उहाँले त्यसमाथि दया देखाउनुहुनेछ; अँ, त्यो हाम्रा परमेश्वरकहाँ फर्कोस्, किनकि उहाँले प्रशस्त गरी क्षमा गर्नुहुनेछ। 8 किनकि मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन्, न ता तिमीहरूका चालहरूग मेरा चालहरूग हुन्, परमप्रभु भन्नुहुन्छ। 9 किनकि जसरी आकाश पृथ्वीभन्दा उच्च छ, त्यसरी नै मेरा चालहरूग तिमीहरूका चालहरूगभन्दा, र मेरा विचारहरू तिमीहरूका विचारहरूभन्दा उच्च छन्। 10 किनकि जसरी आकाशबाट पानी र हिउँ झर्छ, र त्यतैतिर फर्किंदैन, तर पृथ्वीले छर्नेलाई बीउ र खानेलाई रोटी देओस् भनेर त्यसलाई सिंच्छ, र त्यसलाई उब्जनी दिने र कोपिला हाल्ने तुल्याउँछ, 11 मेरो मुखबाट निस्केको मेरो वचन पनि त्यस्तै हुनेछ; त्यो मकहाँ रित्तो फर्किंदैन, तर त्यसले जे म चाहन्छु, सो पूरा गर्नेछ, अनि जुन कुराका निम्ति मैले त्यो पठाएको छु, त्यसमा त्यो सफल हुनेछ।
12 किनकि तिमीहरू आनन्दसाथ निस्केर जानेछौ, र शान्तिसित डोर्याइनेछौ; पहाड़हरू र डाँड़ाहरू तिमीहरूको अघि-अघि गाइउठ्नेछन्, र मैदानका सबै रूखहरूले ताली बजाउनेछन्। 13 काँड़ाको सट्टामा सल्लाको रूख उम्रनेछ, र काँड़ेझ्याङको सट्टामा मेहदीको रूख उम्रनेछ; अनि यो कुरा परमप्रभुका निम्ति एउटा नाम र सदा रहिरहने चिन्हको रूपमा हुनेछ, जुन चिन्ह कहिल्यै मेटिनेछैनघ।”