परमेश्वरले यरूशलेमलाई छुटकारा दिनुहुनेछ
52
“हे सियोन, जाग्! जाग्! आफ्नो बल धारण गर्! हे पवित्र शहर यरूशलेम, आफ्ना सुन्दर वस्त्रहरू पहिरी; किनकि अबदेखि उसो कुनै खतना नभएको मानिस र कुनै अशुद्ध मानिस तँभित्र फेरि कहिल्यै आउनेछैन। 2 हे यरूशलेम, धूलोबाट आफूलाई टकटक्या; उठ्, र बस्! हे सियोनकी कैदी छोरी, तेरो गर्दनका बन्धनहरूबाट आफूलाई मुक्त गर्! 3 किनकि परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूले आफूलाई सित्तैंमा बेच्यौ; अनि विनापैसा नै तिमीहरू दाम तिरेर छुटाइनेछौ। 4 किनकि प्रभु यहोवा यसो भन्नुहुन्छ: मेरो प्रजा पहिले तल मिस्रमा, त्यहीं बसोबास गर्न भनी गए; अनि विनाकारण नै अश्शूरहरूले उनीहरूलाई थिचोमिचो गरे।” 5 परमप्रभु भन्नुहुन्छ: यसकारण अब मेरो यहाँ के छ र, किनकि मेरो प्रजा सित्तैंमा लगिन्छ? उनीहरूमाथि शासन गर्नेहरूले उनीहरूलाई रोइकराइ गर्न लाउँछन्क, परमप्रभु भन्नुहुन्छ; अनि दिनहुँख मेरो नामको निन्दा निरन्तर भइरहन्छ। 6 यसकारण मेरो प्रजाले मेरो नाम जान्नेछ; यसकारण त्यस दिन तिनीहरूसँग बोल्नेचाहिँ म नै हुँ भनी तिनीहरूले जान्नेछन्; हेर, म नै हुँ।7 पहाड़हरूमाथि उसका पाउहरू कति सुन्दर, जसले शुभ समाचार ल्याउँछ, जसले शान्तिको प्रचार गर्छ, जसले असल कुराको शुभ समाचार ल्याउँछ, जसले उद्धारको प्रचार गर्छ, जसले सियोनलाई ‘तेरा परमेश्वरले राज्य गर्नुहुन्छ’ भनी भन्छ!
8 तेरा पहरेदारहरूले सोर उचाल्नेछन्; एकै सोरमा उनीहरूले एकसाथ गीत गाउनेछन्ग; किनकि तिनीहरूले आँखाले छर्लङ्गैघ देख्नेछन्, जब परमप्रभुले सियोनलाई फर्काएर ल्याउनुहुन्छ। 9 हे यरूशलेमका उजाड़ भएका ठाउँहरूहो, आनन्दले गाइउठ! एकसाथ गीत गाओङ; किनकि परमप्रभुले आफ्नो प्रजालाई सान्त्वना दिनुभएको छ; उहाँले यरूशलेमलाई दाम तिरेर छुटाउनुभएको छ। 10 परमप्रभुले सबै जातिहरूका आँखाको अघि आफ्नो पवित्र पाखुरा प्रकट गर्नुभएकोच छ; अनि पृथ्वीका छेउ-छेउसम्मका सबै मानिसहरूलेछ हाम्रा परमेश्वरको उद्धार देख्नेछन्। 11 गइहाल! गइहाल! त्यहाँबाट निस्केर जाओ! कुनै अशुद्ध थोक नछोओ; त्यसको बीचबाट निस्केर जाओ! तिमीहरू, जो परमप्रभुका भाँड़ाकुँड़ाहरू बोक्छौ, शुद्ध होओ! 12 किनभने तिमीहरू न हतार गरेर निस्कनेछौ, न भागेर जानेछौ; किनकि परमप्रभु तिमीहरूको अघि-अघि जानुहुनेछ, र इस्राएलका परमेश्वर तिमीहरूको पछिल्तिरको रक्षक हुनुहुनेछ।”
पाप बोक्नुहुने परमप्रभुको दास
13 हेर, मेरो दासले बुद्धिमानीसँग काम गर्नेछज; ऊ उच्च पारिनेछ; ऊ माथि उचालिनेछ; ऊ अति उच्च हुनेछ। 14 तिमीलाई देखेर धेरैजना अवाक् भएझैं उसको अनुहार अरू कुनै मानिसको भन्दा ज्यादा बिग्रेको, र उसको रूप मानिसका सन्तानहरूको भन्दा ज्यादा कुरूप भएको थियो; 15 त्यसरी उसले धेरै जातिहरूलाई छर्कनेछझ; उसलाई देखेर राजाहरूले आफ्नो मुख बन्द गर्नेछन्; किनकि जुन कुरा तिनीहरूलाई बताइएको थिएन, त्यो तिनीहरूले देख्नेछन्; अनि जुन कुरा तिनीहरूले सुनेका थिएनन्, त्यो तिनीहरूले बुझ्नेछन्।”