सियोनलाई परमप्रभुको सान्त्वना
51
“हे धार्मिकताको पछि लाग्नेहरूहो, हे परमप्रभुको खोज गर्नेहरूहो, मेरो कुरा ध्यानसित सुन; जुन चट्टानबाट तिमीहरू खोपियौ, त्यतैतिर, र खानीको जुन खाल्डोबाट तिमीहरू खनियौ, त्यतैतिर हेर! 2 आफ्ना पिता अब्राहाम र तिमीहरूलाई जन्म दिने सारालाई हेर; किनकि मैले उसलाई बोलाउँदा ऊ एकलै थियो, अनि मैले उसलाई आशिष् दिएँ र उसलाई संख्यामा बढ़ाएँ। 3 किनकि परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ; उहाँले त्यसका सबै उजाड़ भएका ठाउँहरूलाई सान्त्वना दिनुहुनेछ; अनि उहाँले त्यसको उजाड़स्थानलाई अदनझैं, र त्यसको मरुभूमिलाई परमप्रभुको बगैंचाझैं तुल्याउनुहुनेछ; त्यसभित्र हर्ष र आनन्द, धन्यवाद र संगीतकोक ध्वनि पाइनेछन्।4 हे मेरो प्रजाहो, मेरो कुरा ध्यानसित सुन! हे मेरो जाति, मतिर कान लगाऊ; किनकि मबाट व्यवस्था निस्कनेछ, र म देश-देशका मानिसहरूको ज्योतिको रूपमा मेरो न्याय बसाल्नेछु। 5 मेरो धार्मिकता नजिक छ; मेरो उद्धार निस्केर गएको छ, र मेरा पाखुराहरूले देश-देशका मानिसहरूको न्याय गर्नेछन्; टापुहरूले मेरो बाटो हेर्नेछन्, र तिनीहरूले मेरो बाहुबलमाथिख भरोसा पर्नेछन्ग। 6 आफ्ना आँखाहरू आकाशतिर उठाओ, र तल पृथ्वीलाई हेर; किनकि आकाश धूवाँझैं लोप हुनेछ, र पृथ्वीचाहिँ लुगाझैं पुरानो हुनेछ, अनि त्यसमा बस्नेहरू त्यही प्रकारले मर्नेछन्; तर मेरो उद्धार सदाका निम्ति हुनेछ, र मेरो धार्मिकता टल्नेछैन। 7 हे धार्मिकता जान्नेहरूहो, आफ्नो हृदयमा मेरो व्यवस्था भएका मानिसहरूहो, मेरो कुरा ध्यानसित सुन; मानिसहरूको निन्दादेखि नडराओ, न ता तिनीहरूका गिल्लाहरूदेखि भयभीत होओघ! 8 किनकि माउले तिनीहरूलाई लुगाझैं खाइदिनेछ, र कीराले तिनीहरूलाई ऊनझैं खानेछ; तर मेरो धार्मिकता सदाका निम्ति हुनेछ, र मेरो उद्धार पुस्तौंपुस्तासम्म रहिरहनेछ।
9 हे परमप्रभुको पाखुरा, जाग्! जाग्! बल धारण गर्! प्राचीनकालका दिनहरूमा, उहिलेका पुस्ताहरूमा झैं जाग्! रहबलाईङ काटिदिने र अजिङ्गरलाई घायल पार्ने के त्यो तपाईं हुनुहुन्न र? 10 समुद्र, अँ, गहिरो सागरको पानी सुकाउने के त्यो तपाईं हुनुहुन्न र, जसले दाम तिरेर छुटाइएकाहरू पार भएर जाऊन् भनेर समुद्रका गहिरा ठाउँहरूलाई एउटा बाटो तुल्याउनुभयो? 11 यसकारण परमप्रभुका छुटकारा पाएकाहरू फर्कनेछन् र गीतहरू गाउँदै सियोनमा आउनेछन्; अनि उनीहरूका शिरहरूमाथि अनन्त आनन्द हुनेछ; उनीहरूले हर्ष र आनन्द पाउनेछन्, अनि शोक र सुस्केरा भागिजानेछन्।
12 तिमीहरूलाई सान्त्वना दिनेचाहिँ म, अँ, म नै हुँ; तिमी को हौ, र मरिजाने मानिससँग, अँ, घाँसजस्तो भइजाने मानिसको सन्तानसँग डराउँछौ? 13 र आफ्नो सृष्टिकर्ता परमप्रभुलाई बिर्सन्छौ, जसले आकाश फैलाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो?, र थिचोमिचो गर्नेको क्रोधको कारणले, मानौं त्यो नाश गर्न तयार भएको छ झैं गरी दिनहुँच तिमी निरन्तर भयभीत हुन्छौ? तर थिचोमिचो गर्नेको क्रोध खोइ, कहाँ छ? 14 कैदमा लगिएको कैदीले, त्यसले खाड़लभित्र मर्नु नपरोस्, र त्यसलाई त्यसको रोटीको घटी नहोस् भनी मुक्त हुनलाई हतार गर्छ। 15 तर, परमप्रभु तिम्रा परमेश्वर म नै हुँ, जसले समुद्रलाई हुँड़ल्नुहुन्छ, र त्यसका छालहरू गर्जन्छन्; उहाँको नाम सेनाहरूका परमप्रभु हो। 16 अनि आकाश रोपूँ, पृथ्वीका जगहरू बसालूँ र सियोनलाई चाहिँ ‘तँ मेरो प्रजा होस्!’ भनूँ भनेर मैले आफ्ना वचनहरू तिम्रो मुखभित्र हालेको छु र तिमीलाई मेरो हातको छायाले ढाकेको छु।
17 हे यरूशलेम, जाग्! जाग्! खड़ा हो! तैंले परमप्रभुको हातबाट उहाँको क्रोधको कचौरा पिएकी छस्; तैंले धरमराइदिने कचौराका थेग्राहरू निचोरेर पिएकी छस्। 18 त्यसले जन्माएका सबै छोराहरूमध्ये त्यसलाई डोर्याउने कोही पनि छैन, न ता त्यसले हुर्काएका सबै छोराहरूमध्ये त्यसको हात समात्ने कोही छ। 19 यी दुवै कुरा तँमाथि आइपरेका छन्; तेरा निम्ति कसले विलाप गर्ला? बरबादी, विनाश, अनिकाल र तरवार; कोद्वारा म तँलाई सान्त्वना दिऊँ? 20 तेरा छोराहरू मूर्च्छा परेका छन्; सबै सड़कहरूको सिरानमा तिनीहरू जालमा परेको चित्तलझैं पड़िरहेका छन्; तिनीहरू परमप्रभुको क्रोध र तेरा परमेश्वरको हप्कीले भरिएका छन्।
21 यसकारण हे कष्टमा परेकी र मातेकी, तर दाखमद्यले होइन, अब यो कुरा सुन्! 22 तेरा प्रभु यहोवा, र आफ्नो प्रजाको मुद्दा लड़्नुहुने तेरा परमेश्वरले यसो भन्नुहुन्छ: हेर्, मैले तेरो हातबाट धरमराइदिने कचौरा, अँ, मेरो क्रोधको कचौराको थेग्राहरू हटाइदिएको छु; तैंले त्यो फेरि कहिल्यै पिउनेछैनस्; 23 तर म त्यो तँलाई कष्ट दिनेहरूको हातमा राखिदिनेछु, जसले तेरो प्राणलाई भनेका छन्: ‘लम्पसार पर्, र हामी तँमाथि टेकेर पार जान सकौं’; अनि तँमाथि टेकेर पार जानेहरूका निम्ति तैंले आफ्नो शरीरछ भुइँजस्तो र सड़कजस्तो लम्पसार पारेको छेस्।”