परमप्रभुको दासको बोलावट
49
“हे टापुहरूहो, मेरो कुरा सुन! हे मानिसहरूहो, टाढ़ाबाट ध्यान देओ! परमप्रभुले मलाई गर्भैदेखि बोलाउनुभएको छ, मेरी आमाको कोखबाट नै उहाँले मेरो नाम लिनुभएको छ। 2 अनि उहाँले मेरो मुख धारिलो तरवारजस्तै तुल्याउनुभएको छ; आफ्नो हातको छायामुनि उहाँले मलाई लुकाउनुभएको छ र मलाई चम्काइएको काँड़ तुल्याउनुभएको छ; उहाँले मलाई आफ्नो ठोक्राभित्र लुकाउनुभएको छ, 3 र मलाई भन्नुभयो: हे इस्राएल, तिमी मेरा दास हौ, जसमा म महिमित हुनेछु। 4 तब मैले भनें: ‘मैले व्यर्थमै मेहनत गरें, मैले आफ्नो बल बिनसित्तिमा र व्यर्थैमा खर्च गरें; तर पनि निश्चय मेरो न्याय परमप्रभुसँग छ, र मेरो प्रतिफलक मेरो परमेश्वरसँग छ।’ 5 अनि अब परमप्रभु भन्नुहुन्छ, जसले याकूबलाई उहाँकहाँ फर्काएर ल्याउन भनी मलाई आफ्नो दास हुनलाई गर्भैबाट रच्नुभयो: इस्राएल भेला नहोला, तापनि परमप्रभुको दृष्टिमा म महिमितख हुनेछु, र मेरा परमेश्वर मेरो बल हुनुहुनेछ। 6 अनि उहाँले भन्नुभयो: याकूबका कुलहरूलाई खड़ा गर्न र इस्राएलका जोगाइएकाहरूलाई फर्काएर ल्याउनलाई तिमी मेरो दास हुनु त एउटा हल्का कुरा हो; अन्यजातिहरूको ज्योति हुनका निम्ति पनि म तिमीलाई दिनेछु, र तिमी पृथ्वीको छेउसम्म मेरो उद्धार हुनेछौ।7 परमप्रभु इस्राएलका उद्धारक र उसका पवित्र जनले मानिसद्वारा तुच्छ ठानिएकोलाई, राज्यद्वारा घृणा गरिएकोलाई, शासकहरूको दासलाई यसो भन्नुहुन्छ: राजाहरूले देख्नेछन्, र खड़ा हुनेछन्; शासकहरूले पनि दण्डवत् गर्नेछन् – परमप्रभुको खातिर, जो विश्वासयोग्य हुनुहुन्छ, अँ, इस्राएलका पवित्र जनको खातिर, जसले तिमीलाई चुन्नुभएको छ। 8 परमप्रभु यसो भन्नुहुन्छ: कृपादृष्टिको समयमा मैले तिम्रो सुनेकोग छु; अनि उद्धारको दिनमा मैले तिमीलाई सहायता गरेको छु; अनि देशलाईघ स्थापित गर्नलाई, उजाड़ भएका अधिकारका भागहरू अधिकारमा दिलाउनलाई म तिमीलाई जोगाउनेछु, र जाति-जातिका मानिसहरूको वाचाको रूपमा तिमीलाई दिनेछु; 9 र तिमीले कैदीहरूलाई ‘निस्क!’, र अन्धकारमा भएकाहरूलाई ‘आफैलाई प्रकट गर!’ भन्नेछौ। तिनीहरू बाटाहरूको छेउमा चर्नेछन्, र सबै अग्ला ठाउँहरूमा तिनीहरूका खर्कहरू हुनेछन्। 10 तिनीहरू न भोकाउनेछन्, न तिर्खाउनेछन्; न गर्मी, न घामले तिनीहरूलाई पोल्नेछङ; किनकि तिनीहरूमाथि दया गर्नुहुनेले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ; अँ, उहाँले तिनीहरूलाई पानीका धाराहरूनिर डोर्याउनुहुनेछ। 11 अनि म आफ्ना सबै पहाड़हरूलाई एउटा बाटो तुल्याउनेछु, र मेरा राजमार्गहरू उच्च पारिनेछन्। 12 हेर, यिनीहरू टाढ़ा-टाढ़ाबाट आउनेछन्; अनि हेर, यिनीहरू उत्तर र पश्चिमबाट, अनि यिनीहरू सिनिम देशबाट आउनेछन्।
13 हे आकाशहो, गीत गाओ; अनि हे पृथ्वी, आनन्दित हो; अनि हे पहाड़हरूहो, गाइउठ; किनकि परमप्रभुले आफ्नो प्रजालाई सान्त्वना दिनुभएको छ, र आफ्ना कष्टमा परेका जनहरूमाथि दया गर्नुहुनेछ।
परमप्रभुले सियोनलाई सम्झना गर्नुहुनेछ
14 तर सियोनले भन्यो: ‘परमप्रभुले मलाई त्याग्नुभएको छ; अनि मेरा प्रभुले मलाई बिर्सनुभएको छ।’ 15 के कुनै स्त्रीले आफ्नो दूध चुस्ने बालकलाई बिर्सन सक्छे, र आफ्नो गर्भको छोरामाथि नटिठाउली? अँ, यिनीहरूले बिर्सन सक्छन्, तर मचाहिँ तँलाई बिर्सनेछैनँ। 16 हेर्, मैले तँलाई आफ्ना हत्केलाहरूमा खोपेको छु; तेरा पर्खालहरू निरन्तर मेरो सामु छन्। 17 तेरा छोराछोरीहरूले हतार गर्नेछन्; तँलाई भत्काउनेहरू र तँलाई उजाड़ पार्नेहरू तँबाट निस्केर जानेछन्। 18 आफ्ना आँखाहरू चारैतिर उठाएर हेर्; यिनीहरू सबै भेला हुन्छन्, र तँकहाँ आउँछन्। परमप्रभु भन्नुहुन्छ: मेरो जीवनको शपथ! निश्चय तैंले तिनीहरू सबैलाई गहना पहिरेझैं पहिरनेछस्, र तिनीहरूलाई दुलहीले झैं आफूमा बाँध्नेछस्। 19 किनकि तेरा ध्वंस पारिएका र तेरा उजाड़ भएका ठाउँहरू, अनि तेरो विनाशको देश – तँ अहिले नै बासिन्दाहरूको कारणले अति साँघुरो हुनेछस्, र तँलाई निल्नेहरू टाढ़ा हुनेछन्। 20 तँबाट खोसिएर लगिएकाच तेरा छोराहरूले फेरि तेरा कानहरूमा भन्नेछन्: ‘मेरा निम्ति यो ठाउँ अति साँघुरो भयो; मलाई अझ ठाउँ दिनुहोस्, जहाँ म बस्न पाऊँ!’ 21 तब तैंले आफ्नो हृदयमा भन्नेछस्: ‘कसले यिनीहरूलाई मेरा निम्ति जन्मायो? किनकि मैले त आफ्ना छोराछोरीहरूलाई गुमाएँ, र म उजाड़ थिएँ; कैदी भएर म यताउता सरिहिँड़्थें; तब कसले यिनीहरूलाई हुर्कायो-बढ़ायो? हेर, म त एकलै छोड़िएकी थिएँ; यिनीहरूचाहिँ कहाँ थिए?’
22 प्रभु यहोवा यसो भन्नुहुन्छ: हेर, म आफ्नो हात अन्यजातिहरूतिर उठाउनेछु, र मेरो झण्डा देश-देशका मानिसहरूतिर खड़ा गर्नेछु; अनि तिनीहरूले तेरा छोराहरूलाई आफ्नो अँगालोमाछ हालेर ल्याउनेछन्, र तेरा छोरीहरू तिनीहरूका काँधमाथि बोकिनेछन्। 23 अनि राजाहरू तेरा सुसार गर्ने बुबाहरू, र तिनीहरूका रानीहरू तेरा धाईआमाहरू हुनेछन्; भुइँसम्म आफ्नो अनुहार झुकाएर तिनीहरूले तँलाई दण्डवत् गर्नेछन्, र तेरा पाउको धूलो चाट्नेछन्; तब तैंले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछस्; किनकि मेरो बाटो हेर्नेहरू शर्ममा पर्नेछैनन्।
24 के शूरवीरको हातबाट शिकारज खोसिन्छ र? अथवा के न्यायअनुसारको कैदी छुटाइन्छ र? 25 तर परमप्रभु यसो भन्नुहुन्छ: शूरवीरका कैदीहरू पनि खोसिनेछन्, र अत्याचारीहरूको शिकारज पनि छुटाइनेछ; किनकि तँसित झगड़ा गर्नेहरूसँग म संघर्ष गर्नेछु, र म तेरा छोराछोरीहरूलाई बचाउनेछु। 26 अनि म तँलाई सताउनेहरूलाई तिनीहरूकै मासु खुवाउनेछु; अनि नयाँ दाखमद्यले मातेझैं तिनीहरू आफ्नै रगतले मातेका हुनेछन्; अनि सबै प्राणीले ‘म परमप्रभु नै तेरो उद्धारकर्ता र तेरो छुटाउनेवाला, याकूबको शक्तिशाली जन हुँ’ भनी जान्नेछन्।”