इस्राएलमाथि परमेश्वरको आशिष्
44
“तापनि अब हे मेरो दास याकूब, र हे मैले चुनेको इस्राएल, सुन! 2 तिमीलाई बनाउनुहुने र गर्भैदेखि तिमीलाई रच्नुहुने परमप्रभु, जसले तिमीलाई सहायता गर्नुहुनेछ, यसो भन्नुहुन्छ: हे मेरो दास याकूब, र हे मैले चुनेको यशूरूनक, नडराऊ! 3 किनकि म तिर्खाएको मानिसमाथि पानी खन्याउनेछु, र सुक्खा भूमिमा बाढ़ीहरू चलाउनेछु; म तिम्रो वंशमाथि मेरो आत्मा, र तिम्रा सन्तानहरूमाथि मेरो आशिष् खन्याउनेछु; 4 अनि तिनीहरू घाँसहरूको बीचमा झैं, पानीका खोलाहरूको किनारका बैंसका रूखहरूझैं बढ़्नेछन्ख। 5 एउटाले भन्नेछ: ‘म परमप्रभुको हुँ’; अनि अर्कोले आफ्नो नाम ‘याकूब’ राख्नेछ; अनि अर्कोले आफ्नो हातले ‘परमप्रभुका निम्ति’ भनेर लेख्नेछ, र आफ्नो उपनाम ‘इस्राएल’ राख्नेछ।6 परमप्रभु, इस्राएलका राजा, र उसका उद्धारक, सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ: प्रथम म नै हुँ, र अन्तिम पनि म नै हुँ; अनि मबाहेक अरू कुनै परमेश्वर छैन। 7 अनि उहिलेका मानिसहरूलाई मैले ठहऱ्याएको समयदेखि मैले जस्तो कसले बोलाउला, त्यो बताउला र मेरा निम्ति त्यसलाई क्रमसँग राख्ला? यो भए तिनीहरूले आइरहेका कुराहरू र हुन आउने कुराहरू बताइदिऊन्! 8 नडराओ, न भयभीत होओ; के मैले त्यस समयदेखि नै तिमीलाई यो कुरा सुनाएको र बताएको छैनँ र? अनि तिमीहरू मेरा साक्षी हौ। के मबाहेक अरू कोही ईश्वर छ र? अँ, कोही ईश्वरग छैन; म अरू कसैलाई जान्दिनँ।
मूर्तिपूजाको महामूर्खता
9 खोपिएको मूर्ति बनाउनेहरूग सबै व्यर्थका हुन्; अनि तिनीहरूका लालसा गरिएका चीजहरूले कुनै फाइदा दिँदैनन्; अनि तिनीहरू नै आफ्ना साक्षीहरू हुन्; तिनीहरूले न देख्दछन्, न जान्दछन्, यसैले कि तिनीहरू लज्जित होऊन्। 10 कसले देवतालाई रच्यो, वा खोपिएको मूर्ति ढालेर बनायो, जसबाट कुनै फाइदा हुँदैन? 11 हेर, त्यसका सबै साथीसङ्गीहरू लज्जित हुनेछन्; अनि कारिगरहरू – तिनीहरू मानिसघ मात्र हुन्; तिनीहरू सबै भेला होऊन्; तिनीहरू खड़ा होऊन्; तरै पनि तिनीहरू डराउनेछन् र एकसाथ लज्जित हुनेछन्। 12 लोहारले चिम्टा लिएर कोइलामा काम गर्छ, र घनहरूले पिटेर त्यसलाई आकार दिन्छ, अनि आफ्ना पाखुराको बलले त्यसलाई बनाउँछ; अँ, ऊ भोकाउँछ, र बलहीन हुन्छ; उसले पानी पिउँदैन, र लल्याकलुलुक हुन्छ। 13 सिकर्मीले नाप्ने डोरी तान्छ, सुइरोले त्यसमा धर्को तान्छ, कुँद्ने हतियारहरूले त्यसमा काम गर्छ, कर्काटोले त्यसमा रेखा खिँच्छ, र त्यो घरभित्र बसोस् भनेर मानिसको सुन्दरताअनुसार त्यसलाई मानिसको रूपमा बनाउँछ। 14 मानिसलेङ आफ्ना निम्ति देवदारका रूखहरू ढाल्छ, अनि सरु र फलाँटको रूख लिन्छ, जुन रूखहरू त्यसले वनका रूखहरूको बीचमा आफ्ना निम्ति बलियो पार्छ; मानिसलेङ एउटा सालकोच रूख रोप्छ, र वर्षाले त्यसलाई बढ़ाउँछ। 15 तब त्यो मानिसका निम्ति बाल्नलाई काममा आउँछ; किनकि मानिसलेछ त्यसैबाट केही भाग लिएर आगो ताप्छ; अँ, त्यसले आगो सल्काउँछ र रोटी पोल्छ; अँ, त्यसले एउटा देवता पनि बनाउँछ र त्यसलाई दण्डवत् गर्छ; मानिसलेङ त्यसबाट एउटा खोपिएको मूर्ति बनाउँछ, र त्यसको सामु लम्पसार पर्छ। 16 मानिसलेङ त्यसको आधा भाग आगोमा जलाउँछ; त्यसको अर्को आधा भागबाट त्यसले मासु खान्छ; त्यसले मासु पोल्छ, र तृप्त हुन्छ; अँ, त्यसले आगो ताप्छ र भन्छ: ‘अहा, मलाई न्यानो भयो; मैले आगो देखें।’ 17 अनि त्यसको बाँकी भागबाट मानिसलेङ एउटा देवता, आफ्नो खोपिएको मूर्ति बनाउँछ; त्यो त्यसको सामु लम्पसार पर्छ, त्यसलाई दण्डवत् गर्छ र त्यसलाई प्रार्थना चढ़ाएर भन्छ: ‘मलाई छुटकारा देऊ; किनकि तिमी मेरा देवता हौ।’
18 तिनीहरूले न जानेका छन्, न बुझेका छन्; किनकि उहाँले तिनीहरूका आँखाहरू बन्द गरिदिनुभएको छ, र तिनीहरूले देख्न सक्दैनन्; अनि तिनीहरूका हृदयहरू बन्द गरिदिनुभएको छ, र तिनीहरूले बुझ्न सक्दैनन्। 19 अनि कसैले पनि यो कुरा आफ्नो हृदयमा ख्यालै गर्दैन, न ता यसो भन्नालाई तिनीहरूसँग ज्ञान छ, न समझ: ‘यसको आधा भाग मैले आगोमा जलाएँ; अँ, यसको भुङ्ग्रामाथि मैले रोटी पनि पोलें; मैले मासु पोलें, र खाएँ; त के यसको बाँकी भागबाट म एउटा घृणित वस्तु बनाऊँ? के एउटा रूखको ठुटाको सामु म लम्पसार परूँ?’ 20 त्यसले खरानी खान्छज; ठगिएको हृदयले त्यसलाई बहकाएको छ, र त्यसले आफ्नो प्राणलाई छुटाउन सक्दैन, न भन्न सक्छ: ‘कतै मेरो दाहिने हातमा झूट त छैन?’
हे याकूब, परमप्रभु को हुनुहुन्छ, सो सम्झना गर!
21 हे याकूब, अनि हे इस्राएल, यी कुराहरू सम्झना गर; किनकि तिमी मेरा दास हौ; मैले तिमीलाई रचें; तिमी मेरा दास हौ; हे इस्राएल, तिमीलाई म भुल्नेछैनँझ। 22 मैले तिम्रा अपराधहरू बाक्लो बादलझैं, र तिम्रा पापहरू बादलझैं मेटाइदिएको छु; मकहाँ फर्क, किनकि मैले तिमीलाई दाम तिरेर छुटाएको छु।
23 हे आकाशहो, गीत गाओ; किनकि परमप्रभुले यो काम गर्नुभएको छ; हे पृथ्वीका तल्ला भागहरूहो, आनन्दको सोर निकालञ! हे पहाड़हरूहो, हे वन र त्यसमा भएको हरेक रूखहो, गाइउठ; किनकि परमप्रभुले याकूबलाई दाम तिरेर छुटाउनुभएको छ, र इस्राएलमा आफूलाई महिमित तुल्याउनुभएको छ। 24 परमप्रभु, तिम्रा उद्धारक र गर्भैबाट तिमीलाई रच्नेवाला यसो भन्नुहुन्छ: सबै थोकहरू बनाउनुहुने परमप्रभु म नै हुँ, जसले एकलैले आकाश फैलाउनुहुन्छ, र जसले आफैले पृथ्वी फिँजाउनुहुन्छ; 25 जसले झूट बोल्नेहरूका चिन्हहरू विफल तुल्याउनुहुन्छ र जोखना हेर्नेहरूलाई पागल तुल्याउनुहुन्छ; जसले बुद्धिमान्हरूलाई पछिल्तिर हटाउनुहुन्छ र तिनीहरूको ज्ञानलाई मूर्खता तुल्याउनुहुन्छ; 26 जसले आफ्नो दासको वचन स्थापित गर्नुहुन्छ र आफ्ना दूतहरूको सल्लाह पूरा गर्नुहुन्छ; जसले यरूशलेमलाई ‘तँ बसोबास गरिनेछस्’ भन्नुहुन्छ, र यहूदाका शहरहरूलाई ‘तिमीहरू निर्माण गरिनेछौ, र म त्यसका उजाड़ ठाउँहरू खड़ा गर्नेछु’ भन्नुहुन्छ; 27 जसले गहिरो सागरलाई भन्नुहुन्छ: ‘सुकिजा! अनि म तेरा नदीहरू सुकाउनेछु’; 28 जसले कोरेसको विषयमा, ‘ऊ मेरो गोठाला हो; उसले मेरो सारा शुभेच्छा पूरा गर्नेछ’ भन्नुहुन्छ, अनि यरूशलेमलाई ‘तँ निर्माण गरिनेछस्’ भन्नुहुन्छ, र मन्दिरलाई ‘तेरो जग बसालिनेछ’ भन्नुहुन्छ।”