सारा पृथ्वीमाथि परमेश्वरको न्याय
24
“हेर, परमप्रभुले पृथ्वीलाई रित्तो पार्नुहुनेछ, उजाड़ पार्नुहुनेछ र यसलाई उलटपुलट पार्नुहुनेछ, अनि यसका बासिन्दाहरूलाई तितरबितर पार्नुहुनेछ। 2 अनि यस्तो हुनेछ: जस्तो मानिसहरूको दशा, त्यस्तै पूजाहारीको दशा, जस्तो दासको दशा, त्यस्तै त्यसको मालिकको दशा, जस्तो दासीको दशा, त्यस्तै त्यसकी मालिकनीको दशा, जस्तो किन्नेको दशा, त्यस्तै बेच्नेको दशा, जस्तो ऋण दिनेको दशा, त्यस्तै ऋण लिनेको दशा, जस्तो ब्याज लिनेको दशा, त्यस्तै त्यसलाई ब्याज दिनेको दशा हुनेछ। 3 देशक बिलकुलै रित्तो हुनेछ, र पूरै लुटिनेछ; किनकि परमप्रभुले यो वचन बोल्नुभएको हो। 4 पृथ्वीले विलाप गर्छ, र ओइलिन्छ; संसार झोक्रिन्छ र ओइलिन्छ; पृथ्वीका घमण्डीख मानिसहरू झोक्रिन्छन्। 5 अनि पृथ्वी आफ्ना बासिन्दाहरूको कारणले अशुद्ध भएको हो; किनकि तिनीहरूले व्यवस्थाग उल्लङ्घन गरेका छन्, विधि बदली गरेका छन्, र अनन्त वाचा तोड़ेका छन्। 6 यसैकारण श्रापले पृथ्वीलाई निलेको छ, अनि त्यसमा बस्नेहरू उजाड़घ भएका छन्; यसैकारण पृथ्वीका बासिन्दाहरू जलाइएका छन्, र थोरै मानिस बचेका छन्।7 नयाँ दाखमद्यले विलाप गर्छ, दाखको बोट झोक्रिन्छ, सबै आनन्दित हृदय भएकाहरूले सुस्केरा हाल्छन्। 8 खैंजड़ीको खुशीयाली बन्द हुनेछ, मोजमस्ती गर्नेहरूको होहल्ला समाप्त हुनेछ, वीणाको आनन्द बन्द हुनेछ। 9 गीतको साथमा तिनीहरूले दाखमद्य पिउनेछैनन्, मदिरा पिउनेहरूलाई त्यो तीतो लाग्नेछ। 10 उजाड़ शहर नष्टभ्रष्ट भएको छ, कोही भित्र पस्न नसक्ने गरी हरेक घर बन्द छ। 11 सड़कहरूमा दाखमद्यका निम्ति चिच्च्याहट छ; सारा आनन्द अँध्यारो भएको छ, देशको हर्ष लगिएको छ। 12 शहरमा उजाड़ता मात्र रहेको छ, मूलढोका टुक्रा-टुक्रा पारिएर ध्वस्त भएको छ। 13 जैतुनको रूख हल्लाउँदा जस्तो हुन्छ, र अङ्गुर टिपिसकेपछि जसरी सिला-फलहरू बाँकी रहन्छन्, त्यस्तै देशको मध्यमा जाति-जातिहरूको बीचमा हुनेछ।
14 तिनीहरूले आफ्नो सोर उचाल्नेछन्; तिनीहरूले परमप्रभुको सर्वश्रेष्ठताको खातिर गीत गाउनेछन्; तिनीहरू समुद्रबाट जोड़ले चिच्च्याइउठ्नेछन्। 15 यसैकारण परमप्रभुलाई ज्योतिका देशहरूमाङ, अँ, समुद्रका टापुहरूमा परमप्रभु इस्राएलका परमेश्वरको नामलाई महिमा देओच!
16 पृथ्वीको पल्लो कुनाबाट हामीले भजनहरू सुनेका छौं – धर्मी जनको महिमा होस्! तर मैले भनें: ‘मेरो दुर्बलता, मेरो दुर्बलता, हाय मलाई! विश्वासघातीहरूले विश्वासघात गरेका छन्; अँ, विश्वासघातीहरूले साह्रै विश्वासघात गरेका छन्।’ 17 हे पृथ्वीको बासिन्दा, डर, खाड़ल र पासो तँमाथि आइपरेका छन्। 18 अनि यस्तो हुनेछ: जो डरको आवाज सुनेर भाग्छ, त्यो खाड़लभित्र खस्नेछ; अनि जो खाड़लको बीचबाट बाहिर निस्केर आउँछ, त्यो पासोमा पर्नेछ; किनकि उच्च स्थानकाछ झ्यालहरू खोलिएका छन्, र पृथ्वीका जगहरू हल्लिन्छन्। 19 पृथ्वी बिलकुलै टुक्रै-टुक्रा भएको छ, पृथ्वी पूरै टुटफुट गरिएको छ, पृथ्वी अति नै डगमगाएको छ। 20 पृथ्वी मातेको मान्छेझैं धरमरिनेछ, र कटेरोझैं हटाइनेछज; अनि त्यसको अपराध त्यसमाथि गह्रौं भएर रहनेछ; अनि त्यो लड़्नेछ, र फेरि कहिल्यै उठ्नेछैन। 21 अनि त्यस दिन यस्तो हुनेछ: परमप्रभुले उच्च स्थानको सेनालाई उच्च स्थानमै, र पृथ्वीका राजाहरूलाई पृथ्वीमाथि नै दण्ड दिनुहुनेछ। 22 अनि कैदीहरू खाड़लमा भेला गरिएझैं तिनीहरू भेला गरिनेछन्, र झ्यालखानामा थुनिनेछन्, अनि धेरै दिनपछि तिनीहरूलाई भेट गरिनेछ। 23 तब चन्द्रमा लजाउनेछझ, र सूर्य लज्जित हुनेछ; किनकि सेनाहरूका परमप्रभुले सियोन पर्वतमा, यरूशलेममा र आफ्ना प्राचीनहरूको सामु महिमामा राज्य गर्नुहुनेछ।”