16
“सेलाबाटक उजाड़स्थान भएर सियोनकी छोरीको पहाड़मा देशको शासककहाँ भेड़ाको पाठा पठाओ! 2 किनकि अर्नोनका घाटहरूमा मोआबका छोरीहरू गुँड़बाट निकालिएको भागिहिँड़्ने चराझैं हुनेछन्। 3 सल्लाह ले, न्यायको काम गर्! मध्यदिनमै तेरो छाया रातझैं बना! निकालिएकाहरूलाई लुका, भागिहिँड़्नेलाई प्रकट नगर्! 4 हे मोआब, मेरा निकालिएकाहरू तँसित बसोबास गरून्; नाश गर्नेको सामु तिनीहरूका निम्ति आड़ बनिदे; किनकि धुत्नेको अन्त भयो, लुटपाट समाप्त भयो, देशबाट थिचोमिचो गर्नेहरू नाश भए। 5 अनि सिंहासन करुणामा स्थापित गरिनेछ; अनि उहाँ न्याय गर्दै, न्यायको खोज गर्दै र धार्मिकता छिटो-छिटो बढ़ाउँदै दाऊदको वासस्थानमा, त्यस सिंहासनमाथिख सच्चाइसाथग बस्नुहुनेछ।6 हामीले मोआबको घमण्डको विषयमा सुनेका छौं; त्यो अति घमण्डी छ; अँ, त्यसको हठीपनाघ, त्यसको घमण्ड र त्यसको क्रोधको बारेमा हामीले सुनेका छौं; तर त्यसका झूटा कुराहरू त्यस्तै हुनेछैनन्। 7 यसैकारण मोआबले मोआबका निम्ति रोइकराइ गर्नेछ, हरेकले रोइकराइ गर्नेछ; किनकि कीर-हरेशेतका जगहरूका निम्ति तिमीहरूले विलाप गर्नेछौ; ती साँच्चै हिर्काइएका छन्। 8 किनकि हेश्बोनका खेतबारीहरू र सिब्माको दाखको बोट ओइलिएका छन्; जाति-जातिहरूका अधिकारीहरूले त्यसका उत्तम-उत्तम बोटहरू भाँचिदिएका छन् – ती याजेरसम्म पुगेका छन्; ती उजाड़स्थानमा भड़्किहिँड़े; त्यसका हाँगाहरू फैलिए, तिनीहरूले समुद्र पार गरेका छन्। 9 यसकारण म सिब्माको दाखको बोटका निम्ति याजेरको रुवाइले विलाप गर्नेछु; हे हेश्बोन र एलालेह, म तिमीहरूलाई मेरा आँसुले सिँच्नेछु; किनकि तेरा ग्रीष्म ऋतुका फलहरू र तेरो फसलका निम्ति जुन आनन्दको चीत्कार हुनुपर्थ्यो, त्यो चुप भएकोङ छ। 10 फलवान् खेतबारीबाट आनन्द र हर्ष लगियो; अनि दाखबारीहरूमा गीत गाइनेछैन, न ता आनन्दको चीत्कार नै हुनेछ; कुल्चनेहरूले आफ्ना दाखका कोलहरूमा कुनै दाखमद्य कुल्चेर निकाल्नेछैनन्; मैले तिनीहरूको दाखको फसलको चीत्कार बन्द गरिदिएको छु। 11 यसैकारण मेरो हृदयलेच मोआबका निम्ति, र मेरो अन्तस्करणले कीर-हरेशका निम्ति वीणाझैं ठूलो आवाज निकाल्छ। 12 अनि यस्तो हुनेछ: जब मोआब उच्च स्थानमा थकित भएको देखिन्छ, तब त्यो प्रार्थना गर्न आफ्नो पवित्रस्थानमा आउनेछ, तर त्यसको सुनाइ हुँदैन।छ