बाबेलका राजाको पतन
14
“किनकि परमप्रभुले याकूबमाथि दया राख्नुहुनेछ, र इस्राएललाई अझ पनि चुन्नुहुनेछ, अनि उनीहरूलाई उनीहरूकै देशमा बसाल्नुहुनेछ; अनि परदेशीहरू उनीहरूसँग मिल्नेछन्, र याकूबको घरानासँग टाँसिनेछन्। 2 अनि जाति-जातिका मानिसहरूले उनीहरूलाई लिएर उनीहरूलाई उनीहरूको ठाउँमा पुर्याउनेछन्; अनि परमप्रभुको देशमा इस्राएलको घरानाले तिनीहरूलाई दासहरू र दासीहरूको रूपमा आफ्नो अधिकारमा लिनेछन्; अनि जसले उनीहरूलाई कैदी बनाएका थिए, तिनीहरूलाई नै उनीहरूले कैदी बनाउनेछन्; अनि उनीहरूले आफूलाई थिचोमिचो गर्नेहरूमाथि शासन गर्नेछन्।3 अनि जुन दिन परमप्रभुले तिमीलाई तिम्रो शोकबाट, तिम्रो डर र तिमीमाथि लगाइएको त्यस कठिन दासत्वबाट विश्राम दिनुहुनेछ, त्यस दिन यस्तो हुनेछ: 4 तिमीले बाबेलका राजाको विरोधमा यो आहान टिपेर भन्नेछौ: ‘थिचोमिचो गर्ने कसरी थान्को लाग्यो! सुनको कर उठाउने कसरी थान्को लाग्यो!’ 5 परमप्रभुले दुष्टहरूको लौरो, र शासकहरूको राजदण्ड भाँचिदिनुभएको छ। 6 जसले जाति-जातिका मानिसहरूलाई क्रोधले निरन्तर हिर्काउँथ्यो, जसले जाति-जातिमाथि रिसले शासन गर्थ्यो, त्यो सतावटमा परेको छ, र त्यसलाई रोक्ने कोही छैन। 7 सारा पृथ्वीले विश्राम लिएको छ, र शान्त छ; तिनीहरू गाइउठ्छन्। 8 अँ, सल्लाका रूखहरू, र लेबानोनका देवदारहरू यसो भन्दै तेरो हालतमाक रमाउँछन्: ‘तँ ढलेपछिख उसो कोही ढाल्नेवाला हाम्रो विरुद्ध आएकोग छैन।’ 9 तँ आउँदा तलबाट अधोलोक तँलाई भेट्नलाई तेरो कारणले हड़बड़िन्छ; त्यसले तेरा निम्ति मरेकाहरूलाई, अँ, पृथ्वीका सबै अगुवाहरूलाई उभाड़्छघ; त्यसले जाति-जातिका सबै राजाहरूलाई तिनीहरूका सिंहासनबाट उठ्न लाएको छ। 10 तिनीहरू सबै बोल्छन्, र तँलाई भन्नेछन्: ‘के तिमी पनि हामीजस्तै कमजोर भयौ? के तिमी पनि हामीजस्तै भयौ?’ 11 तेरो रवाफ र तेरा सितारहरूको आवाज तल चिहानमा झारिएका छन्; तँमुनि औंसाहरू ओछ्याइएका छन्, र कीराहरूले तँलाई ढाक्छन्।”
लुसिफरको पतन
12 “हे लुसिफरङ, बिहानीको छोरो, तँ कसरी स्वर्गबाट खसिस्! जाति-जातिलाई कमजोर बनाउने तँ, तँ कसरी काटिएर भुइँमा खसिस्! 13 किनकि तैंले आफ्नो हृदयमा भनेको छस्: ‘म स्वर्गमा चढ़्नेछु, म आफ्नो सिंहासन परमेश्वरका ताराहरूभन्दा माथि उचाल्नेछु; अनि म उत्तरीय भागहरूमा अवस्थित भएको सभास्थलको पर्वतमाथि बस्नेछु; 14 म बादलहरूका उचाइहरूभन्दा माथि चढ़्नेछु; म परमप्रधानजस्तै हुनेछु।’ 15 तर तँ अधोलोकमा, खाड़लका पींधहरूसम्म झारिनेछस्। 16 तँलाई देख्नेहरूले तँलाई नियालेर हेर्नेछन्, र यसो भन्दै तेरो विषयमा विचार गर्नेछन्: ‘के पृथ्वीलाई थरथर काम्न लगाउने र राज्यहरूलाई हल्लाउने मान्छे यही हो, 17 जसले संसारलाई उजाड़स्थानजस्तै बनायो, त्यसका शहरहरू नाश पार्यो र आफ्ना कैदीहरूलाई घर जान दिएनच? 18 जाति-जातिका सबै राजाहरू, अँ, तिनीहरू सबै, हरेक आ-आफ्नो घरमा, महिमाको साथ सुत्छन्। 19 तर तँ त एउटा घिनलाग्दो हाँगाजस्तै, तरवारले छेंड़िएर मारिएकाहरूको लुगाजस्तै, जुन मारिएकाहरू खाड़लका ढुङ्गाहरूसम्म तल झर्छन्, अँ, खुट्टाले कुल्चीमिल्ची पारेको लासजस्तै आफ्नो चिहानबाट बाहिर फालिएको छस्। 20 तँ तिनीहरूको साथमा चिहानमा सम्मिलित हुनेछैनस्; किनकि तैंले आफ्नो देशलाई नाश पारेको छस् र आफ्ना जनहरूलाई मारेको छस्; कुकर्मीहरूको वंशको नाम कहिल्यै लिइनेछैन।
21 तिनीहरूका पितापुर्खाहरूको अधर्मको कारणले त्यसका छोराछोरीहरूका निम्ति काटमार तयारी गर, फलस्वरूप तिनीहरू नउठून्, देशलाई आफ्नो अधिकारमा नलिऊन्, र संसारको सतह शहरहरूले नभरून्। 22 किनकि म तिनीहरूको विरोधमा उठ्नेछु, सेनाहरूका परमप्रभु भन्नुहुन्छ, अनि बाबेलबाट नाम, बचेको भाग, छोरा र नातिलाई मेटाइदिनेछु, परमप्रभु भन्नुहुन्छ। 23 अनि म त्यसलाई दुम्सीको अधिकारको भाग र पानीका दहहरू बनाउनेछु; अनि म त्यसलाई विनाशको झाडुले बढ़ार्नेछु, सेनाहरूका परमप्रभु भन्नुहुन्छ।”
अश्शूरको विनाश
24 “सेनाहरूका परमप्रभुले यसो भनेर शपथ खानुभएको छ: निश्चय नै मैले जस्तो सोचेको छु, त्यस्तै पूरा हुने नै छछ; अनि मैले जस्तो योजना गरेको छु, त्यही ठहरिने नै छ; 25 अर्थात् म अश्शूरलाई मेरो देशमा तोड़्नेछु र मेरा पहाड़हरूमाथि त्यसलाई खुट्टाले कुल्चीमिल्ची पार्नेछु; तब त्यसको जुवा उनीहरूबाट हट्नेछ र त्यसको भारी उनीहरूका काँधहरूबाट हट्नेछ। 26 यही त्यो योजना हो, जुन योजना सम्पूर्ण पृथ्वीका निम्ति ठहराइएको छ; अनि यही त्यो हात हो, जुन रात सबै जातिहरूमाथि फैलाइएको छ। 27 किनकि सेनाहरूका परमप्रभुले योजना गर्नुभएको हो, र कसले यसलाई रद्द गर्ला? उहाँको हात फैलाइएको छ, र कसले त्यसलाई फर्काउला?”
पलिस्तीहरूको विनाश
28 राजा आहाज मरेको वर्षमा यो भविष्यवाणीज भयो: 29 “हे सारा पलिस्ती देश, तँलाई हिर्काउनेको लाठो भाँचियो भनेर आनन्द नगर्; किनकि सर्पको जराबाट साँभेसाँप निस्कनेछ, र त्यसको फल त उड़्ने अति विषालुझ सर्प पो हुनेछ। 30 अनि गरिबहरूका जेठाहरू चर्नेछन्; अनि दरिद्रहरूञ सुरक्षासाथ ढल्कनेछन्; अनि म तेरो जरालाई अनिकालले मार्नेछु, अनि त्यसले तेरो बचेको भागलाई घात गर्नेछ। 31 हे मूलढोका, रोइकराइ गर्! हे शहर, चिच्च्या! हे सारा पलिस्ती देश, तँ पग्लिसकेको छस्; किनकि उत्तरबाट एउटा धूवाँ आउनेछ, र त्यसको ठहराइएको समयमाट कोही एकलो रहनेछैन। 32 तब जातिका दूतहरूलाई के जवाफ दिने? ‘परमप्रभुले सियोनलाई स्थापित गर्नुभएको छ, र उहाँको प्रजाका गरिबहरूले त्यसमाथि भरोसा राख्नेछन्।’ ”