बुद्धिमानीसाथ हिँड़!
10
जसरी मरेका झिङ्गाहरूले सुगन्धित अत्तर बनाउनेको सुगन्धित तेललाई ठसठसती गनाउने पारेर दुर्गन्ध फैलाउँछन्, त्यसरी नै थोरै मूर्खताले पनि बुद्धि र सम्मानले सुनाम भएको मानिसलाई तुल्याइदिन्छ।2 बुद्धिमान् मानिसको हृदय उसको दाहिनेपट्टि हुन्छ, तर मूर्खको हृदय त्यसको देब्रेपट्टि हुन्छ।
3 अँ, मूर्ख बाटोमा हिँड़्दा पनि त्यसको बुद्धिले त्यसलाई छोड़्छ, र त्यसले हरेकलाई ‘म मूर्ख हुँ’ भनिहाल्छ।
4 यदि शासकको रिस तिम्रो विरोधमा दन्कियो भने आफ्नो ठाउँ नछोड़; किनभने विनम्र भावले ठूला अपराधहरू शान्त पारिदिन्छ।
5 मैले सूर्यमुनि देखेको एउटा खराबी छ – एउटा भूल, जो शासकबाट निस्कन्छ:
6 मूर्खतालाई बड़ो आदरको स्थानमा राखिन्छ, र धनवान्हरू नीच स्थानमा बस्छन्।
7 मैले दासहरूलाई घोड़ाहरूमाथि चढ़िरहेका, तर शासकहरूचाहिँ दासहरूझैं भुइँमा हिँड़िरहेका देखेको छु।
8 जसले खाड़ल खन्छ, त्यो त्यसभित्र खस्नेछ; जसले बार भत्काउँछ, त्यसलाई साँपले ठुङ्नेछ।
9 जसले ढुङ्गाहरू हटाउँछ, त्यसलाई तिनैबाट चोट लाग्नेछ; अनि जसले दाउरा चिर्छ, त्यो त्यसैद्वारा खतरामा पर्नेछ।
10 फलाम बोधो हुँदाखेरि कसैले त्यसमा सान लगाएन भने त्यसले ज्यादा बल लगाउनुपर्छ, तर सफल हुनका निम्ति बुद्धि लाभदायक हुन्छ।
11 मोहनी नलगाए साँपले अवश्य ठुङ्छ; तब बरबराउनेबाटख केही फाइदै हुँदैन।
12 बुद्धिमान् मानिसको मुखका शब्दहरू अनुग्रहमय हुन्छन्, तर मूर्खका ओठहरूले त्यसैलाई निल्नेछन्।
13 त्यसको मुखका शब्दहरूको शुरु मूर्खता हो; अनि त्यसको बातचितको अन्तचाहिँ दुष्ट पागलपन हो।
14 अँ, मूर्खले धेरै कुरा बोल्छ; जब के हुने हो, सो कुनै मानिसले जान्दैन; र कसले त्यसलाई त्योपछि के हुने हो, सो बताउन सक्छ?
15 मूर्खहरूको परिश्रमले तिनीहरू हरेकलाई थकित पारिदिन्छ; किनकि त्यसले शहरमा कसरी जानुपर्छ, त्यो पनि जान्दैन।
16 हे देश, जब तेरा राजा केटा हो, र तेरा शासकहरूले बिहानै भोजन गर्छन्, तब तँलाई हाय!
17 हे देश, जब भारदारहरूका छोरा तेरा राजा हुन्, र तेरा शासकहरूले मतवालीपनका निम्ति होइन, तर बलका निम्ति ठीक समयमा भोजन गर्छन्, तब तँ धन्यको होस्!
18 धेरै अल्छीपनाले गर्दा घर मकिएर झर्छ; अनि हातहरूको सुस्तपनले घर चुहुन्छ।
19 हर्षोल्लासकाग निम्ति भोज तयार गरिन्छ; अनि दाखमद्यले जीवन आनन्दित तुल्याउँछ; तर पैसाले सबै थोक प्राप्त हुन्छ।
20 आफ्नो विचारमा धरि राजालाई नसराप अनि आफ्नो सुत्ने कोठामा धनी मानिसलाई श्राप नदेऊ! किनकि आकाशको चराचुरुङ्गीले त्यो आवाज लगिदेला र पखेटादार पक्षीले कुरा बताइदेला!