हरेक कुराका निम्ति एउटा निर्धारित समय हुन्छ
3
हरेक कुराका निम्ति एउटा तोकिएको समय हुन्छ; आकाशमुनि हरेक कामकुराकोक समय हुन्छ।2 जन्मने समय र मर्ने समय; रोप्ने समय र रोपिएको चीज उखाल्ने समय;
3 मार्ने समय र निको पार्ने समय; भत्काउने समय र बनाउनेख समय;
4 रुने समय र हाँस्ने समय; विलाप गर्ने समय र नाच्ने समय;
5 ढुङ्गाहरू फ्याँक्ने समय र ढुङ्गाहरू बटुल्ने समय; अङ्गालो हाल्ने समय र अङ्गालो हाल्नबाट पर बस्ने समय;
6 खोज्ने समय र हराउने समय; राख्ने समय र फाल्ने समय;
7 च्यात्ने समय र सिलाउने समय; चुप लाग्ने समय र बोल्ने समय;
8 प्रेम गर्ने समय र घृणा गर्ने समय; लड़ाइँ गर्ने समय र मेलमिलाप राख्ने समयग हुन्छ।
9 काम गर्नेललाई आफूले मेहनतसित गरेको परिश्रमबाट के फाइदा होला?
आफ्नो काममा आनन्दित हुनुबाहेक असल कुरा केही पनि छैन
10 मैले त्यो कष्टदायक काम देखेको छु, जुन काम परमेश्वरले मानिसका सन्तानहरूलाई, त्यसद्वारा तिनीहरूले कष्ट पाऊन् भन्ने हेतुले दिनुभएको छ।
11 उहाँले हरेक थोक त्यसको आफ्नै समयमा सुन्दर बनाउनुभएको छ; साथै उहाँले तिनीहरूको हृदयमा सदा-काल पनि हालिदिनुभएको छ, जसले गर्दा कुनै मानिसले त्यो काम भेट्टाउन सक्दैन, जुन काम परमेश्वरले शुरुदेखि अन्तसम्म गर्नुहुन्छ।
12 म जान्दछु, मानिसका निम्ति आफ्नो जीवनभरि आनन्द गर्नु र असल काम गर्नुबाहेक तिनीहरूमा अरू कुनै असल कुरा छैन।
13 अँ, हरेक मानिसले खाओस्, पिओस् र आफ्नो सारा परिश्रमबाट असल कुरा उपभोग गरोस्घ; योचाहिँ परमेश्वरको दान हो।
14 म जान्दछु, परमेश्वरले जे गर्नुहुन्छ, त्योचाहिँ सदा-सर्वदाका निम्ति हुनेछ; त्यसमा कुनै कुरा थप्न सकिँदैन, न ता त्यसबाट कुनै कुरा घटाउन सकिन्छ; अनि उहाँको सामु मानिसले डर मानोस् भनेर नै परमेश्वरले यसो गर्नुहुन्छ।
15 जे भइरहेको छ, त्यो अघि भइसकेको थियो; अनि जे हुनेछ, त्यो पहिल्यै भइसकेको थियो; अनि परमेश्वर बितिसकेको कुरा खोज्नुहुन्छ।
16 अनि फेरि सूर्यमुनि मैले न्यायको ठाउँ हेरें, त्यहाँ दुष्टता रहेछ; अनि मैले धार्मिकताको ठाउँ हेरें, त्यहाँ अधर्म रहेछ!
17 मैले आफ्नो मनमनमा भनें: ‘परमेश्वरले धर्मी जन र दुष्टलाई न्याय गर्नुहुनेछ; किनभने त्यहाँ हरेक उद्देश्यङ र हरेक कामको समय हुन्छ।’
18 मानिसका सन्तानहरूको कामकुराको सम्बन्धमा मैले आफ्नो मनमनमा भनें: ‘परमेश्वरले तिनीहरूलाई प्रकट गरिदिऊन्च, र तिनीहरूले आफूचाहिँ पशुहरू मात्र रहेछन् भनी देख्न सकून्!’
19 किनकि मानिसका सन्तानहरूमाथि जे आइपर्छ, पशुहरूमाथि पनि त्यही आइपर्छ; अँ, तिनीहरूमाथि एउटै कुरा आइपर्छ। जसरी एउटा मर्छ, त्यसरी अर्को पनि मर्छ; अँ, तिनीहरू सबैको एउटै सास हुन्छ; यसैले मानिस पशुभन्दा श्रेष्ठ छैन; किनभने सबै कुराहरू व्यर्थ हुन्।
20 सबै एकै ठाउँमा जान्छन्; सबै धूलोबाट आएका हुन्, र सबै धूलोमै फर्केर जान्छन्।
21 मानिसका सन्तानहरूको सास, जो उँभोतिर जान्छ, र पशुको सास, जो तल पृथ्वीतिर जान्छ, कसले जान्दछ र?
22 यसैले म थाहा गर्छु: मानिसका निम्ति आफ्ना कामहरूमा आनन्दित हुनुभन्दा असल कुरा केही पनि छैन रहेछ; किनकि उसको भाग त्यही हो; किनभने ऊपछि के हुने हो, सो देख्नलाई कसले उसलाई ल्याइपुर्याउला र?