29
जसले बारम्बार हप्काइँदा पनि आफ्नो हठ छोड़्दैनक, त्यो अचानक कुनै उपाय नपाईकन नष्ट हुनेछ।2 जब धर्मी जनहरू उच्च पदमा हुन्छन्ख, तब मानिसहरू आनन्द मनाउँछन्; तर जब दुष्टहरूले शासन गर्छन्, तब मानिसहरू विलाप गर्छन्।
3 जसले बुद्धिलाई प्रेम गर्छ, उसले आफ्ना बुबालाई आनन्दित तुल्याउँछ; तर जसले वेश्याहरूसँग सङ्गत गर्छ, त्यसले आफ्नो सम्पत्ति उड़ाउँछ।
4 न्यायद्वारा राजाले देश स्थिर पार्छन्; तर जसले घूस लिन्छ, त्यसले यसलाई पल्टाइदिन्छ।
5 जसले आफ्नो छिमेकीलाई चिप्लो घस्छग, त्यसले त्यसका पाउहरूका निम्ति जाल थाप्छ।
6 दुष्ट मानिसको अपराधमा पासो हुन्छ; तर धर्मी जन गाउँछ र आनन्दित हुन्छ।
7 धर्मी जनले गरिबहरूको अधिकारको विषयमा विचार गर्छ;घ तर दुष्टले त्यस विषयलाई जान्ने ख्यालै गर्दैन।
8 गिल्ला गर्ने मानिसहरूले शहरमा उस्काउँछन्; तर बुद्धिमान्हरूले क्रोधलाई ठण्डा पार्छन्।
9 बुद्धिमान् मानिसले मूर्ख मान्छेसँग वादविवाद गर्यो भने, ऊ रिसाए पनि वा हाँसे पनि, त्यहाँ शान्ति हुँदैन।
10 खूनी मानिसहरूले सीधा चाल चल्नेलाई घृणा गर्छन्; तर धर्मी जनहरूले त्यसको प्राण जोगाउन खोज्छन्।
11 मूर्खले आफ्नो सम्पूर्ण मन खोलेर बताउँछ; तर बुद्धिमान्ले त्यो पछिसम्म रोकेर राख्छ।
12 शासकले झूटा कुराहरूमा ध्यान दिन्छन् भने उनका सबै कर्मचारीहरू दुष्ट बन्छन्।
13 गरिब मानिस र अत्याचारी मान्छे सँगै भेट हुन्छन्; परमप्रभुले ती दुवैका आँखाहरू उज्यालो पार्नुहुन्छ।
14 जुन राजाले विश्वासयोग्यतासाथ गरिबहरूको न्याय गर्छन्, ती राजाको सिंहासन सर्वदा स्थिर रहन्छ।
15 छड़ी र हप्कीले बुद्धि दिन्छन्, तर छाड़ा छोड़िएको बालकले आफ्नी आमालाई शर्ममा पार्छ।
16 जब दुष्टहरूको संख्या बढ़्छ, तब अपराध पनि बढ़्छ; तर धर्मी जनहरूले तिनीहरूको पतन देख्नेछन्।
17 आफ्नो छोरालाई ताड़ना देऊ, र उसले तिमीलाई विश्राम दिनेछ, अँ, उसले तिम्रो मनलाईङ आनन्दित तुल्याउनेछ।
18 जहाँ दर्शन छैन, त्यहाँ मानिसहरू नाशच हुन्छन्; तर जसले व्यवस्था पालन गर्छ, ऊ धन्यको हो।
19 वचनहरूले मात्र दास सुधारिनेछैन; किनकि त्यसले बुझेर पनि जवाफ दिनेछैन।
20 के तिमीले बोल्नमा हतार गर्ने मान्छेलाई देखेका छौ? त्यसका निम्ति भन्दा त मूर्खका निम्ति बढ़ी आशा हुन्छ।
21 जसले आफ्नो दासलाई बालककालदेखि नै कोमलतापूर्वक हुर्काउँछ, अन्त्यमा त्यो उसको छोरा बन्छ।
22 रिसाहा मान्छेले झगड़ा मच्चाउँछ, अनि क्रोधी मान्छे अपराधैअपराधले भरपूर हुन्छ।
23 मानिसको घमण्डले त्यसलाई तल झार्नेछ; तर नम्र आत्मा भएको मानिसले आदर पाउनेछ।
24 जो चोरसँग सहभागी हुन्छ, त्यसले आफ्नो प्राणलाई घृणा गर्छ; त्यसले श्राप सुनेरछ पनि कुरा प्रकट गर्दैन।
25 मानिसको डरले पासोमा पार्छ; तर जसले आफ्नो भरोसा परमप्रभुमाथि राख्छ, ऊ सुरक्षित रहनेछ।
26 धेरैजनाले शासकको कृपादृष्टिज पाउन खोज्छन्; तर हरेक मानिसको न्याय परमप्रभुबाट नै आउँछ।
27 न्यायप्रेमीहरूका निम्ति अन्यायी मान्छे घृणित ठहर्छ; अनि दुष्ट मानिसका निम्ति सीधा चाल चल्नेझ मानिस घृणित ठहर्छ।