26
ग्रीष्म ऋतुमा हिउँ पर्नु र कटनीको समयमा वर्षा हुनु जस्तो हो, त्यस्तै मूर्खले आदर पाउनु पनि नसुहाउने कुरा हो।2 भङ्गेरा घुमिरहेझैं, गौंथली उड़िरहेझैं श्राप पनि विनाकारण बस्दैनक।
3 घोड़ाका निम्ति चाबूक, गधाका निम्ति लगाम र मूर्खहरूको पिठ्यूँका लागि छड़ी।
4 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदेऊ, नत्र तिमी पनि त्योजस्तै हुनेछौ।
5 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ देऊ, नत्र त्यो आफ्नो दृष्टिमा बुद्धिमान् ठहर्नेछ।
6 जसले मूर्खको हातबाट समाचार पठाउँछ, त्यसले आफ्नै पाउहरू काटिपठाउँछ, र हानि पिउँछ।
7 जसरी लङ्गड़ाका खुट्टाहरू लुला हुन्छन्ख, मूर्खहरूको मुखमा उखान पनि त्यस्तै हुन्छ।
8 घुयेंत्रोमा ढुङ्गा बाँध्ने मानिस जस्तो हो, मूर्खलाई आदर दिने मानिस पनि त्यस्तै हो।
9 मतवालाको हातभित्र जसरी काँड़ा भासिन्छ, मूर्खहरूको मुखमा भएको उखान पनि त्यस्तै हुन्छ।
10 सबै थोक बनाउनुहुने महान् परमेश्वरले मूर्ख र अपराधीहरू दुवैलाई प्रतिफल दिनुहुन्छ।
11 जसरी कुकुर आफ्नो छादतिर फर्कन्छ, त्यसरी नै मूर्ख आफ्नो मूर्खतातिर फर्कन्छ।
12 के तिमीले आफ्नो दृष्टिमा बुद्धिमान् हुने मान्छेलाई देखेका छौ? त्यस मान्छेका निम्ति भन्दा त मूर्खका निम्ति बढ़ी आशा हुन्छ।
13 अल्छेले भन्छ: ‘बाटोमा सिंह छ; सड़कहरूहुँदो सिंह छ।’
14 जसरी ढोका आफ्ना कब्जाहरूमा यता र उता घुम्छ, त्यसरी नै अल्छे पनि आफ्नो ओछ्यानमाथि यता र उता पल्टिन्छ।
15 अल्छेले आफ्नो हात थालमा त डुबाउँछग; त्यसलाई फेरि आफ्नो मुखसम्म ल्याउनु पनि त्यसलाई कष्ट पर्छ।
16 अल्छे आफ्नो दृष्टिमा तर्कयुक्त जवाफ दिन सक्ने सातजना मानिसभन्दा पनि बढ़ी बुद्धिमान् ठहरिन्छ।
17 जसले त्यस बाटो भएर जाँदै गर्दा अर्काको झगड़ामा हात हाल्छ, त्यो मान्छे कुकुरलाई कानहरूमा पक्रने मानिसजस्तै हो।
18 अगुल्टाहरू, काँड़हरू र मृत्यु फ्याँक्ने पागलजस्तो हो,
19 आफ्नो छिमेकीलाई धोका दिएपछि ‘के मैले खेलठट्टा गरेको होइनँ र?’ भन्ने मान्छे पनि त्यस्तै हो।
20 जहाँ दाउरा छैन, त्यहाँ आगो निभ्छ; त्यसरी नै जहाँ कुराबोकुवा छैन, त्यहाँ झगड़ा थामिन्छ।
21 जसरी बल्दै गरेका कोइलाका लागि कोइला, आगोका लागि दाउरा, त्यसरी नै झगड़ा मच्च्याउनाका लागि झगड़े मान्छे हुन्छ।
22 कुराबोकुवाका वचनहरू स्वादिष्ठ खानेकुराजस्तैघ हुन्छन्, र ती पेटका भित्री भागहरूसम्म जान्छन्।
23 जलिरहेका ओठहरू र दुष्ट हृदय हुनुचाहिँ चाँदीको जलप लगाइएको माटाको भाँड़ाको खपटाजस्ता हुन्।
24 जसले घृणा गर्छ, त्यसले आफ्ना ओठहरूले त्यो कुरा लुकाउँछ, तर आफूभित्र छलकपट थुपार्छ।
25 जब त्यसले मीठो बोल्छ, तब त्यसलाई नपत्याऊ; किनकि त्यसको हृदयभित्र सातवटा घृणित कुराहरू छन्।
26 जसको घृणा छलकपटद्वारा छोपिएको हुन्छ, त्यसको दुष्टता सारा सभाको सामु प्रकट हुनेछ।
27 जसले खाड़ल खन्छ, त्यसभित्र त्यो आफै पर्नेछ; जसले ढुङ्गा गुड़ाउँछ, त्यसैमाथि त्यो फर्केर आउनेछ।
28 झूट बोल्ने जिब्रोले जस-जसलाई घायल पारेको छ, तिनीहरूलाई घृणा गर्छ; अनि चिप्लो घस्ने मुखले विनाशकारी काम गर्छ।