25
यी पनि सुलेमानकै हितोपदेश हुन्, जुनचाहिँ यहूदाका राजा हिजेकियाहका जनहरूले उतारे:2 कुनै कुरा गुप्त राख्नुमा परमेश्वरको महिमा छ; तर राजाहरूको महिमाचाहिँ कुरा तलाश गर्नुमा छ।
3 जसरी उचाइका निम्ति आकाश र गहिराइका लागि पृथ्वी छन्, त्यसरी नै राजाहरूको हृदय पनि अगम्य हुन्छ।
4 चाँदीबाट धातुको मैला निकालिदेऊ, र सुनारका निम्ति एउटा भाँड़ा निस्कनेछ।
5 राजाको सामुबाट दुष्टलाई निकालिदेऊ, र उनको सिंहासन धार्मिकतामा स्थापित हुनेछ।
6 राजाको सामु आफ्नो बढ़ाइ नगर, न ता ठूलाहरूको ठाउँमा खड़ा होऊ;
7 किनकि ती शासकको सामु, जसलाई तिम्रा आँखाहरूले देखेका छन्, आफू तल झारिनुभन्दा ‘यहाँ माथि आऊ’ भनिनुचाहिँ तिम्रा निम्ति उत्तम हो।
8 झगड़ा गर्न हतारसँग ननिस्क; नत्र यसको अन्त्यमा तिम्रो छिमेकीले तिमीलाई शर्ममा पार्यो भने तिमी के गर्छौ त?
9 तिम्रो छिमेकीसँग नै तिमीले आफ्नो मामलाको तर्क गर; अनि आफ्नो गुप्त कुरा अरूकहाँ प्रकट नगर;
10 नत्र जसले त्यो कुरा सुन्ला, त्यसैले तिमीलाई शर्ममा पार्ला, र तिम्रो बदनाम हटेर नजाला।
11 ठीकसँग बोलिएको शब्दचाहिँ चाँदीको थालमा राखिएका सुनका स्याउहरूजस्तो हो।
12 आज्ञा पालन गर्ने कानका निम्ति सुधार्नलाई हप्काउने बुद्धिमान् मानिसचाहिँ सुनको कुन्डल र निखुर सुनको गहनाजस्तो हो।
13 विश्वासयोग्य दूतचाहिँ उसलाई पठाउनेहरूका निम्ति कटनीको समयको हिउँको चिसोजस्तै हो; किनकि उसले आफ्ना मालिकहरूको मनलाईक शीतल पार्छ।
14 झूटो दानको विषयमा घमण्ड गर्ने मान्छेचाहिँ वर्षाविनाका बादलहरू र बतासजस्तो हो।
15 रिसाउनुमा ढिलो गर्नाले शासकलाई मनाउन सकिन्छ; अनि कमलो वचनलेख हड्डी पनि तोड़िदिन्छ।
16 के तिमीले मह पाएका छौ? तिम्रो लागि जति काफी छ, त्यति मात्र खाऊ; नत्र यसले अघाएर तिमीले यसलाई उकेलौला।
17 आफ्नो छिमेकीको घरमा घरी-घरी नजाऊ, नत्र तिमीसँग वाक्क भएर उसले तिमीलाई घृणा गर्ला।
18 जसले आफ्नो छिमेकीको विरोधमा झूटो गवाही दिन्छ, त्यो मुङ्ग्रो, तरवार र तीखो काँड़ हो।
19 विपत्तिको समयमा विश्वासघाती मान्छेमाथि भरोसा पर्नुचाहिँ भाँचिएको दाँत र जोड़नीबाट फुस्केको पाउजस्तो हो।
20 जाड़ो महिनामा लुगा खोसिदिने मानिस, र सोड़ामाथि हालिएको सिर्का जस्ता हुन्छन्, दुःखी मनको सामु गीत गाइदिने मानिस पनि त्यस्तै हुन्छ।
21 तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खानलाई रोटी देऊ; अनि त्यो तिर्खाएको छ भने त्यसलाई पिउनलाई पानी देऊ!
22 किनकि तिमीले त्यसको टाउकोमाथि आगोको भुङ्ग्रोको रास लाइदिनेछौ; अनि परमप्रभुले तिमीलाई इनाम दिनुहुनेछ।
23 जसरी उत्तरीय हावाले वर्षा हटाउँछ, त्यसरी नै रिसाएको अनुहारले चुक्ली हाल्ने जिब्रो हटाउँछ।
24 झगड़ालु स्वास्नीसँग फराकिलो घरमा एकसाथ बस्नुभन्दा कौसीको एउटा कुनामा बस्नु उत्तम हो।
25 तिर्खाएको मनकोग निम्ति चिसो पानी जस्तो हुन्छ, टाढ़ा देशबाट आएको शुभ समाचार त्यस्तै हुन्छ।
26 दुष्टको सामु झुक्ने धर्मी जनचाहिँ फोहोरघ मुहान र दूषित धाराजस्तै हो।
27 धेरै मह खानु असल होइन, त्यसरी नै आफ्नो महिमा खोज्नु पनि महिमा होइन।
28 जसले आफ्नो आत्मा वशमा राख्न सक्दैन, त्यो मानिसचाहिँ भत्काइएको र पर्खालविनाको शहरजस्तो हो।