22
धेरै धनसम्पत्तिभन्दा बरु असल नाम चुन्नु उत्तम हो; चाँदी र सुनभन्दा बरु अनुग्रह पाउनु उत्तम हो।2 धनी र गरिब आपसमा भेट भएका छन्; परमप्रभु ती सबैका सृष्टिकर्ता हुनुहुन्छ।
3 समझदार मानिसले आइलाग्ने खराबीलाई अघिबाटै देख्छ, र लुक्छ; तर बोधा मानिसहरू अघि बढ़्छन्, र दण्ड भोग्छन्।
4 नम्रता र परमप्रभुको भयको प्रतिफलचाहिँ धनसम्पत्ति, सम्मान् र जीवन हुन्।
5 टेढ़ा मान्छेको बाटोमा काँड़ा र पासाहरू हुन्छन्; जसले आफ्नो प्राणको रक्षा गर्छ, ऊ तीदेखि टाढ़ो रहनेछ।
6 बालकलाई जुन बाटोमा त्यो हिँड़्नुपर्छ, त्यही बाटोको तालिम देऊ; र बूढ़ो हुँदा पनि ऊ त्यसबाट हट्नेछैन।
7 धनीले गरिबहरूमाथि शासन चलाउँछ; अनि ऋण लिने ऋण दिनेको दास हुन्छ।
8 जसले अधर्म छर्छ, त्यसले खराबीको कटनी गर्नेछ; अनि त्यसको क्रोधको लाठो भाँचिनेछ।
9 जसको दानी आँखा हुन्छ, ऊ आशिषित हुनेछ; किनकि उसले गरिबलाई आफ्नो भोजनबाटक दिन्छ।
10 गिल्ला गर्नेलाई निकालिदेऊ, तब झगड़ा मेटिनेछ, अँ, कलह र निन्दा थामिनेछन्।
11 जसले हृदयको चोखोपनालाई प्रेम गर्छ, उसको ओठहरूमा अनुग्रह रहेकोले गर्दा राजा उसका साथी हुनेछन्।
12 परमप्रभुका आँखाहरूले ज्ञानको रक्षा गर्छन्, अनि उहाँले अपराधीका वचनहरू पल्टाइदिनुहुन्छख।
13 अल्छेले भन्छ: ‘बाहिर सिंह छ! मलाई सड़कहरूमै मारिन्छ!’
14 पराई स्त्रीहरूको मुख गहिरो खाड़ल हो; जुन मानिस परमप्रभुबाट घृणा गरिएको हुन्छ, त्यही त्यसमा जाकिनेछ।
15 बालकको हृदयमा मूर्खता बाँधिएको हुन्छ, तर अनुशासन गर्ने छड़ीले त्यसलाई उसबाट हटाइदिन्छ।
16 जसले आफ्नो धन बढ़ाउनका निम्ति गरिबलाई थिचोमिचो गर्छ, र जसले धनीलाई दिन्छ, तिनीहरू निश्चय नै घटीकमीमा पर्नेछन्।
17 आफ्नो कान थाप, र बुद्धिमान्हरूका वचनहरू सुन, र मेरो ज्ञानमा आफ्नो मन लगाऊ!
18 किनकि तिमीले तिनलाई आफ्नो मनभित्रग जोगाइराख्यौ भने यो मनोहर कुरा हुन्छ; ती तिम्रा ओठहरूमा एकसाथ मिलेर बस्नेछन्;
19 तिम्रो भरोसा परमप्रभुमाथि रहोस् भनेर मैले आज तिमीलाई, अँ, तिमीलाई नै बुझ्ने तुल्याएको छु।
20 के मैले तिमीलाई सल्लाहहरू र ज्ञानको साथमा उत्तम-उत्तम कुराहरू लेखेको होइनँ र?
21 तिमीलाई सत्यताका वचनहरूको निश्चयता बुझ्न दिने हेतुले, कि तिमीलाई पठाउनेहरूकहाँ तिमीले सत्यताका वचनहरू फर्काउन सक।
22 कुनै गरिबलाई, त्यो गरिब छ भनेर नलुट, न ता दु:खमा परेकोलाई नै मूलढोकामाघ थिचोमिचो गर;
23 किनभने परमप्रभुले उनीहरूको मुद्दा लड़्नुहुनेछ र उनीहरूलाई लुट्नेहरूको प्राण लुट्नुहुनेछ।
24 रिसाहा मान्छेलाई साथी नबनाऊ; अनि झड़ङ्ग रिसाउनेसँग नहिँड़;
25 नत्र ता तिमीले त्यसका चाल सिक्छौ र आफ्नो प्राणलाई पासोमा पार्छौ।
26 हातमा हात ठोक्नेहरूमध्येका नहोऊ, अथवा ऋणका निम्ति जमानी बस्नेहरूमध्येका नहोऊ;
27 तिर्नको लागि तिमीसँग केही नहुँदा किन त्यसले तिमीमुनिबाट तिम्रो ओछ्यान तनेर लैजाओस्?
28 तिम्रा पितापुर्खाहरूले गाड़िराखेका उहिलेको सिमानाढुङ्गाङ नसार!
29 के तिमीले आफ्नो कामधन्धामा मेहनतसँग गर्ने मानिसलाई देखेका छौ? ऊ त राजाहरूको सामु उभिनेछ, साधारण मानिसहरूको सामु उभिनेछैन।