16
हृदयको तयारी मानिसको हो; तर जिब्रोको जवाफचाहिँ परमप्रभुबाट आउँछ।2 मानिसका सबै चालहरू उसको दृष्टिमा सफा हुन्छन्; तर परमप्रभुले आत्माहरू तौलनुहुन्छ।
3 आफ्ना कामहरू परमप्रभुलाई सुम्पिदेऊ, र तिम्रा विचारहरू सफल हुनेछन्।
4 परमप्रभुले सबै थोक आफ्नै निम्ति बनाउनुभएको हो; अँ, दुष्टलाई पनि उहाँले खराब दिनका निम्ति बनाउनुभएको छ।
5 जसको हृदयमा घमण्ड छ, त्यस्तो हरेक व्यक्ति परमप्रभुका निम्ति घृणित हो; निश्चय नैक त्यो दण्ड नपाई छोड़िनेछैनख।
6 कृपा र सत्यताद्वारा अधर्म ढाकिनेछ, अनि परमप्रभुको भयले गर्दा मानिसहरू खराबीबाट हट्छन्।
7 जब मानिसका चालहरूले परमप्रभुलाई प्रसन्न तुल्याउँछन्, तब उहाँले उसका शत्रुहरूलाई पनि ऊसँग मिलाप गर्ने तुल्याउनुहुन्छ।
8 धार्मिकताको साथमा थोरैचाहिँ अन्यायको ठूलो कमाइभन्दा उत्तम हो।
9 मानिसको हृदयले आफ्नो बाटोको योजना बनाउँछ; तर परमप्रभुले उसका पाइलाहरू डोर्याउनुहुन्छ।
10 राजाका ओठहरूमा दिव्य वाणी हुन्छ; न्याय गर्दा उनको मुखले अपराध गर्दैन।
11 सच्चा ढक र तराजु परमप्रभुकै हुन्; थैलीका सबै ढकहरू उहाँका काम हुन्।
12 दुष्टता गर्नु राजाहरूका निम्ति घृणित कुरा हो; किनकि धार्मिकताद्वारा सिंहासन स्थापित हुन्छ।
13 धर्मी ओठहरू राजाहरूका निम्ति आनन्द हुन्; अनि जो साँचो बोल्छ, उसलाई उनीहरूले प्रेम गर्छन्।
14 राजाको क्रोध मृत्युका दूतहरूजस्तो हुन्छ; तर बुद्धिमान् मानिसले त्यसलाई शान्त गराउँछ।
15 राजाको चेहराको उज्यालोमा जीवन हुन्छ; अनि उनको कृपाचाहिँ पछिल्लो वर्षाकोग बादलझैं हुन्छ।
16 बुद्धि पाउनुचाहिँ सुनभन्दा कति उत्तम हो! अनि समझ प्राप्त गर्नुचाहिँ चाँदीभन्दा बढ़ी छान्नु लायकको कुरा हो।
17 खराबीबाट हट्नुचाहिँ सीधा चाल चल्नेहरूको राजमार्ग हो; जसले आफ्नो चाल जोगाउँछ, उसले आफ्नो प्राणको रक्षा गर्छ।
18 विनाशको अघि घमण्ड आउँछ, र पतनको अघि चाहिँ हठी मनघ आउँछ।
19 घमण्डीहरूसँग लुटको माल बाँड़्नुभन्दा दीन जनहरूसँग नम्र मनको भई रहनु उत्तम हो।
20 जसले बुद्धिमानीसँग काम गर्छ, उसले असल थोक पाउनेछ; र जसले परमप्रभुमाथि भरोसा राख्छ, ऊ धन्यको हुन्छ।
21 बुद्धिमान् हृदय भएको मानिस समझदार भनिनेछ; अनि ओठहरूको मिठासले विद्या बढ़ाउनेछ।
22 जससँग समझङ हुन्छ, उसका निम्ति त्यो जीवनको मूल हो; तर मूर्खहरूको शिक्षाचाहिँ मूर्खता हो।
23 बुद्धिमान्को हृदयले उसको मुखलाई बुद्धिमान् तुल्याउँछ र उसका ओठहरूमा विद्या थपिदिन्छ।
24 मधुर वचनहरू महको चाकाझैं हुन्छन् – मनलाई मिठास दिने र हड्डीहरूलाई स्वास्थ्य पार्ने।
25 एउटा बाटो छ, जुनचाहिँ मानिसको दृष्टिमा ठीक देखा पर्छ, तर त्यसको अन्त्यचाहिँ मृत्युका बाटाहरू नै हुन्।
26 जसले परिश्रम गर्छ, उसले आफ्नै निम्ति परिश्रम गर्छ; किनकि उसको मुखले उसलाई करमा पार्छ।
27 भक्तिहीन मान्छेले खराबीलाई खनेर निकाल्छ; अनि त्यसका ओठहरूमा जल्दै गरेको आगोजस्तो थोक हुन्छ।
28 टेढ़ा मान्छेले झगड़ाको बीउ छर्छ; अनि कानेखुसी गर्नेले घनिष्ठ साथीहरूमा पनि फाटो ल्याउँछ।
29 अत्याचारी मान्छेले आफ्नो छिमेकीलाई फुस्ल्याउँछ र उसलाई खराब बाटोमा लैजान्छ।
30 टेढ़ा कुराहरूको युक्ति रच्न त्यसले आफ्ना आँखा चिम्लन्छ; आफ्ना ओठहरू दबाएर त्यसले खराबी पूरा गर्छ।
31 फुलेको केश महिमाको मुकुट हो, यदि यो धार्मिकताको बाटोमा पाइन्छ भने।
32 जो रिसाउनुमा ढिलो हुन्छ, ऊ वीर पुरुषभन्दा उत्तम हो; अनि जसले आफ्नो आत्मा वशमा राख्छ, ऊ शहर कब्जा गर्ने मानिसभन्दा उत्तम हो।
33 काखमा चिट्ठा हालिन्छ, तर त्यसको पूरा परिणाम परमप्रभुबाट आउँछ।