13
बुद्धिमान् छोराले बुबाको शिक्षा सुन्छ; तर गिल्ला गर्नेले हप्की पनि सुन्दैन।2 मानिसले आफ्नो मुखको फलबाट असल कुरा खानेछ; तर अपराधीहरूको प्राणले अत्याचार खानेछ।
3 जसले आफ्नो मुखको रखवाली गर्छ, उसले आफ्नो प्राणको रक्षा गर्छ; तर जसले आफ्नो मुख बजाउँछ, त्यो नाश हुनेछ।
4 अल्छेको प्राणले लालसा त गर्छ, तर केही पाउँदैन; तर परिश्रम गर्नेको प्राण हृष्टपुष्ट हुनेछ।
5 धर्मी जनले झूट बोल्नु घृणा गर्छ; तर दुष्ट मान्छे घिनलाग्दो हुन्छ र शर्ममा पर्छ।
6 धार्मिकताले सीधा चाल चल्नेलाई रक्षा गर्छ; तर दुष्टताले पापीलाई पल्टाइदिन्छ।
7 कोहीचाहिँ आफूसित केही नभए तापनि आफूलाई धनवान् तुल्याउँछ; अनि कोहीचाहिँ आफूसित धेरै सम्पत्ति भए तापनि आफूलाई गरिब तुल्याउँछ।
8 मानिसको प्राणको छुटकाराको दाम उसको धनसम्पत्ति हो; तर गरिबले हप्की सुन्दैन।
9 धर्मी जनहरूको ज्योति रमाउँछ; तर दुष्टहरूको बत्ती निभ्नेछ।
10 रगड़ाझगड़ा खालि घमण्डबाट उत्पन्न हुन्छ; तर सल्लाह लिनेहरूसँग बुद्धि हुन्छ।
11 छल गरेर पाएको धन घट्दै जानेछ; तर जसले परिश्रमद्वारा संग्रह गर्छ, उसको वृद्धि हुनेछ।
12 आशाको समय लम्मिएर जाँदा हृदय बिरामी हुन्छ; तर चाहना पूरा हुनुचाहिँ जीवनको रूख हो।
13 जसले वचनलाई तुच्छ ठान्छ, त्यो नष्ट पारिनेछ; तर जसले आज्ञाको डर मान्छ, उसलाई इनाम दिइनेछ।
14 मृत्युका पासाहरूबाट उम्कनका निम्ति बुद्धिमान्को व्यवस्था जीवनको मूल हो।
15 असल समझलेक अनुग्रह दिन्छ; तर अपराधीहरूको मार्ग कठिन हुन्छ।
16 हरेक समझदार मानिसले ज्ञानले काम गर्छ; तर मूर्खले आफ्नो मूर्खता खोलेर देखाउँछ।
17 दुष्ट दूत सङ्कष्टमा पर्छ; तर विश्वासयोग्य राजदूतले स्वास्थ्य ल्याउँछ।
18 शिक्षालाईख अस्वीकार गर्ने मानिसमाथि गरिबी र शर्म आइपर्छन्; तर जसले हप्की मान्छ, उसलाई आदर दिइनेछ।
19 चाहना पूरा हुँदा मनलाईग मीठो लाग्छ; तर खराबीबाट हट्नुचाहिँ मूर्खहरूलाई घृणित लाग्छ।
20 जो बुद्धिमान् मानिसहरूसँग हिँड़्छ, ऊ बुद्धिमान् हुनेछ; तर मूर्खहरूको साथ लाग्ने मानिस नष्ट हुनेछ।
21 खराबीले पापीहरूलाई पछ्याउँछ; तर धर्मी जनहरूलाई इनामस्वरूप असल कुरा फिर्ता दिइनेछ।
22 असल मानिसले आफ्ना नातिपनातिनाहरूका निम्ति पैतृक सम्पत्ति छोड़िराख्छ; अनि पापीको धनचाहिँघ न्यायप्रेमीका निम्ति साँचेर राखिन्छ।
23 गरिबहरूको खनजोत गरेको जमिनले प्रशस्त खानेकुरा उब्जाउँछ; तर न्यायको अभावले गर्दा त्यो नष्ट भइजान्छ।
24 जसले आफ्नो छड़ी चलाउँदैन, त्यसले आफ्नो छोरालाई घृणा गरिरहेको छ; तर जसले छोरालाईङ प्रेम गर्छ, उसले त्यसलाई होशियारीसँगच ताड़ना दिन्छ।
25 धर्मी जनले आफ्नो मनछ तृप्त होउन्जेल खान्छ; तर दुष्टहरूको पेटलाई अभाव हुनेछ।