12
जसले शिक्षालाई प्रेम गर्छ, उसले ज्ञानलाई प्रेम गर्छ; तर जसले हप्कीलाई घृणा गर्छ, त्यो पशुसरह हो।2 भलो मानिसले परमप्रभुबाट कृपा पाउँछ; तर खराब युक्ति रच्ने मान्छेलाई उहाँले दोषी ठहराउनुहुनेछ।
3 दुष्टताद्वारा कुनै मानिस स्थापित हुनेछैन; तर धर्मी जनहरूको जरा हल्लनेछैन।
4 गुणवती स्त्री आफ्ना पतिको मुकुट हो; तर जसले लाजमा पार्छे, त्यो पतिकाक हड्डीहरूमा सड़ावटजस्तो हो।
5 धर्मी जनहरूका विचार न्यायसङ्गत हुन्छन्; तर दुष्टहरूका विचारहरू कपटपूर्णख हुन्छन्।
6 दुष्टहरूका कुराहरू रक्तपात गर्न ढुकेर बसौं भन्ने हुन्छन्; तर सीधा चाल चल्नेहरूको मुखले उनीहरूलाई बचाउनेछ।
7 दुष्टहरू पल्टाइन्छन्, र रहँदैनन्; तर धर्मी जनहरूको घर खड़ा रहनेछ।
8 मानिसको प्रशंसा उसको बुद्धिअनुसारग हुनेछ; तर टेढ़ा हृदय भएको मानिस तुच्छ ठानिनेछ।
9 खानको निम्ति रोटी छैन, तैपनि आफ्नो बढ़िबढ़ाइ गर्ने मान्छेभन्दा हेला गरिएको मानिस उत्तम हो, जससँग नोकरचाकर छ।
10 धर्मी जनले आफ्नो पशुको प्राणको धरि वास्ता राख्छ; तर दुष्टहरूको कोमल दयाधरि निष्ठुर हुन्छ।
11 जसले आफ्नो जमिन खनजोत गर्छ, ऊ भोजनलेघ तृप्त हुनेछ; तर जो निकम्मा मानिसहरूको पछि लाग्छ, त्यो बुद्धिहीन मानिस हो।
12 दुष्ट मान्छेले खराब मानिसहरूको जालको चाहना गर्छ; तर धर्मी जनहरूको जराले फल फलाउँछ।
13 दुष्ट मान्छे आफ्नै ओठको अपराधले गर्दा पासोमा पर्छ; तर न्यायप्रेमी सङ्कटबाट उम्कन्छ।
14 मानिस आफ्नै मुखको फलबाट असल कुराले तृप्त हुनेछ; अनि मानिसलाई उसका हातको कामको प्रतिफल दिइनेछ।
15 मूर्खको चाल त्यसको दृष्टिमा ठीक हुन्छ; तर जसले ध्यानसित सल्लाह सुन्छ, ऊ बुद्धिमान् हो।
16 मूर्खको रिस तत्कालै प्रकट हुन्छ; तर समझदार मानिसले अपमान लुकाइराख्छ।
17 साँचो बोल्नेले धार्मिकता प्रकट गर्छ; तर झूटा साक्षीले छलकपट प्रकट गर्छ।
18 कोही यस्तो हुन्छ, जसले तरवारले घोचेझैंङ बोल्छ; तर बुद्धिमान्को जिब्रोले स्वास्थ्य ल्याउँछ।
19 साँचो बोल्ने ओठ सधैं स्थिर बनिरहनेछ; तर झूट बोल्ने जिब्रो क्षणभरको लागि हो।
20 खराब योजना रच्नेहरूको हृदयमा छलकपट हुन्छ; तर मेलमिलापका सल्लाहकारहरूलाई आनन्द हुन्छ।
21 न्यायप्रेमीमाथि कुनै पनि खराबी आइपर्दैन; तर दुष्टहरूचाहिँ खराबीले घेरिएकाच हुन्छन्।
22 झूट बोल्ने ओठहरू परमप्रभुका निम्ति घृणित हुन्; तर सच्चाइसँगछ व्यवहार गर्नेहरू उहाँको आनन्द हुन्।
23 समझदार मानिसले ज्ञान लुकाउँछ; तर मूर्खहरूको हृदयले मूर्खता प्रचार गर्छ।
24 परिश्रम गर्नेहरूको हातले शासन गर्नेछ; तर अल्छेले बेगारीमा खट्नुपर्नेछ।
25 मान्छेको हृदयमा भएको चिन्ताले त्यसलाई झुकाउँछ; तर राम्रो वचनले त्यसलाई आनन्दित तुल्याउँछ।
26 धर्मी जन आफ्नो छिमेकीभन्दा उत्तम हो; तर दुष्टहरूको चालले तिनीहरूलाई भड़्काएर लैजान्छ।
27 अल्छेले आफ्नो शिकारको सेकुवा बनाउँदैन; तर परिश्रम गर्ने मानिसको सम्पत्ति बहुमूल्य हुन्छ।
28 धार्मिकताको मार्गमा जीवन छ; अनि यस बाटोमा मृत्यु हुँदैन।