149
तिमीहरूले याहको स्तुति गर! परमप्रभुका निम्ति एउटा नयाँ गीत गाओ, र पवित्र जनहरूको सभामा उहाँको स्तुति गाओ!2 इस्राएलले आफ्ना सृष्टिकर्तामा रमाहट गरोस्; सियोनका सन्तानहरू आफ्नो राजामा आनन्दित होऊन्!
3 नाचमा तिनीहरूले उहाँको नामको स्तुति गरून्; खैंजड़ी र वीणा बजाएर तिनीहरूले उहाँको स्तुति गाऊन्!
4 किनभने परमप्रभुले आफ्नो निज प्रजामा आनन्द लिनुहुन्छक; उहाँले नम्रहरूलाई उद्धारको शृङ्गारलेख सिँगार्नुहुन्छ।
5 पवित्र जनहरू महिमामा आनन्दित होऊन्; उनीहरू आफ्ना ओछ्यानहरूमा उच्च सोरलेग गाऊन्!
6 परमेश्वरका उच्च प्रशंसाहरू उनीहरूको मुखमा होऊन्, र उनीहरूको हातमा दुईधारे तरवार होस् –
7 अन्यजातिहरूलाई बदला लिनका निम्ति र जाति-जातिका मानिसहरूलाई सजाय दिनका निम्ति;
8 तिनीहरूका राजाहरूलाई साङ्लाहरूले, र तिनीहरूका भारदारहरूलाई फलामका नेलहरूले बाँध्नका निम्ति;
9 तिनीहरूलाई लेखिएको न्याय-दण्ड दिनका निम्ति। उहाँका सबै पवित्र जनहरूले यही आदर पाउँछन्। तिमीहरूले याहको स्तुति गर!