150
तिमीहरूले याहको स्तुति गर! उहाँको पवित्रस्थानमा परमेश्वरको स्तुति गर; उहाँको पराक्रमको आकाश-मण्डलमा उहाँको स्तुति गर!2 उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको स्तुति गर! उहाँको सर्वश्रेष्ठ महान्ताअनुसार उहाँको स्तुति गर!
3 तुरहीको आवाजमा उहाँको स्तुति गर; सितार र वीणा बजाएर उहाँको स्तुति गर!
4 खैंजड़ी बजाउँदै र नाचमा उहाँको स्तुति गर; तारवाला बाजाहरू र बाँसुरीहरू बजाउँदै उहाँको स्तुति गर!
5 चर्को बज्ने झ्यालीहरू बजाउँदै उहाँको स्तुति गर; भारी गुञ्जन गर्ने झ्याम्टाहरू बजाउँदै उहाँको स्तुति गर!
6 सास हुने हरेक थोकले याहको स्तुति गरोस्! तिमीहरूले याहको स्तुति गर!