(वर्णको क्रमअनुसार राखिएको भजन)
दाऊदको स्तुति-भजन
145
हे मेरा परमेश्वर, हे राजा, म तपाईंको तारिफ गर्नेछु र सदा-सर्वदा तपाईंको नामलाई धन्यको भन्नेछु।2 हरेक दिन म तपाईंलाई धन्यको भन्नेछु र सदा-सर्वदा तपाईंको नामको प्रशंसा गर्नेछु।
3 परमप्रभु महान् हुनुहुन्छ र स्तुतिको अति योग्य हुनुहुन्छ; अनि उहाँको महान्ता अगम्य छ।
4 एक पुस्ताले अर्को पुस्तासित तपाईंका कामहरूको गुणगान गर्नेछ र तपाईंका शक्तिशाली कार्यहरूको बयान गर्नेछ।
5 म तपाईंको प्रतापको महिमापूर्ण सर्वश्रेष्ठता र तपाईंका अचम्मका कामहरूको विषयमा बोल्नेछु।
6 अनि मानिसहरूले तपाईंका भयानक कामहरूको सामर्थ्यको विषयमा कुरा गर्नेछन्; अनि म तपाईंको महान्ताको बयान गर्नेछु।
7 तिनीहरूले तपाईंको ठूलो भलाइको सम्झनाको बयान खूबै गर्नेछन् र हर्षले तपाईंको धार्मिकताको गीत गाउनेछन्।
8 परमप्रभु अनुग्रहकारी र दयाले भरपूर हुनुहुन्छ; रिसाउनमा ढिलो र अति करुणामय हुनुहुन्छ।
9 परमप्रभु सबैका निम्ति भला हुनुहुन्छ; अनि उहाँका कोमल कृपाहरूचाहिँ उहाँका सबै कामहरूमाथिक रहन्छन्।
10 हे परमप्रभु, तपाईंका सबै कामहरूलेख तपाईंको प्रशंसा गर्नेछन्, र तपाईंका पवित्र जनहरूले तपाईंलाई धन्यको भन्नेछन्।
11-12 उहाँका शक्तिशाली कार्यहरू र उहाँको राज्यको महिमापूर्ण प्रतापको विषयमा मानिसका सन्तानलाई जानकारी दिनाका निम्ति उनीहरूले तपाईंको राज्यको महिमाको बयान गर्नेछन् र तपाईंको सामर्थ्यको विषयमा कुरा गर्नेछन्।
13 तपाईंको राज्य अनन्त राज्य हो, र तपाईंको प्रभुत्व पुस्ता-पुस्तासम्म रहिरहन्छ।
14 परमप्रभुले सबै लोट्नेहरूलाई सम्हाल्नुहुन्छ र सबै झुकेकाहरूलाई उठाउनुहुन्छ।
15 सबैका आँखाहरूले तपाईंकै बाटो हेर्छन्; अनि ठीक समयमा तपाईंले तिनीहरूलाई तिनीहरूको आहार दिनुहुन्छ।
16 तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ र हरेक जीवित प्राणीको चाहना तृप्त पार्नुहुन्छ।
17 परमप्रभु आफ्ना सबै चालहरूमा धर्मी र आफ्ना सबै कामहरूमा पवित्रग हुनुहुन्छ।
18 परमप्रभु उहाँलाई पुकार्ने सबै, अँ, उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिकमा हुनुहुन्छ।
19 उहाँको डर मान्नेहरूको चाहना उहाँले पूरा गर्नुहुनेछ; अनि उहाँले उनीहरूको पुकार सुन्नुहुनेछ र उनीहरूलाई बचाउनुहुनेछ।
20 परमप्रभुले आफूलाई प्रेम गर्नेहरू सबैको रक्षा गर्नुहुन्छ; तर सबै दुष्टहरूलाई उहाँले नाश गर्नुहुनेछ।
21 मेरो मुखले परमप्रभुको प्रशंसाको बयान गर्नेछ; अनि सबै प्राणीहरूले उहाँको पवित्र नामलाई सदा-सर्वदा धन्यको भनून्!