दाऊदको भजन
144
परमप्रभु, मेरो चट्टानक, धन्यका होऊन्, जसले मेरा हातहरू युद्ध गर्न र मेरा औंलाहरू लड़ाइँ गर्न सिकाउनुहुन्छ।2 मेरो करुणा र मेरो किल्ला; मेरो उच्च गढ़ र मेरो उद्धारक; मेरो ढाल र मेरो शरणस्थान उहाँ हुनुहुन्छ, जसले मेरो प्रजालाई मेरो अधीनतामा राख्नुहुन्छ।
3 हे परमप्रभु, मानिस के हो, र तपाईं यसप्रति ध्यान राख्नुहुन्छ? अथवा मानिसको पुत्र के हो, र तपाईं यसको विचार गर्नुहुन्छ?
4 मानिस त बाफजस्तो मात्र हो; यसका दिनहरू बितिजाने छायाजस्ता मात्र हुन्।
5 हे परमप्रभु, आफ्नो आकाश झुकाउनुहोस् र ओर्लनुहोस्; पहाड़हरू छुनुहोस्, र तीबाट धूवाँ निस्कनेछन्।
6 बिजुली चम्काउनुहोस् र तिनीहरूलाई तितरबितर पार्नुहोस्; आफ्ना काँड़हरू हान्नुहोस् र तिनीहरूलाई सखाप पार्नुहोस्!
7 माथिबाट आफ्नो हात पठाईकन महासागरबाट, परदेशीका सन्तानको हातबाट मलाई बचाउनुहोस् र मलाई छुटाउनुहोस्;
8 जसको मुखले व्यर्थको कुरा बक्दछ, र जसको दाहिने हात झूटको दाहिने हात हो।
9 हे परमेश्वर, म तपाईंका निम्ति एउटा नयाँ गीत गाउनेछु; दसतारे वीणा बजाईकन म तपाईंको स्तुति गाउनेछु।
10 तपाईंले नै राजाहरूलाई उद्धार दिनुहुन्छ; तपाईंले आफ्नो दास दाऊदलाई विनाशकारी तरवारबाट छुटाउनुहुन्छ।
11 परदेशीका सन्तानको हातबाट मलाई बचाउनुहोस् र मलाई छुटाउनुहोस्; जसको मुखले व्यर्थको कुरा बक्दछ, र जसको दाहिने हात झूटको दाहिने हात हो;
12 र हाम्रा छोराहरू आफ्ना जवानीमा बढ़ेका बोटविरुवाजस्ता होऊन्; र हाम्रा छोरीहरू महलको समानतामा कुँदिएका कुनेढुङ्गाहरूजस्ता होऊन्;
13 र हाम्रा भण्डारहरू सबै किसिमको अन्नको प्रबन्धले भरिभराउ होऊन्; हाम्रा भेड़ाहरूले हाम्रा खुला ठाउँहरूहुँदो हजारौं हजार जन्माऊन्!
14 हाम्रा गोरुहरू खट्न सक्ने बलिया होऊन्, न तोड़फोड़ होस्, न बाहिरिनुपरोस्; हाम्रा सड़कहरूमा कुनै हाहाकार नमच्चोस्!
15 ती मानिसहरू धन्यका हुन्, जो यस्तो अवस्थामा छन्; हो, ती मानिसहरू धन्यका हुन् जसका परमेश्वर परमप्रभु हुनुहुन्छ!!