प्रधान वादकका लागि; दाऊदको भजन
140
हे परमप्रभु, खराब मानिसबाट मलाई छुटकारा दिनुहोस्; अत्याचारी मानिसबाट मलाई रक्षा गर्नुहोस्;
2 तिनीहरूले आफ्नो हृदयमा खराब युक्तिहरू रच्दछन्; निरन्‍तर तिनीहरू लड़ाइँका निम्ति भेला भइरहन्छन्।
3 तिनीहरूले साँपले झैं आफ्ना जिब्रा उध्याएका छन्; तिनीहरूका ओठमुनि साँभेसाँपको विष छ। सेला#
4 हे परमप्रभु, दुष्‍टका हातहरूबाट मलाई बचाउनुहोस्; अत्याचारी मानिसबाट मलाई रक्षा गर्नुहोस्, जसले मेरा पाइलाहरूलाई चिप्लाउने युक्ति गरेका छन्।
5 घमण्डीहरूले मेरा निम्ति पासो र डोरीहरू लुकाएका छन्; तिनीहरूले बाटोको किनारमा जाल बिछ्याएका छन्; तिनीहरूले मेरा निम्ति धरापहरू थापेका छन्। सेला#
6 मैले परमप्रभुलाई भनें: ‘तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ; हे परमप्रभु, मेरा अन्तर्विन्‍तीहरूको सोर सुन्‍नुहोस्!’
7 हे यहोवा प्रभु, मेरो उद्धारको बल, लड़ाइँको दिनमा तपाईंले मेरो शिर ढाकिदिनुभएको छ।
8 हे परमप्रभु, दुष्‍टका लालसाहरू पूरा हुन नदिनुहोस्; त्यसको दुष्‍ट युक्ति सफल हुन नदिनुहोस्, नत्र तिनीहरूले आफैलाई उच्‍च तुल्याउनेछन्सेला#
9 मलाई चारैतिरबाट घेर्नेहरूको टाउकोचाहिँ तिनीहरूकै ओठहरूको दुष्‍टताले छोपोस्!
10 झरझराउँदो भुङ्ग्रो तिनीहरूमाथि ओइरोस्; तिनीहरू आगोभित्र, अँ, गहिरा खाड़लहरूभित्र खसून्, र तिनीहरू फेरि नउठून्!
11 पृथ्वीमा बदनामी गर्ने मानिस स्थापित नहोस्, अत्याचारी मानिसको विनाश नभएसम्म खराबीले त्यसलाई खेदो गरोस्!
12 म जान्दछु, परमप्रभुले थिचोमिचोमा परेको मानिसको मुद्दा लड़्नुहुनेछ र गरिबहरूको न्याय गरिदिनुहुनेछ।
13 निश्‍चय धर्मी जनहरूले तपाईंको नामलाई धन्यवाद चढ़ाउनेछन्; सीधा चालकाहरूले तपाईंको उपस्थितिमा वास गर्नेछन्।