प्रधान वादकका लागि; दाऊदको भजन
139
हे परमप्रभु, तपाईंले मेरो जाँचपड़ताल गरेर मलाई जान्नुभएको छ।2 तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्नुहुन्छ; तपाईंले टाढ़ैबाट मेरो विचार बुझ्नुहुन्छ।
3 मेरो हिँड़ाइ र मेरो सुताइ तपाईंले छानबिन गर्नुहुन्छ; अनि मेरा सबै चालचलनहरूसँग तपाईं सुपरिचित हुनुहुन्छ।
4 किनभने मेरो जिब्रोमा कुनै शब्द आउन अघि नै हेर्नुहोस्, हे परमप्रभु, तपाईंले त्यसलाई पूर्ण रूपले जान्नुहुन्छ।
5 तपाईंले मलाई पछि र अघि घेर्नुभएको छ, र आफ्नो हात ममाथि राख्नुभएको छ।
6 यस्तो ज्ञान मेरा लागि अति अचम्मको छ; यो अति उच्च छ, म त्यहाँसम्म पुग्नै सक्दिनँ।
7 तपाईंको आत्मादेखि म कहाँ जाऊँ? अथवा तपाईंको उपस्थितिबाट म कहाँ भागूँ?
8 म आकाशमा उक्लें भने तपाईं त्यहाँ हुनुहुन्छ; अनि मैले पातालमा आफ्नो ओछ्यान बनाएँ भने हेर्नुहोस्, त्यहाँ पनि तपाईं हुनुहुन्छ।
9 म बिहानका पखेटाहरूमा उड़ेरक समुद्रका आखिरी भागहरूमा गई बसें भने
10 त्यहाँ पनि तपाईंको हातले मलाई डोर्याउनेछ, र तपाईंको दाहिने हातले मलाई समात्नेछ।
11 ‘निश्चय अन्धकारले मलाई ढाक्नेछ’ भनी मैले भनें भने, रात पनि मेरो वरिपरि ज्योति भइदिनेछ।
12 अँ, अन्धकारले तपाईंबाट लुकाउँदैन; तर रात त दिनजस्तै चम्कन्छ; तपाईंका निम्ति अँध्यारो र उज्यालो दुवै एकै हुन्।
13 किनभने तपाईंले मेरो अन्तस्करण आफ्नो अधिकारमा लिनुभएको छ; मेरी आमाको गर्भमा तपाईंले मलाई ढाक्नुभएको छ।
14 म तपाईंको प्रशंसा गर्नेछु; किनभने म भययोग्य र आश्चर्यपूर्ण रीतिले बनाइएको छु; तपाईंका कामहरू अद्भूत छन्, अनि मेरो प्राणले यो कुरा राम्ररी जान्दछ।
15 जब म गुप्तमा बनिएँ, जब म पृथ्वीका सबभन्दा तल्ला भागहरूमा निपुणतासाथ बुनिएँ, तब मेरा हड्डीहरूख तपाईंबाट लुकेका थिएनन्।
16 मेरो तत्त्वग बनिनसक्दै तपाईंका आँखाले त्यो देखे, र मेरा जुन अङ्गप्रत्यङ्गहरूघ लगातार बनिँदै गइरहेका थिए, तीमध्ये एउटै पनि नहुँदा नै ती सबै तपाईंको पुस्तकमा लेखिसकिएका थिए।
17 अनि हे परमेश्वर, तपाईंका विचारहरू मेरा निम्ति कति बहुमूल्य छन्; तिनको योगफल कति धेरै छ!
18 मैले तिनलाई गन्ती गर्नु हो भने ती बालुवाभन्दा बढ़ी छन्। जब म बिउँझन्छु, तब म अझ तपाईंसँगै हुन्छु।
19 हे परमेश्वर, निश्चय तपाईंले दुष्टलाई मार्नुहुनेछ; यसकारण हे खूनी मानिसहरूहो, मदेखि हटिजाओ!
20 किनभने तिनीहरू तपाईंको विरोधमा दुष्टतापूर्वक बोल्छन्, र तपाईंका शत्रुहरूले तपाईंको नाम व्यर्थमा लिन्छन्।
21 हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र? र तपाईंको विरोधमा उठ्नेहरूसित के म विरक्त भएको छैनँ र?
22 म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्दछु; म तिनीहरूलाई मेरा शत्रु ठान्दछु।
23 हे परमेश्वर, मेरो जाँचपड़ताल गर्नुहोस् र मेरो हृदयलाई जान्नुहोस्; मलाई जाँच्नुहोस् र मेरा विचारहरू बुझ्नुहोस्;
24 अनि हेर्नुहोस्, कहीं ममा दुष्ट चाल पो छ कि, र मलाई अनन्तको मार्गमा डोर्याउनुहोस्!