137
बाबेलका नदीहरूका किनारमा हामी बस्यौं; अँ, हामीले सियोनलाई सम्झना गर्‍यौं, र रोयौं।
2 हामीले त्यसको बीचमा भएका बैंसका रूखहरूमाथि आफ्ना वीणाहरू झुन्ड्यायौं।
3 किनभने हामीलाई कैद गरेर लैजानेहरूले त्यहाँ हामीलाई गीत गाउन लाए; अनि हामीलाई सास्ती दिनेहरूले यसो भन्दै हामीबाट मनोरञ्‍जन खोजे: ‘हाम्रो लागि सियोनका गीतहरूमध्ये कुनै एक गीत गाओ!’
4 पराई देशमा हामी कसरी परमप्रभुको गीत गाऔं?
5 हे यरूशलेम, मैले तँलाई बिर्सें भने मेरो दाहिने हातले आफ्नो सीप बिर्सोस्!
6 मैले तँलाई सम्झना गरिनँ भने, मैले यरूशलेमलाई मेरो परम आनन्दभन्दा श्रेष्‍ठ ठानिनँ भने मेरो जिब्रो मेरो मुखको तालुमा टाँसियोस्!
7 हे परमप्रभु, यरूशलेमको दिनको सम्बन्धमा एदोमीहरूलाई सम्झनुहोस्, जसले भनेका थिए: ‘यसलाई माटोमा मिलाइदेओ! यसको जगसम्म नै यसलाई माटोमा मिलाइदेओ!!’
8 हे बाबेलकी छोरी, जो उजाड़ पारिनेछस्; तैंले हामीलाई जस्तो व्यवहार गरेकी छेस्, त्यही प्रकारले तँलाई बदला दिने धन्यको हुनेछ।
9 जसले तेरा बालबच्‍चाहरूलाई पक्रेर ढुङ्गामा पछार्ला, त्यो धन्यको हुनेछ।