136
परमप्रभुलाई धन्यवाद चढ़ाओ; किनकि उहाँ भला हुनुहुन्छ; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ।2 ईश्वरहरूका परम ईश्वरलाई धन्यवाद चढ़ाओ; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ।
3 प्रभुहरूका परम प्रभुलाई धन्यवाद चढ़ाओ; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
4 उहाँलाई, जसले मात्र ठूला-ठूला अचम्मका कामहरू गर्नुहुन्छ; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
5 उहाँलाई, जसले बुद्धिले आकाश बनाउनुभयो; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
6 उहाँलाई, जसले पानीमाथि पृथ्वीलाई फैलाउनुभयो; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
7 उहाँलाई, जसले ठूला-ठूला ज्योतिहरू बनाउनुभयो; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
8 अर्थात् दिनमा राज्य गर्नका निम्ति सूर्य; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
9 रातमा राज्य गर्नका निम्ति चन्द्रमा र ताराहरू; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
10 उहाँलाई, जसले मिस्र देशलाई तिनीहरूका जेठा-जेठाहरूमा प्रहार गर्नुभयो; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
11 र तिनीहरूको बीचबाट इस्राएललाई निकालेर ल्याउनुभयो; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
12 शक्तिशाली हातले र पसारेको पाखुराले; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
13 उहाँलाई, जसले लाल समुद्र दुई भाग पार्नुभयो; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
14 र इस्राएललाई त्यसको बीचबाट पार गराउनुभयो; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
15 तर फाराओ र त्यसको सेनालाई चाहिँ लाल समुद्रमा फ्याँकिदिनुभयो; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
16 उहाँलाई, जसले आफ्ना जनहरूलाई उजाड़स्थानबाट भएर डोर्याउँदै लैजानुभयो; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
17 उहाँलाई, जसले ठूला-ठूला राजाहरूलाई प्रहार गर्नुभयो; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
18 र जसले नामी-नामीक राजाहरूलाई मार्नुभयो; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
19 अर्थात् एमोरीहरूको राजा सिहोनलाई; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
20 र बाशानको राजा ओगलाई पनि; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
21 अनि जसले तिनीहरूको देश पैतृक सम्पतिको रूपमा दिनुभयो; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
22 अर्थात् आफ्नो दास इस्राएललाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
23 जसले हामीलाई हाम्रो दीन अवस्थामा हाम्रो सम्झना गर्नुभयो; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
24 र हाम्रा शत्रुहरूबाट हामीलाई छुटकारा दिनुभयो; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ;
25 जसले सबै प्राणीहरूलाई आहार दिनुहुन्छ; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ।
26 स्वर्गका परमेश्वरलाई धन्यवाद चढ़ाओ; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ।