दाऊदको शोभा-यात्राको गीत (१४)
133
हेर, दाजुभाइहरू एकतामा एकसाथ बस्नुचाहिँ कति असल र कति मनोहर कुरा हो!2 यो त शिरमाथिको त्यो उत्तम तेलजस्तो हो, जुन तेल दाह्रीमा, अँ, हारूनको दाह्रीमा बगेथ्यो, जो बग्दै-बग्दै उनका वस्त्रहरूको किनारसम्मै पुग्यो।
3 यो हेर्मोनको शीतजस्तो हो, जो सियोनका पहाड़हरूमाथि खस्छ; किनभने परमप्रभुले त्यहीं नै आशिष्, अर्थात् सदा-सर्वदा रहने जीवन ठहऱ्याउनुभयो।