दाऊदको शोभा-यात्राको गीत (१२)
131
हे परमप्रभु, मेरो हृदय हठी छैन, न ता मेरा आँखाहरू नै घमण्डी छन्; अनि जुन कुराहरू ठूला या मेरा निम्ति अति उच्‍च छन्, तिनमा म आफूलाई अभ्यस्त गराउँदिनँ।
2 निश्‍चय मैले आफूलाई आफ्नी आमाको दूध छुड़ाइएको बालकझैं शान्त र चुप गराएको छु; मेरो प्राण दूध छुड़ाइएको बालकझैं छ।
3 अहिलेदेखि सदा-सर्वदा इस्राएलले परमप्रभुमा आशा राखोस्!