शोभा-यात्राको गीत (११)
130
हे परमप्रभु, गहिरा ठाउँहरूबाटक मैले तपाईंलाई पुकारेको छु।2 हे प्रभु, मेरो सोर सुन्नुहोस्; मेरा अन्तर्विन्तीहरूको आवाजतिर तपाईंका कानहरूले ध्यान दिऊन्!
3 हे याह, तपाईंले अधर्महरूको लेखा लिनुभयो भने त, हे प्रभु, को खड़ा रहन सक्ला र?
4 तर तपाईंसित पाप-क्षमा छ, जसले गर्दा तपाईंको डर मानियोस्।
5 म परमप्रभुको बाटो हेर्छु, मेरो प्राणले बाटो हेर्छ, अनि म उहाँको वचनमा आशा राख्छु।
6 पालेहरूले बिहानको बाटो हेरेको भन्दा बढ़ी, अँ, पालेहरूले बिहानको बाटो हेरेको भन्दा बढ़ी मेरो प्राणले परमप्रभुको बाटो हेर्दछ।
7 इस्राएलले परमप्रभुमा आशा राखोस्; किनभने परमप्रभुसँग करुणा छ; अनि उहाँसँग प्रशस्त छुटकारा छ।
8 अनि उहाँले नै इस्राएललाई सबै अधर्महरूबाट छुटकारा दिनुहुनेछख।