शोभा-यात्राको गीत (१०)
129
मेरो बालककालदेखि नै तिनीहरूले मलाई धेरैचोटि कष्‍ट दिएका छन् – इस्राएलले अब यसो भनोस् –
2 मेरो बालककालदेखि नै तिनीहरूले मलाई धेरैचोटि कष्‍ट दिएका छन्; तापनि तिनीहरू ममाथि विजयी भएका छैनन्।
3 हलीहरूले मेरो पिठ्यूँमा जोते; तिनीहरूले आफ्ना सियाहरू लामा-लामा पारे।
4 परमप्रभु धर्मी हुनुहुन्छ; उहाँले दुष्‍टहरूका डोरीहरू काटेर टुक्रा-टुक्रा पार्नुभएको छ।
5 सियोनलाई घृणा गर्नेहरू सबै शर्ममा परून् र पछि हटेर जाऊन्!
6 तिनीहरू घरका छानाहरूको घाँसजस्ता होऊन्, जो बढ़्‍नुभन्दा पहिल्यै ओइलिहाल्छ;
7 जसले घाँस काट्नेको मुट्ठी भरिँदैन, न ता बिटा बाँध्‍नेको अँगालो भरिन्छ।
8 न ता त्यहाँबाट भएर जानेहरूले नै ‘परमप्रभुको आशिष्‌ तिमीहरूमाथि रहोस्’, ‘हामी तिमीहरूलाई परमप्रभुको नाममा आशिष्‌ दिन्छौं’ भन्छन्।