शोभा-यात्राको गीत (९)
128
धन्य हो, हरेक मानिस, जसले परमप्रभुको डर मान्दछ, जो उहाँका मार्गहरूमा हिँड़्दछ।2 किनभने तिमीले आफ्ना हातको परिश्रमको फल खानेछौ; तिमी धन्यको हुनेछौ, र तिम्रो भलाइ हुनेछ।
3 तिम्री पत्नी तिम्रो घरभित्र एउटा फलवन्त दाखको बोटझैं हुनेछिन्; तिम्रा छोराछोरीहरूचाहिँ तिम्रो टेबलको चारैतिर जैतुनका विरुवाहरूजस्तैक हुनेछन्।
4 हेर, परमप्रभुको डर मान्ने मानिस यसरी नै आशिषित हुनेछ।
5 परमप्रभुले तिमीलाई सियोनबाट आशिष् दिनुहुनेछ; अनि तिमीले आफ्नो जीवनभरि नै यरूशलेमको भलाइ देख्नेछौ।
6 अँ, तिमीले आफ्ना नातिपनातिनाहरूलाई देख्नेछौ। इस्राएलमाथि शान्ति होस्!