सुलेमानको शोभा-यात्राको गीत (८)
127
परमप्रभुले नै घर निर्माण गर्नुभएन भने त यसको निर्माण गर्नेहरूले व्यर्थमा यसमा परिश्रम गर्दछन्; परमप्रभुले नै शहरको रक्षा गर्नुभएन भने पाले व्यर्थमा जागो बस्दछ।
2 एकाबिहानै उठ्नु, अबेरसम्म जागो बस्‍नु र शोकको रोटी खानु तिमीहरूका निम्ति व्यर्थ छ; किनकि उहाँले नै आफ्नो प्रिय जनलाई निद्रा दिनुहुन्छ।
3 हेर, छोराछोरीहरू परमप्रभुले दिनुभएको हकको सम्पत्ति हुन्; अनि गर्भको फलचाहिँ उहाँको इनाम हो।
4 वीरको हातमा काँड़हरू जे हुन्, जवानीका छोराछोरीहरू पनि त्यस्तै हुन्।
5 त्यो मानिस धन्यको हो, जसले आफ्नो ठोक्रा उनीहरूले भरिएको छ; उनीहरू शर्ममा पर्नेछैनन्, तर उनीहरूले मूलढोकामा शत्रुहरूसँग कुरा गर्नेछन्।