शोभा-यात्राको गीत (७)
126
जब परमप्रभुले सियोनलाई कैदबाट फर्काएर ल्याउनुभयो, तब हामी सपना देख्नेहरूजस्तै भयौं;2 तब हाम्रो मुख हाँसोले र हाम्रो जिब्रो गीतलेक भरियो; तब अन्यजातिहरूको बीचमा तिनीहरूले भने: ‘परमप्रभुले तिनीहरूका निम्ति ठूला-ठूला कामहरू गर्नुभएको छ।’
3 परमप्रभुले हाम्रा निम्ति ठूला-ठूला कामहरू गर्नुभएको छ; यसैकारण हामी आनन्दित छौं।
4 हे परमप्रभु, दक्षिणका खोलाहरूझैं हाम्रो कैदख फर्काएर ल्याउनुहोस्!
5 जसले आँसु बहाउँदै छर्छन्, उनीहरूले हर्षसहित कटनी गर्नेछन्।
6 अमूल्य बिउ बोकेर रुँदै अघि बढ़्दै जाने मानिस निश्चय नै आफ्ना बिटाहरू लिएर रमाउँदैग फर्की आउनेछ।