शोभा-यात्राको गीत (६)
125
जसले परमप्रभुमाथि भरोसा गर्दछन्, उनीहरू सियोन पर्वतझैं हुनेछन्, जुनचाहिँ टल्न सक्दैन तर सदा-सर्वदा रहिरहन्छ।
2 जसरी यरूशलेमको चारैतिर पहाड़हरू छन्, त्यसरी नै अहिलेदेखि सदा-सर्वदा परमप्रभु आफ्ना जनहरूको चारैतिर रहनुहुन्छ।
3 किनभने दुष्‍टको डण्‍डा धर्मी जनहरूको भागमा पर्नेछैन, नत्र ता धर्मी जनहरूले आफ्ना हात अधर्मतिर बढ़ाउलान्।
4 हे परमप्रभु, भलाहरूलाई भलाइ गर्नुहोस्, र उनीहरूलाई पनि, जो आफ्नो हृदयमा सीधा छन्।
5 जो आफ्ना टेढ़ामेढ़ा बाटाहरूतिर लाग्दछन्, तिनीहरूलाई परमप्रभुले कुकर्मीहरूसित लैजानुहुनेछ। तर इस्राएलमाथि शान्ति हुनेछ।