दाऊदको शोभा-यात्राको गीत (५)
124
हाम्रो पक्षमा हुनुहुने परमप्रभु यदि नहुनुभएको भए – इस्राएलले अब भनोस् –
2 मानिसहरू हाम्रो विरोधमा उठ्दा हाम्रो पक्षमा हुनुहुने परमप्रभु यदि नहुनुभएको भए;
3 हाम्रो विरोधमा तिनीहरूको क्रोध दन्केको बेलामा तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए।
4 तब बाढ़ हामीमाथि उर्लनेथियो, भेलले हाम्रो प्राणलाई छोप्‍नेथियो।
5 तब उर्लिरहेको बाढ़ले हाम्रो प्राणलाई छोप्‍नेथियो।
6 परमप्रभु धन्यको हुनुहुन्छ, जसले हामीलाई तिनीहरूका दाँतको शिकार बन्‍न दिनुभएन।
7 चरा मार्नेहरूको पासोबाट चरा उम्केझैं हाम्रो प्राण उम्केको छ; पासो छिन्यो, र हामी उम्क्यौं।
8 आकाश र पृथ्वी बनाउनुहुने परमप्रभुको नाममा हाम्रो सहायता हुन्‍छ।