शोभा-यात्राको गीत (४)
123
हे स्वर्गमा विराजमान हुनुहुने, तपाईंतिर म आफ्ना आँखाहरू उठाउँछु।
2 हेर्नुहोस्, जसरी दासहरूका आँखाले आ-आफ्ना मालिकको हाततिर, र जसरी दासीका आँखाले आफ्नी मालिकनीको हाततिर हेरिरहेका हुन्छन्, त्यसरी नै हाम्रा आँखाहरूले पनि परमप्रभु हाम्रा परमेश्‍वरतिर, उहाँले हामीमाथि दया नदेखाउन्जेल हेरिरहन्छन्।
3 हामीमाथि दया गर्नुहोस्, हे परमप्रभु, हामीमाथि दया गर्नुहोस्; किनभने हामी अपमानले असाध्यै भरिएका छौं।
4 निश्‍चिन्‍त भएर बस्‍नेहरूको खिसी र घमण्डीहरूको अपमानले हाम्रो प्राण असाध्यै भरिएको छ।