दाऊदको शोभा-यात्राको गीत (३)
122
जब तिनीहरूले मलाई ‘लौ, हामी परमप्रभुको भवनमा जाऔं’ भने, तब म आनन्दित भएँ।2 हे यरूशलेम, हाम्रा पाउहरू तेरा ढोकाहरूभित्र उभिनेछन्।
3 यरूशलेमचाहिँ एकसाथ टम्म मिलेको शहरझैं निर्माण गरिएको हो।
4 जहाँ कुल-कुलका मानिसहरू – याहका कुलहरू परमप्रभुको नामलाई धन्यवाद चढ़ाउन इस्राएलको साक्षीकहाँ उक्लँदै जान्छन्।
5 किनभने त्यहाँ न्यायासनहरू – दाऊदको घरानाका सिंहासनहरू बसालिएका छन्।
6 यरूशलेमको शान्तिको लागि प्रार्थना गर; जसले तँलाई प्रेम गर्छन्, उनीहरूले उन्नति गर्छन्।
7 तेरा पर्खालहरूभित्र शान्ति होस्; र तेरा महलहरूभित्र उन्नति होस्!
8 मेरा दाजुभाइहरू र मेरा साथीहरूको खातिर म अब भन्नेछु: ‘तँभित्र शान्ति होस्!’
9 परमप्रभु हाम्रा परमेश्वरको भवनको कारणले म तेरो भलाइको खोज गर्नेछु।