शोभा-यात्राको गीत (२)
121
पहाड़हरूतिर म मेरा आँखाहरू उठाउँछु; मेरो सहायता कहाँबाट आउँछ?2 मेरो सहायता परमप्रभुबाट नै आउँछ, जसले आकाश र पृथ्वी बनाउनुभयो।
3 उहाँले तिम्रो पाउ चिप्लन दिनुहुनेछैन; तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँग्नुहुनेछैन।
4 हेर, इस्राएललाई रक्षा गर्नुहुने उँग्नुहुनेछैन, न निदाउनुहुनेछ।
5 परमप्रभु तिम्रा रक्षक हुनुहुन्छ; परमप्रभु नै तिम्रो दाहिने हातपट्टि तिम्रो छहारी हुनुहुन्छ।
6 दिनको समयमा सूर्यले तिमीलाई पोल्नेछैनक, न ता रातको समयमा चन्द्रमाले प्रहार गर्नेछ।
7 परमप्रभुले तिमीलाई सबै खराबीबाट रक्षा गर्नुहुनेछ; उहाँले तिम्रो प्राणको सुरक्षा गर्नुहुनेछ।
8 परमप्रभुले तिम्रो जावत-आवत अहिलेदेखि सदा-सर्वदा रक्षा गर्नुहुनेछ।