शोभा-यात्राकोक गीत (१)
120
मेरो सङ्कष्टमा मैले परमप्रभुलाई पुकारें, अनि उहाँले मेरो विन्ती सुन्नुभयो।2 हे परमप्रभु, झूट बोल्ने ओठहरू र छल गर्ने जिब्रोबाट मलाईख छुटाउनुहोस्!
3 हे छली जिब्रो, तँलाई के दिइने हो? अथवा तँलाई के गरिने हो?
4 झाउ रूखका भुङ्ग्रासित पराक्रमीका तीखा काँड़हरू!
5 मलाई धिक्कार छ! किनभने म मेशेकमा परदेशी भई बसेको छु; किनकि म केदारकाग पालहरूमा बस्दछु।
6 मिलापलाई घृणा गर्नेसँग धेरै समयदेखि मेरो प्राण वास गर्दै आएको हो।
7 म त मिलाप खोज्छु; तर जब म बोल्छु, तब तिनीहरू लड़ाइँ गर्न खोज्छन्।