(वर्णको क्रमअनुसार राखिएको भजन)
आलेफ
119
धन्य उनीहरू हुन्, जसको चाल निर्दोष छ, जो परमप्रभुको व्यवस्थामा हिँड़्दछन्।2 धन्य हुन् उनीहरू, जसले उहाँका साक्षी-वचनहरूक पालन गर्दछन् र उहाँलाई सम्पूर्ण हृदयले खोज्दछन्।
3 हो, उनीहरू कुनै अधर्मख गर्दैनन्; उनीहरू उहाँका मार्गहरूमा हिँड़्दछन्।
4 तपाईंले हामीलाई तपाईंका आदेशहरू यत्नपूर्वक पालन गर्नू भनी आज्ञा गर्नुभएको छ।
5 तपाईंका नियमहरू पालन गर्नलाई मेरा चालहरू स्थिर भइदिए त!!
6 तब तपाईंका सबै आज्ञाहरूमा ध्यान दिएकोले म शर्ममा पर्नेछैनँ।
7 जब म तपाईंका धर्ममय न्यायहरू सिकुँला, तब म हृदयको सीधापनामा तपाईंको प्रशंसा गर्नेछु।
8 तपाईंका नियमहरू म पालन गर्नेछु; मलाई पूरा रूपले नत्याग्नुहोस्!
बेथ
9 जवान मानिसले आफ्नो चाल के गरेर शुद्ध राख्न सक्छ? तपाईंको वचनअनुसार त्यसमा ध्यान दिएर नै।
10 मेरो सम्पूर्ण हृदयले मैले तपाईंलाई खोजेको छु; तपाईंका आज्ञाहरूबाट मलाई भड़्केर जान नदिनुहोस्!
11 तपाईंको विरोधमा पाप नगरूँ भनेर मैले तपाईंको वचन आफ्नो हृदयमा लुकाइराखेको छु।
12 हे परमप्रभु, तपाईं धन्यको हुनुहुन्छ; तपाईंका नियमहरू मलाई सिकाउनुहोस्!
13 मैले आफ्ना ओठले तपाईंको मुखका सबै फैसलाहरूख जनाइदिएको छु।
14 सम्पूर्ण धनसम्पत्तिको कारणले रमाएझैं म तपाईंका साक्षी-वचनहरूको मार्गमा रमाएको छु।
15 म तपाईंका आदेशहरूमा मनन गर्नेछु र तपाईंका मार्गहरूमा ध्यान दिनेछु।
16 म तपाईंका नियमहरूमा हर्षित हुनेछु; म तपाईंको वचन बिर्सनेछैनँ।
गिमेल
17 आफ्नो दासलाई प्रशस्त गरी दिनुहोस्ग, र म बाँचूँ र तपाईंको वचन पालन गर्न सकूँ।
18 मेरा आँखाहरू खोलिदिनुहोस्, र म तपाईंको व्यवस्थाबाट अद्भूत कुराहरू देख्न सकूँ।
19 पृथ्वीमा म एक परदेशी हुँ; तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्!
20 तपाईंका फैसलाहरूप्रतिको अभिलाषाले गर्दा मेरो प्राण हर घड़ी खिन्न हुन्छ।
21 तपाईंले घमण्डीहरूलाई हप्काउनुभएको छ – ती श्रापितहरूलाई, जो तपाईंका आज्ञाहरूबाट तर्केर हिँड़्छन्।
22 मबाट निन्दा र अपमान हटाइदिनुहोस्; किनभने मैले तपाईंका साक्षी-वचनहरू पालन गरेको छु।
23 शासकहरू पनि बसेर मेरो विरोधमा कुरा गर्छन्; तर तपाईंको दासले चाहिँ तपाईंकै नियमहरूमा मनन गर्दछ।
24 तपाईंका साक्षी-वचनहरू पनि मेरो हर्ष र मेरा सल्लाहकारहरू हुन्।
दालेथ
25 मेरो प्राण धूलोमा टाँसिन्छ; तपाईंको वचनअनुसार मलाई पुनर्जीवित पार्नुहोस्!
26 मैले मेरा चालहरू बताएको छु, र तपाईंले मेरो प्रार्थना सुन्नुभयो; तपाईंका नियमहरू मलाई सिकाउनुहोस्!
27 मलाई तपाईंका आदेशहरूको मार्ग बुझ्ने तुल्याउनुहोस्, र म तपाईंका अचम्मका कामहरूको विषयमा बोल्नेछु।
28 शोकले गर्दा मेरो प्राण गल्दछ; तपाईंको वचनअनुसार मलाई बलियो पार्नुहोस्!
29 झूट बोल्ने चाल मबाट हटाउनुहोस्; अनि तपाईंको व्यवस्था मलाई अनुग्रहसाथ दिनुहोस्!
30 मैले सत्यको मार्ग रोजेको छु; मैले तपाईंका फैसलाहरूख आफ्नो सामु राखेको छु।
31 म तपाईंका साक्षी-वचनहरूमा टाँसिएको छु; हे परमप्रभु, मलाई शर्ममा पर्न नदिनुहोस्!
32 जब तपाईंले मेरो हृदय चौड़ा पार्नुहुनेछ, तब म तपाईंका आज्ञाहरूको मार्गमा दगुर्नेछु।
हे
33 हे परमप्रभु, तपाईंका नियमहरूको मार्ग मलाई सिकाउनुहोस्, र अन्तसम्म म त्यो पालन गर्नेछु।
34 मलाई समझ दिनुहोस्, र म तपाईंको व्यवस्था पालन गर्नेछु; अँ, सम्पूर्ण हृदयले म त्यो पालन गर्नेछु।
35 तपाईंका आज्ञाहरूको मार्गमा मलाई हिँड़ाउनुहोस्; किनकि यसैमा म हर्षित हुन्छु।
36 मेरो हृदयलाई लोभतिर होइन, तर तपाईंका साक्षी-वचनहरूतिर लगाउनुहोस्!
37 व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्; अनि तपाईंको मार्गमा मलाई पुनर्जीवित पार्नुहोस्!
38 तपाईंको डर मान्ने तपाईंका दासका निम्ति आफ्नो वचन पक्का गर्नुहोस्!
39 जुन निन्दादेखि म डराउँछु, त्यो मेरो निन्दा हटाइदिनुहोस्; किनभने तपाईंका फैसलाहरूघ असल छन्।
40 हेर्नुहोस्, म तपाईंका आदेशहरूको अभिलाषी छु; तपाईंको धार्मिकतामा मलाई पुनर्जीवित पार्नुहोस्!
वाव
41 हे परमप्रभु, तपाईंका करुणाहरू, साथै तपाईंको वचनअनुसार तपाईंको उद्धार पनि मकहाँ आऊन्!
42 तब मेरो निन्दा गर्नेलाई जवाफ दिन मसँग उत्तर हुनेछ; किनकि तपाईंको म वचनमाथि भरोसा राख्छु।
43 अनि मेरो मुखबाट सत्यको वचन पूर्ण रूपले नलैजानुहोस्; किनभने मैले तपाईंका फैसलाहरूमा आशा राखेको छु।
44 तब म तपाईंको व्यवस्था निरन्तर, सदा-सर्वदै पालन गरिरहनेछु।
45 अनि म स्वतन्त्रतासाथ हिँड़्नेछु; किनकि म तपाईंका आदेशहरू खोज्दछु।
46 म तपाईंका साक्षी-वचनहरूको बारेमा राजाहरूको सामु पनि बोल्नेछु, र म शर्ममा पर्नेछैनँ।
47 अनि म तपाईंका आज्ञाहरूमा मग्नङ हुनेछु, जसलाई मैले प्रेम गरेको छु।
48 म तपाईंका आज्ञाहरूतिर, जसलाई मैले प्रेम गरेको छु, आफ्ना हातहरू पनि उठाउनेछु; अनि म तपाईंका नियमहरूमा मनन गर्नेछु।
जायिन
49 जुन वचनमा तपाईंले मलाई आशा राख्ने तुल्याउनुभएको छ, त्यो वचन आफ्नो दासको निम्ति सम्झना गर्नुहोस्!
50 मेरो सङ्कष्टमा मेरो सान्त्वना यही हो; किनभने तपाईंकै वचनले मलाई पुनर्जीवित पारेको छ।
51 घमण्डीहरूले मलाई ज्यादै खिसी गरेका छन्; तरै पनि तपाईंको व्यवस्थाबाट म पछि हटेको छैनँ।
52 हे परमप्रभु, मैले तपाईंका उहिलेका फैसलाहरू सम्झें, र सान्त्वना पाएँ।
53 तपाईंको व्यवस्था त्याग्ने दुष्टहरूले गर्दा तातो रिसले मलाई पक्रेको छ।
54 मेरो यात्री-जीवनको घरमा तपाईंका नियमहरू नै मेरा गीत भएका छन्।
55 हे परमप्रभु, रातको समयमा मैले तपाईंको नामको सम्झना गरेको छु, र तपाईंको व्यवस्था मैले पालन गरेको छु।
56 यो कुरा मलाई भयो; किनभने मैले तपाईंका आदेशहरू पालन गरेको छु।
खेथ
57 हे परमप्रभु, तपाईं मेरो भाग हुनुहुन्छ; तपाईंका वचनहरू पालन गर्नेछु भनी मैले भनेको छु।
58 सम्पूर्ण हृदयले मैले तपाईंको निगाहका निम्ति विन्ती चढ़ाएँ; तपाईंको वचनअनुसार मप्रति दयालु हुनुहोस्!
59 मैले मेरा चालहरू विचार गरें, र तपाईंका साक्षी-वचनहरूतिर आफ्ना पाउहरू फर्काएँ।
60 तपाईंका आज्ञाहरू पालन गर्न मैले हतार गरें, ढिलो गरिनँ।
61 दुष्टहरूका डोरीहरूले मलाई घेरेका छन्, तर मैले तपाईंको व्यवस्था बिर्सेको छैनँ।
62 तपाईंका धर्ममय फैसलाहरूको कारणले म मध्य-रातमा तपाईंलाई धन्यवाद चढ़ाउन उठ्नेछु।
63 मचाहिँ तपाईंको डर मान्नेहरू सबैको र तपाईंका आदेशहरू पालन गर्नेहरूको साथी हुँ।
64 हे परमप्रभु, पृथ्वी तपाईंको करुणाले भरपूर छ; तपाईंका नियमहरू मलाई सिकाउनुहोस्!
तेथ
65 हे परमप्रभु, तपाईंले आफ्नो वचनअनुसार आफ्नो दासको भलाइ गर्नुभएको छ।
66 मलाई असल विवेक र ज्ञान सिकाउनुहोस्; किनभने मैले तपाईंका आज्ञाहरूमा विश्वास गरेको छु।
67 कष्ट भोग्नुभन्दा पहिले म भड़्किन्थें, तर अबचाहिँ मैले तपाईंको वचन पालन गरेको छु।
68 तपाईं भला हुनुहुन्छ, र भलाइ गर्नुहुन्छ; तपाईंका नियमहरू मलाई सिकाउनुहोस्!
69 घमण्डीहरूले मेरो विरोधमा झूटा कुरा रचेका छन्; तर म त सम्पूर्ण हृदयले तपाईंका आदेशहरू पालन गर्नेछु।
70 तिनीहरूको हृदय बोसोजस्तै मोटो भएको छ, तर म तपाईंको व्यवस्थामा हर्षित हुन्छु।
71 तपाईंका नियमहरू सिक्न सकूँ भन्ने उद्देश्यले मैले जुन कष्ट भोगें, त्यो मेरा लागि असलै भयो।
72 तपाईंको मुखको व्यवस्था मेरा लागि हजारौं सुन र चाँदीभन्दा उत्तम छ।
योद
73 तपाईंका हातहरूले मलाई बनाएका र रचेका हुन्; मलाई समझ दिनुहोस्, र म तपाईंका आज्ञाहरू सिक्न सकूँ!
74 तपाईंको डर मान्नेहरू मलाई देखेर आनन्दित हुनेछन्; किनभने मैले तपाईंको वचनमा आशा राखेको छु।
75 हे परमप्रभु, तपाईंका न्यायहरूच धर्ममय छन्, अनि तपाईंले सच्चाइअनुसार नै मलाई शासना दिनुभएको हो भनी म जान्दछु।
76 म तपाईंलाई विन्ती गर्दछु: तपाईंको दासलाई दिनुभएको तपाईंको वचनअनुसार तपाईंको करुणा मेरो सान्त्वनाको कारण बनोस्!
77 तपाईंका कोमल कृपाहरू मकहाँ आऊन्, र म बाँचूँ; किनकि तपाईंको व्यवस्था नै मेरो आनन्द हो।
78 घमण्डीहरू शर्ममा परून्; किनकि तिनीहरूले विनाकारण नै मसँग टेढ़ा व्यवहार गरेका छन्; तर म तपाईंका आदेशहरूमा मनन गर्नेछु।
79 तपाईंको डर मान्नेहरू र तपाईंका साक्षी-वचन जान्नेहरू मतिर फर्कून्!
80 मेरो हृदय तपाईंका नियमहरूमा निर्दोष होस्, र म शर्ममा नपरूँ!
काफ
81 मेरो प्राण तपाईंको उद्धारका निम्ति बेचैन छ; तर म तपाईंको वचनमा आशा राख्छु।
82 ‘तपाईंले मलाई कहिले सान्त्वना दिनुहुन्छ?’ भन्दै तपाईंको वचनको बाटो हेर्दा-हेर्दा मेरा आँखा धमिला भएका छन्।
83 किनभने म धूवाँमा राखिएको मशकजस्तैछ भएको छु; तापनि म तपाईंका नियमहरू बिर्संदिनँ।
84 तपाईंको दासका दिनहरू कति छन् र? मलाई सताउनेहरूमाथि तपाईंले कहिले न्यायको फैसला दिनुहुन्छ?
85 तपाईंको व्यवस्थाअनुसार नचल्ने घमण्डीहरूले मेरा निम्ति खाड़लहरू खनेका छन्।
86 तपाईंका सबै आज्ञाहरू विश्वासयोग्य छन्; विनाकारण नै तिनीहरूले मलाई सताउँछन्; मलाई सहायता गर्नुहोस्!
87 तिनीहरूले मलाई पृथ्वीमाथिबाट झण्डै नाश पारेका थिए; तर मैले तपाईंका आदेशहरू त्यागिनँ।
88 तपाईंको करुणाअनुसार मलाई पुनर्जीवित पार्नुहोस्; अनि म तपाईंको मुखको साक्षी-वचन पालन गर्नेछु।
लामेद
89 हे परमप्रभु, स्वर्गमा तपाईंको वचन सदा-सर्वदा स्थिर छ।
90 तपाईंको विश्वासयोग्यता पुस्ता-पुस्तासम्म रहन्छ; तपाईंले पृथ्वीलाई स्थापित गर्नुभएको छ, र त्यो स्थिर रहिरहन्छ।
91 तपाईंका विधिहरूअनुसारज ती आजसम्म स्थिर छन्; किनकि सबै थोकहरू तपाईंका सेवकहरू हुन्।
92 तपाईंको व्यवस्था मेरो आनन्द नहुँदो हो त म त्यत्ति नै खेर आफ्नो कष्टमा नष्ट भइसक्नेथिएँ।
93 तपाईंका आदेशहरू म कहिल्यै बिर्सनेछैनँ; किनभने तीद्वारा नै तपाईंले मलाई पुनर्जीवित पार्नुभएको छ।
94 म तपाईंकै हुँ; मलाई बचाउनुहोस्; किनकि मैले तपाईंका आदेशहरूको खोजी गरेको छु।
95 दुष्टहरूले मलाई नाश गर्न मलाई ढुकिबसेका छन्; तर म त तपाईंका साक्षी-वचनहरूमाथि विचार गर्नेछु।
96 मैले सबै सिद्धताको अन्त देखेको छु; तर तपाईंको आज्ञाचाहिँ असीमित हो।
मेम
97 आहा, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु! दिनभरि मेरो ध्यान यसैमा रहिरहन्छ।
98 आफ्ना आज्ञाहरूद्वारा तपाईंले मलाई मेरा शत्रुहरूभन्दा पनि बुद्धिमान् तुल्याउनुभएको छ; किनभने ती सधैं मसँगै छन्।
99 मेरा सबै गुरुहरूभन्दा पनि मेरो समझ बढ़्ता छ; किनकि तपाईंका साक्षी-वचनहरूमै मेरो ध्यान छझ।
100 बूढ़ा प्रधानहरूभन्दा बढ़ी म समझदार छु; किनकि म तपाईंका आदेशहरू पालन गर्दछु।
101 तपाईंको वचन पालन गरूँ भनेर मैले आफ्ना पाउहरू हरेक खराब मार्गदेखि रोकिराखेको छु।
102 तपाईंका फैसलाहरूबाट म हटेको छैनँ; किनभने तपाईंले मलाई सिकाउनुभएको छ।
103 तपाईंका वचनहरू मेरो स्वादकाञ निम्ति कति गुलिया छन्! हो, मेरो मुखका निम्ति महभन्दा पनि गुलिया!
104 तपाईंका आदेशहरूद्वारा म समझशक्ति पाउँछु; यसैकारण हरेक झूटो मार्गलाई म घृणा गर्छु।
नून
105 तपाईंको वचन मेरा पाउहरूका निम्ति बत्ती, र मेरो बाटोका निम्ति ज्योति हो।
106 तपाईंका धर्ममय फैसलाहरू पालन गर्नेछु भनी मैले शपथ खाएको छु, र म यसलाई पूरा गर्नेछु।
107 म ज्यादै कष्टमा परेको छु; हे परमप्रभु, तपाईंको वचनअनुसार मलाई पुनर्जीवित पार्नुहोस्!
108 हे परमप्रभु, म तपाईंलाई विन्ती गर्दछु, मेरो मुखका स्वेच्छा-बलिहरू ग्रहण गर्नुहोस्, र मलाई तपाईंका फैसलाहरू सिकाउनुहोस्!
109 मेरो प्राण निरन्तर मेरो हातमा छ; तरै पनि म तपाईंको व्यवस्था बिर्संदिनँ।
110 दुष्टहरूले मेरा निम्ति पासो थापेका छन्; तरै पनि म तपाईंका आदेशहरूबाट तर्केर हिँड़ेको छैनँ।
111 तपाईंका साक्षी-वचनहरू मैले सधैंका निम्ति पैतृक सम्पत्तिको रूपमा अपनाएको छु; किनभने ती मेरो हृदयको रमाहटको कारण हुन्।
112 तपाईंका नियमहरू सधैंभरि, अँ, अन्तसम्मै पालन गर्न मैले आफ्नो हृदय लगाएको छु।
सामेख
113 दुईचित्ते विचारहरूलाई म घृणा गर्छु; तर तपाईंको व्यवस्था म प्रेम गर्छु।
114 तपाईं मेरो लुक्ने ठाउँ र मेरो ढाल हुनुहुन्छ; म तपाईंको वचनमा आशा राख्छु।
115 हे खराबी गर्नेहरूहो, मबाट हटिजाओ; किनकि म मेरा परमेश्वरका आज्ञाहरू पालन गर्नेछु।
116 आफ्नो वचनअनुसार तपाईंले मलाई सम्हाल्नुहोस्, र म बाँचूँ; अनि मेरो आशाको खातिर मलाई शर्ममा पर्न नदिनुहोस्!
117 मलाई सम्हाल्नुहोस्, र म सुरक्षित रहनेछु; र म सधैं तपाईंका नियमहरूमा ध्यान दिनेछु।
118 तपाईंका नियमहरूबाट भड़्किएर जाने सबैलाई तपाईंले कुल्चनुभएको छ; किनभने तिनीहरूको छल झूट नै हो।
119 पृथ्वीका सबै दुष्टहरूलाई तपाईंले धातुको मैलाझैं हटाउनुहुन्छ; यसकारण म तपाईंका साक्षी-वचनहरूलाई प्रेम गर्दछु।
120 तपाईंको डरले मेरो शरीर काम्छ; अनि तपाईंका फैसलाहरूसँग म डराउँछु।
अयिन
121 मैले न्याय र धार्मिकताको काम गरेको छु; मलाई मेरा थिचोमिचो गर्नेहरूको हातमा नछोड़्नुहोस्!
122 भलाइका निम्ति तपाईंको दासको जमानी हुनुहोस्; घमण्डीहरूले मलाई थिचोमिचो गर्न नपाऊन्!
123 तपाईंको उद्धार र तपाईंको धार्मिकताको वचनको बाटो हेर्दा-हेर्दा मेरा आँखाहरू धमिला भएका छन्।
124 तपाईंको करुणाअनुसार आफ्नो दाससँग व्यवहार गर्नुहोस्, र मलाई तपाईंका नियमहरू मलाई सिकाउनुहोस्!
125 म तपाईंको दास हुँ; मलाई समझ दिनुहोस्, र म तपाईंका साक्षी-वचनहरू जान्न सकूँ!
126 हे परमप्रभु, तपाईंको काम गर्ने समय यही हो; किनभने तिनीहरूले तपाईंको व्यवस्था भङ्ग गरेका छन्।
127 यसैकारण म तपाईंका आज्ञाहरूलाई सुनभन्दा, अँ, निखुर सुनभन्दा पनि बढ़ी प्रेम गर्दछु।
128 यसकारण म सबै विषयमा तपाईंका सबै आदेशहरू सठीक ठान्दछु; अनि हरेक झूटो मार्गलाई म घृणा गर्दछु।
पे
129 तपाईंका साक्षी-वचनहरू अद्भूत छन्; यसैकारण मेरो प्राणले तिनलाई पालन गर्छ।
130 तपाईंका वचनहरूको भित्र प्रवेशलेट ज्योति दिन्छ, यसले सीधासादाहरूलाई समझ दिन्छ।
131 मैले आफ्नो मुख खोलें, र हप्याक-हप्याक भएँ; किनभने म तपाईंका आज्ञाहरूका लागि प्यासा थिएँ।
132 तपाईंको नाम प्रेम गर्नेहरूलाई तपाईं जसरी व्यवहार गर्नुहुन्छ, त्यसरी नै मतिर फर्कनुहोस् र मप्रति दयालु हुनुहोस्!
133 मेरा पाइलाहरू तपाईंको वचनमा स्थिर पारिदिनुहोस् र कुनै अधर्म ममाथि राज्य गर्न नदिनुहोस्!
134 मानिसको थिचोमिचोबाट मलाई मुक्त गर्नुहोस्, र म तपाईंका आदेशहरू पालन गर्नेछु।
135 तपाईंको दासमाथि आफ्नो चेहरा चम्काउनुहोस्, र मलाई तपाईंका नियमहरू मलाई सिकाउनुहोस्!
136 मेरा आँखाहरूबाट पानीका नालाहरू बहन्छन्; किनकि तिनीहरूले तपाईंको व्यवस्था पालन गर्दैनन्।
त्सादे
137 हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ, र तपाईंका न्यायहरूठ सच्चा छन्।
138 तपाईंले ठहराउनुभएका तपाईंका साक्षी-वचनहरू धर्ममय र अति विश्वासयोग्य छन्।
139 मेरो जोशले मलाई खाइसकेको छ; किनकि मेरा शत्रुहरूले तपाईंका वचनहरू बिर्सेका छन्।
140 तपाईंको वचन एकदम चोखो छ; यसकारण तपाईंको दासले यसलाई प्रेम गर्दछ।
141 म क्षुद्र र तुच्छ छु; तरै पनि म तपाईंका आदेशहरू बिर्संदिनँ।
142 तपाईंको धार्मिकता सदा-सर्वदा रहिरहने धार्मिकता हो; अनि तपाईंको व्यवस्था सत्य हो।
143 सङ्कष्ट र वेदनाले मलाई पक्रेका छन्; तरै पनि तपाईंका आज्ञाहरू मेरो आनन्द हुन्।
144 तपाईंका साक्षी-वचनहरूको धार्मिकता सदा-सर्वदा रहिरहन्छ; मलाई समझ दिनुहोस्, र म बाँच्नेछु।
खोफ
145 मैले सम्पूर्ण हृदयले पुकारें; हे परमप्रभु, मलाई जवाफ दिनुहोस्; म तपाईंका नियमहरू पालन गर्नेछु।
146 मैले तपाईंलाई पुकारें; मलाई बचाउनुहोस्, र म तपाईंका साक्षी-वचनहरू पालन गर्नेछु।
147 मिरमिरे उज्यालो खस्नुभन्दा पहिल्यै मैले पुकारें; मैले तपाईंको वचनमा आशा राखेको छु।
148 तपाईंको वचनमा मनन गर्न सकूँ भनी रातका पहर-पहरमा मेरा आँखाहरू खुला रहन्छन्।
149 तपाईंको करुणाअनुसार मेरो सोर सुन्नुहोस्; हे परमप्रभु, तपाईंको फैसलाअनुसार मलाई पुनर्जीवित पार्नुहोस्!
150 दुष्टताको पछि लाग्नेहरू नजिक आउँदैछन्; तिनीहरू तपाईंको व्यवस्थाबाट टाढ़ा छन्।
151 हे परमप्रभु, तपाईं नजिक हुनुहुन्छ; अनि तपाईंका सबै आज्ञाहरू सत्य हुन्।
152 तपाईंका साक्षी-वचनहरूको विषयमा मैले उहिलेदेखि नै जानेको छु, कि तपाईंले तिनलाई सधैंका निम्ति स्थापित गर्नुभएको हो।
रेश
153 मेरो कष्टलाई विचार गर्नुहोस्, र मलाई छुटकारा दिनुहोस्; किनभने तपाईंको व्यवस्था म बिर्संदिनँ।
154 मेरो मुद्दा लड़्नुहोस् र मलाई छुटाउनुहोस्ड; तपाईंको वचनअनुसार मलाई पुनर्जीवित पार्नुहोस्!
155 दुष्टहरूदेखि उद्धार टाढ़ो रहन्छ; किनकि तिनीहरूले तपाईंका नियमहरूको खोजी गर्दैनन्।
156 हे परमप्रभु, तपाईंका कोमल कृपाहरू महान्ढ छन्; तपाईंका फैसलाहरूअनुसार मलाई पुनर्जीवित पार्नुहोस्!
157 मलाई सताउनेहरू र मेरा शत्रुहरू धेरै छन्; तापनि तपाईंका साक्षी-वचनहरूबाट म तर्कंदिनँ।
158 मैले अपराधीहरूलाई देखें, र म दुःखित भएँ; किनभने तिनीहरूले तपाईंको वचन पालन गरेनन्।
159 तपाईंका आदेशहरूलाई म कति प्रेम गर्दछु, विचार गर्नुहोस्; हे परमप्रभु, तपाईंको करुणाअनुसार मलाई पुनर्जीवित पार्नुहोस्!
160 तपाईंको वचन शुरुदेखि नै सत्य छण; अनि तपाईंका धर्ममय फैसलाहरूमाख हरेक सदा-सर्वदा रहिरहन्छ।
शीन
161 कारणैविना शासकहरूले मलाई सताएका छन्; तर मेरो हृदयले तपाईंको वचनको डर मान्छ।
162 ठूलो लुटको माल पाउने मानिसझैं म तपाईंको वचनमा रमाउँदछु।
163 झूटलाई म घृणा गर्छु र तिरस्कार गर्छु; तर तपाईंको व्यवस्थालाई म प्रेम गर्छु।
164 तपाईंका धर्ममय फैसलाहरूका निम्ति म दिनमा सातचोटि तपाईंको स्तुति गर्दछु।
165 तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूका निम्ति ठूलो शान्ति हुन्छ, र उनीहरूले कुनै कुरामा ठेस खानेछैनन्।
166 हे परमप्रभु, मैले तपाईंको उद्धारको आशा राखेको छु, र तपाईंका आज्ञाहरू पालन गरेको छु।
167 मेरो प्राणले तपाईंका साक्षी-वचनहरू पालन गरेको छ; अनि म तिनलाई अत्यन्तै प्रेम गर्छु।
168 मैले तपाईंका आदेशहरू र तपाईंका साक्षी-वचनहरू पालन गरेको छु; किनभने मेरा सबै चालहरू तपाईंकै सामु छन्।
ताव
169 हे परमप्रभु, मेरो पुकार तपाईंनिर पुगोस्; तपाईंको वचनअनुसार मलाई समझ दिनुहोस्!
170 मेरो विन्ती तपाईंको सामु पुगोस्; तपाईंको वचनअनुसार मलाई छुटकारा दिनुहोस्!
171 मेरा ओठहरूले प्रशंसा गर्नेछन्; किनभने तपाईंले मलाई आफ्ना नियमहरू सिकाउनुभएको छ।
172 मेरो जिब्रोले तपाईंको वचनको विषयमा बोल्नेछ; किनकि तपाईंका सबै आज्ञाहरू धार्मिकता हुन्।
173 आफ्नो हातले मलाई सहायता गर्नुहोस्; किनभने मैले तपाईंका आदेशहरू चुनेको छु।
174 हे परमप्रभु, मैले तपाईंको उद्धारको चाहना गरेको छु; अनि तपाईंको व्यवस्था मेरो आनन्द हो।
175 मेरो प्राण बाँचोस्, तब यसले तपाईंको स्तुति गर्नेछ; अनि तपाईंका फैसलाहरूले मलाई सहायता गरून्।
176 हराएको भेड़ाझैं म भड़्किएको छु; तपाईंको दासलाई खोज्नुहोस्; किनभने म तपाईंका आज्ञाहरू बिर्संदिनँ।